Pokharapatra National Daily

कोन सामुदायिक बचत तथा ऋण सहकारीको २५ औं साधारण सभा

पोखरा महानगरपालिका वडा नं १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणा सभा शनिवार सम्पन्न भयो ।
साधारण सभाको उद्घाटन गर्दै अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा)ले सहकारीलाई लक्ष्मीले विश्वास गर्नु भएकोले राम्रो हुँदै गएको भने । वडा नं १३ का वडा अध्यक्ष किरण वरालले सामाजिक कार्यमा कोन सँग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको अध्यक्ष वरालले भने । वडा नं १२ का वडा अध्यक्ष सन्तोष वाँस्तोलाले सहकारीमा ऋण लिएर कार्य गर्न सजिलो हुने वताए । कार्यक्रममा कोन सामुदायिक बचत तथा ऋण सहकारीका निर्वतमान अध्यक्ष तथा मानार्थ संरक्षक शरदकान्त सिग्देललाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरियो । उत्कृष्ट कर्मचारीमा विशाल कुमार श्रेष्ठ र सहकारीमा राम्रो कारोवार गर्ने चारजनालाई सोही कार्यक्रममा सम्मान गरिएको थियो । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थवहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समितिका सचिव शान्तकुमार श्रेष्ठ, कोषाध्यक्ष जयप्रसाद सापकोटा, सहकारीका लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्र प्रसाद सिग्देल र सल्लाहकार नारायणप्रसाद पराजुली लगायत वोलेको कार्यक्रममा सहकारीका उपाध्यक्ष माधवप्रसाद सिग्देलले स्वागत, सचिव शान्तकुमार श्रेष्ठले संचालन, सदस्य शारदा पराजुली(सिग्देल)ले धन्यवाद गरेका थिइन । सो कार्यक्रममा सहकारी सात सिद्धान्त सहकारीका संचालक समितिका सदस्य खड्कवहादुर गुरुङ(खुशीमान)ले वाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस्