Pokharapatra National Daily

अपराध अनुसन्धानमा प्रहरीको सफलता

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ। कञ्चनपुरकि बालिका निर्मला पन्तको हत्यका अपराधी पक्राउ पर्न नसकेकोमा प्रहरीको शाख गिरेको थियोे । प्रहरीले निर्मलाका हत्यारालाई खोजी मात्र गरिरहे पनि दोषी पक्राउ गर्न नसकेपछि चर्को जनआक्रोशको सामना गरिरहेको छ । भगिरथीको हत्यारालाई पक्राउ गरेर नेपाल प्रहरी अपराध अनुसन्धानमा सक्षम छ भन्ने प्रमाणित गरेकोे छ।निर्मलाका हत्याको अनुसन्धानमै रहेको र अन्य वर्षों पुराना घटनाको पनि दोषी पत्ता लागेर कारबाही हुनेमा जनविश्वास जागेको छ । गम्भीर अनुसन्धान भयो भने जस्तोसुकै अपराध पनि समाजमा लुक्न सक्दैन भन्ने पुष्टि भएको छ । प्रहरीलाई राजनीतिक दल, मिडिया, सामाजिक संजाल र नागरिक समाज,एनजीओले दिग्भ्रमित पारेनन भने यस्ता घटनामा संलग्न अपराधी पानीमुनि गएपनि फेला पर्छन । कुनै घटना भयो भने त्यसले उग्र रूप नलिँदासम्म प्रशासनको ध्यानाकर्षण हुदैन । कतिपय घटनामा यही वास्तविकता झल्कने गरेको पनि छ । यसो हुनुमा प्रशासनका प्राविधिक जटिलता र सीमित जनशक्तिले पनि मुख्य भूमिका खेल्ने गरेको छ ।
अनुसन्धानमा प्रहरीलाई स्वतन्त्र छाडिदिनुपर्ने र कुनै पनि प्रकारको दबाबबाट मुक्त राख्नुपर्ने सन्देश भागरथीको हत्यापछि देखिएको सुरक्षाकर्मीको सक्रियताले दिएको छ । भागरथीको हत्यालगत्तै धनगढीबाट प्रहरीका प्रदेश प्रमुख डीआईजी आफै घटनास्थलमा निरन्तर खटिए । स्थानीय चौकीमा बसेर दिनरात नभनी उनले अनुसन्धानलाई तीव्र पारे। अपराधीलाई जसरी पनि पक्राउ गर्नैपर्नेबाहेक अन्य कुनै पनि प्रकारको प्रत्यक्ष दबाब त्यतिबेला प्रहरी प्रशासनलाई थिएन । कञ्चनपुरको घटनाबाट पाठ सिकेर आन्दोलन नगर्न स्थानीयलाई संझाउन सक्यो । स्थानीयले आन्दोलन भन्दा अपराधीलाई पक्राउ गर्न सघाएका हुन । प्रहरीले घटनामा संलग्न भएको आशंकामा कसैलाई पनि पक्रेन । कसैको पनि प्रतिष्ठामा दाग लगाउने काम गरेन । अनुसन्धानको दायरामा धेरैलाई ल्याए पनि प्रमाणको नजिक नपुग्दासम्म नियन्त्रणमा लिएन । जसका कारण घटनाका दोषी भागाभाग गर्नुपर्ने अवस्था आएन। जब अनुमान गरिएका सबै तथ्य प्रमाणित हुने अवस्था आयोस त्यसपछि मात्रै आशंका गरिएका व्यक्तिलाई गोप्य तरिकाबाट नियन्त्रणमा लिइयोस जुन सत्य साबित भयो । यो घटनाले प्रहरीको अध्ययन कौशलता झल्किएको छ । अरूका लागि उदाहरण पनि बनेको छ ।
कञ्चनपुर घटनामा प्रहरीले चरणबद्ध अनुसन्धान गर्दा पनि दोषी पत्ता लगाउन सकेको छैन । छोरी फर्केर नआउने भए पनि हत्यारा पत्ता लगाएर कडा कारबाही होला भन्ने आशामा रहेका निर्मलाका परिवारलाई न्याय दिलाउनका लागि मात्रै नभई आफ्नै इज्जत जोगाउन पनि यो घटनामा गम्भीर अनुसन्धान हुनुपर्ने देखिन्छ । गृहमन्त्री राम बहादुर थापा बादलले निर्मलाका हत्यारा अनुसन्धानको नजिकै पुगेको उद्घोष चाँडै पक्राउ परेको सुन्न पाइयोस् । निर्मला पन्तको मात्रै होइनस वर्षोंदेखि अल्झेका तर अपराधी पत्ता लाग्न नसकेका अन्य घटनाका दोषी पत्ता लगाउने अभियानमा प्रहरी लाग्नुपर्छ । अपराध कर्ममा लाग्ने जोकोहीलाई पनि कानुनको कठघरामा उभ्याउनुपर्छ ।
अनुसन्धानमा प्रहरी सफल हुनु भनेको सम्बन्धित संगठनको मात्रै होइनस मुलुककै इज्जत बढ्नु हो । तर अनुसन्धानमा कौशलता प्रदर्शन गर्न इच्छाशक्तिसँगै प्रशस्त प्रविधि, जनशक्ति र सेवासुविधामा पनि ध्यान दिनुपर्छ । तालिम प्राप्त जनशक्तिको व्यवस्था गर्नुपर्छ। प्रहरी प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्छ । शान्तिसुरक्षा कायम गर्ने क्रममा रहेका दृश्य, अदृश्य र अवाञ्छित तत्व निस्तेज पार्नुपर्छ । संगठित तथा जघन्य रूपमा हुने अपराध र महिला तथा बालबालिमामाथि हुने अमानवीय कार्यप्रति कानुनी कठोरता प्रदर्शन गर्न आवश्यक छ । देशमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न प्रहरीलाई स्वतन्त्र पुर्वक काम गर्ने वातावरण दिनुपर्छ । आन्दोलन गरेर प्रहरी प्रशासनको ध्यान अन्यत्र मोड्न खोज्नेबाट समाज नै सजग र सतर्क हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...

दुई दशकमा फेवा नववर्ष महोत्सव

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । २० औं संस्करणको फेवा नव वर्ष महोत्सव होटल संघ पोखरा नेपालले आयोजना गरेको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

प्रेसलाई आङ्कित नबनाऊ

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ सत्तरी वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

अन्तर्राष्ट्रिय महिला दिवस

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान...