Pokharapatra National Daily

युनाइटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न

कास्की जिल्लाभर कार्यक्षेत्र रहेको युनाइटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जेष्ठ शेयर सदस्य समाजसेवी एवम् व्यवसायी सुवेदार श्रीप्रसाद गुरुङ रहनु भएको थियो भने विशेष अतिथि पोखरा फाइनान्सका सिइओ प्रकाश गुरुङ रहनु भएको थियो । यसैगरी कार्यक्रमा अतिथि लोक गायक प्रजापति पराजुली, अतिथि सिडिई किसान सिंह गुरुङ संचालक समिति सदस्य सु.भोज बहादुर गुरुङ लगायतले बोल्नु भएको थियो । कार्यक्रममा शिक्षा उपसमिति संयोजक तेज बहादुर गुरुङले सहकारीका सात सिद्धान्त वाचन गर्नु भएको थियो भने उपाध्यक्ष क्या. दानबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष पूर्ण बहादुर गुरुङले वार्षिक प्रतिवेदन र आगामी आ.व.का कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
लेखा समितिको प्रतिवेदन संयोजक शुशील कुमार श्रेष्ठले र कोषाध्यक्षको प्रतिवेदन पदम बहादुर गुरुङले प्रस्तुत गर्नु भएको थियो । कार्यकारी प्रमुख संगम पोखरेलले संस्थाका गतिविधि र भावी कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । सो अवसरमा उत्कृष्ट कर्मचारी जियाना थापालाई सम्मान गरिएको थियो भने वचत कर्तामा वविता गुरुङ र सिता गुरुङ साथै उत्कृष्ट ऋण कारोबारमा निर्मला पौडेललाई सम्मान गरिएको थियो ।
सोही अवसरमा रिक्त रहेको संचालक समितिको सचिव पदमा लक्ष्मी गुरुङ र सदस्य पदमा शिव सुवेदीलाई निर्वाचन संयोजक अधिवक्ता प्रदिप कुमार रानाले नियुक्त गनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष पूर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन का.वा. सचिव लक्ष्मी गुरुङले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्