नेपालमा प्रजातन्त्र स्थापना भएको सत्तरी वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको सत्तरी वर्ष पुरा हुुँदा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन । लोकतन्त्र ठुला ठालुका लागि हो कि जनताका लागि हो भन्ने बहस जारी छ।नेपाली जनताले आफ्नो देशको विकास र स्थायित्वका लागि पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था छ।जनताको मतलाई भन्दा शक्तिकेन्द्रको स्वार्थमा चल्ने नेता र दल रहेसम्म वास्तविक प्रजातन्त्रको लागि देशभक्त नेपालीले खबरदारी गर्नुपर्नेछ ।सत्तरी बर्ष अघि १०४ बर्षको जहानीया राणा शासन अन्त्यको घोषणा भएको दिन फागुन ७ हो । जहानीया शासन अन्त्य भै जनताले राजनीतिक अधिकार पाएको दिन हो । नेपालमा राणा शासन अन्त्य भइ २००७ साल फागुन ७ गतेका दिन प्रजातन्त्र स्थापना भएको हो । राणा शासन अन्त्य भएपनि सम्पूर्ण शक्ति पराजीत भएको थिएन । आन्दोलनकारी शक्ति,राणा र राजतन्त्र बीच संझौता भएर प्रजातन्त्र आएको थियो ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतको ठूलो साथ र समर्थन रहेको थियो । भारतको मध्यस्थतामा भएका सहमति देशको स्थायित्व र प्रजातन्त्रको संस्थागत हुन सकेन। राजतन्त्रबाटै प्रजातन्त्रमाथि खतरा उत्पन्न भयो । नेपाली जनताले चाहेको जस्तो प्रजातन्त्र पाउन धेरै संघर्ष र आन्दोलन गर्नुप¥यो । २००७ सालमा राजा त्रिभुवनले जनतासामु गरेको आफ्नो संविधान आफै बनाउने घोषणा अनुसार बल्ल कार्यान्वयनमा आएको छ । हामीले प्राप्त गरेको लोकतन्त्र÷प्रजातन्त्र जप्ने मन्त्र होइन । कसैले आफूलाई लोकतन्त्रवादी प्रजातन्त्रवादी भनेर मात्र पुग्दैन । कसैले आफूलाई लोकतन्त्रवादी प्रजातन्त्रवादी भनेर पुग्ने अवस्था छैन । व्यवहारमा लोकतन्त्र छ कि छैन महत्वपूर्ण हो । नेपालका राजनीतिक दल र तीनका नेताले अपनाउने व्यवहारले लोकतन्त्र कति मजवुत छ भन्ने कुरा स्पष्ट हुन्छ । सत्तामा पुग्नका लागि नेपालका राजनैतिक दल र नेताहरु आन्दोलन गर्न सक्षम छन् । आन्दोलनमा जनतालाई जागरुक गराउन र अधिकारका लागि सचेत गराउने काम दलले गरेका हुन् । आन्दोलन गर्न सक्ने तर त्यसको उपलब्धी संस्थागत गर्ने बेलामा बाझ्ने गरेका छन् । सत्ता स्वार्थका कारण जनतालाई अधिकारले बलियो बनाउनु भन्दा खुट्टा तान्ने प्रवृति दोहो¥याएका छन् ।
बहुमतको स्थिर सरकारलाई काम गर्न नदिने र अस्थिरता निम्त्याउन खोज्दा देशमा आन्दोलनको घोषणा भएको छ । जुन दलसँग बहुमत छ त्यही दलभित्र खेल्ने रोग शक्तिकेन्द्रहरुले गर्दै आएका छन् । कांग्रेसले दुइ तिहाई बहुमत ल्यउदा होस या पटक पटक बहुमत ल्याउँदा दलभित्रको आन्तरिक खिचातानीलाई खेल्ने काम गरेकै हो । अहिले नेकपाको बहुमत छ खेल्ने काम पनि दलभित्रै भएको छ । नेपालमा अस्थिरता कायम राख्न पात्र फेरिएका छन।प्रबृत्ति उहीँ छ ।
२००७ सालदेखि २०१७ सालसम्म दलहरुबीच बेमेलले गर्दा प्राप्त उपलब्धी संस्थागत हुन सकेन । अहिले पनि त्यही अवस्था छ । जुन जनताले नचाहेको र दलहरुको प्रतिबद्धता विपरितको क्रियाकलाप हुन् । संविधान जारी भए पछि भएका चुनावले स्थानीय तह, प्रदेश र संघीय सरकारको अनुभव जनताले गर्दैछन् । २०१५ सालको चुनाव पछि कांग्रेसले दुईतिहाईको सरकार गठन गरेको थियो । त्यसलाई डेढ बर्षमै राजा महेन्द्रले ‘कु’ गरेर ढाले ।अहिले नेकपाले बहुमत प्राप्त गरेर स्थिर सरकार दिएकोेमा चिन्तित भएका शक्तिले सरकार ढाल्न नेकपा भित्र खेले।त्यो खेलमा एकहद सम्म सफल भएका छन । जनतालाई दिने सेवा र शासन सत्तामा रहनेको व्यवहारले गर्दा जुन जोगी आएपनि कानै चिरेको थैलो भिरको उखान जस्तो बन्न पुगेको छ । नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख मुलुक बनाउने कुरा अहिलेका गतिविधिले ठेस लागेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरि बैशाखमा चुनाव गराउने घोषणा गरेका छन।विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।देशका राजनीति दल पनि चुनाव कि प्रतिनिधि सभा पुनर्थापना भन्नेमा विभाजित छन ।
प्रजातन्त्रमा सबैभन्दा ठूला जनता हुन्छन् ।जनतामा गएर ताजा जनादेश लिन खोज्नु प्रजातन्त्र बलियो बनाउन खोज्नु हो । कसैले जितेको र कसैले हारेको अनुभुति नगरी जनताको जित, देशको स्वाभिमान कायम हुनेगरी शासन संचालन गर्न सके मात्र प्रजातन्त्र बलियो हुन सक्छ । प्रजातन्त्र ल्याउनको निम्ति प्राण आहुति दिने र आन्दोलनमा लाग्ने सबैलाई यस अवसरमा स्मरण गर्न चाहन्छौं । सिमित बर्गले मात्र राज्यको साधन श्रोतको दोहन गर्ने बहुसंख्यक जनता नयाँ खालका शोषण र उत्पिडनमा पर्ने हो भने लोकतन्त्र बलियो हुन सक्दैन । सत्तामा पुगेकाहरुले जनतालाई आफुजस्तै सम्पन्न छन् भन्ने सोचाईका कारण जनतामा असन्तुष्टि बढ्दै गएको छ । जनतालाई परिवर्तनको अनुभुति दिलाउन सकेमा मात्र प्रजातन्त्र दिवस मनाएको सार्थकता देखिने छ । प्रजातन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना ।