Pokharapatra National Daily

कर्मशिल सहकारीको ११ औं वार्षिक साधारण सभा

कर्मशिल बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कूनको सदस्य कमला गिरी रहनु भएको थियो । उहाँले शेयर सदस्य संस्थाका मालिक हुन र संचालकलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । लगानी गर्दा ध्यान दिएर लगानी गर्नुपर्ने बताउनु भयो । यसैगरी कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघ कास्की महासचिव दिपक प्रसाद बास्तोलाले सहकारीमा अहिलेको समस्या कर्जा असुली रहेको बताउनुभयो । सदस्यको दिगो विकास बचत संकलन गरी परिचालन मात्र नभइ ब्याज असुली पनि हो ।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष विजय अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव ज्ञानप्रसाद अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष संगिता गौतम तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य शेयर सदस्य अस्मिता गौतम र सल्लाहकार ज्ञाज शर्माले राख्नुभएको थियो ।
कार्यक्रममा +२ पास भएका १६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी पूर्व कर्मचारी सम्मानबाट पवित्रा गौतम, राजकुमार गुरुङ र सजनी लामा गुरुङलाई गरिएको थियो । पूर्व लेखासमिति संयोजक तथा प्राविधिक सल्लाहकार डा. देविलाल शर्मा तिमिल्सिनालाई पिएचडी हासिल गर्नु भएकोमा सम्मान गरिएको थियो । सो अवसरमा जेष्ठ सदस्य सम्मान रत्नमान गुरुङ, उत्कृष्ठ कर्मचारी सर्मिला ढकाल पौडेल लगायत उत्कृष्ठ कारोवार सदस्य छ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा सचिवको प्रतिवेदन एवं संस्थाको गतिविधि ज्ञानप्रसाद अर्यालबाट, कोषाध्यक्षको प्रतिवेदन चन्द्र व. गुरुङ, लेखा समितिको प्रतिवेदन शिवहरि शर्मा र व्यवस्थापकको प्रतिवद्धता प्रतिवेदन देवेन्द्र धितालले प्रस्तुत गर्नु भएको थियो ।
सोही अवसरमा रिक्त रहेको संचालक समिति सदस्य पदमा शिवहरी शर्मा र लेखा समिति संयोजक पदमा घनश्याम तिवारी र सदस्यमा विजय सापकोटालाई निर्वाचन संयोजक कानुनी सल्लाहार भिमनाथ बरालले नियुक्त गनुभयो ।

प्रतिकृया दिनुहोस्