Pokharapatra National Daily

संघीयता कार्यान्वयनमा गण्डकी

गण्डकी प्रदेश सरकारले आफ्नो तीन वर्ष पुरा गरेको छ । संघीयता कार्यान्वयन कसरी भएको छ भन्ने मापन प्रदेश सरकारले कसरी काम गरेका छन भनेर हेर्नुपर्छ । सात वटा प्रदेश सरकार मध्ये गण्डकी प्रदेशले विवादरहित तरिकाले नामाकरण र राजधानी टुङ्गो लगाउन सकेको हो । प्रदेश सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संघीयता बुझेका र केन्द्रीय मन्त्री भएर अनुभव बटुलेका हुँदा सरकार संचालनमा सजिलो भएको हुनुपर्छ । राजनीतिक रुपमा पनि सत्तारूढ दलको केन्द्रीय पदाधिकारी भएका कारण पार्टी पङ्तिलाई कसरी परिचालन गर्नुपर्छ भन्ने अनुभवले पनि काममा सहजता दिएको छ । राजनीतिक रुपमा फरक दल भए पनि संघीयता कार्यान्वयन र पूर्वाधार विकासमा सवै दललाई लिएर जान सक्ने क्षमताको कारण गण्डकी प्रदेश सरकारले काम देखाउन सकेको छ । जनताले संघीयताको महत्व के रहेछ भनेर अनुभूति गर्न नपाए पनि विरोध गर्ने ठाउँ दिएको छैन ।
सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा आएको प्रचार चुनावमा मात्र हुन सक्यो त्यसपछि अधिकार नपाएको गुनासा धेरै आए । संघीयता कार्यान्वयनका लागि केन्द्रीय सरकारलाई खबरदारी गर्न सक्ने हैसियत राखेका कारण गण्डकी प्रदेश सरकारबाट अन्य प्रदेश सरकारले फाइदा लिन पाएका छन । यो गण्डकी प्रदेशले जस लिने मौका हो । गण्डकी प्रदेश सरकारले तीन वर्षको अबधि अधिकार प्राप्तिका लागि जति वकालत गरेको छ त्यसको तुलनामा काम देखाउन नसकेको आरोप खेप्नुपरेको छ।तीन वर्षको अबधिमा १३७ किलोमिटर कालोपत्रे सडक ,२९२ किलोमिटर ग्राभेल सडक बनेको छ । ३४ सडक पुल, १० झोलुङ्गे पुल बनेका छन । एक घर एक धारा कार्यक्रम अन्तर्गत ५५ हजार ६० निजी धारा जडान भएका छन ।
विजुलीका काठेपोल हटाउने नीति अनुरुप २९८११ काठेपोल विस्थापित गरि स्टीलको पोल राखिएको छ । खेतीयोग्य जमिनमा चक्लाबन्दी गर्ने, सामुदायिक, कबुलियती, साझेदारी र धार्मिक बन क्षेत्र संरक्षणका काम भएका छन । स्वास्थ्य सेवामा सुधार, प्राविधिक शिक्षामा जोड दिएर गण्डकी विश्व विध्यालयको स्थापना गरेर स्वास्थ्य र शिक्षामा राज्यको भूमिका बढाउने काम गरेर चुनावी वाचा पुरा गर्ने दिशातिर अघि बढेको छ । प्रदेश सरकारले आफ्नो मातहत आएको यातायात ब्यवस्थापन गर्न सकेको छैन । प्रदेशको राजश्व उठ्ने सबैभन्दा ठूलो यातायात ब्यवस्था कार्यालय र सवारीसाधन लाइसेन्स प्रणालीमा सुधार नआउनु सुशासनको पक्षमा गण्डकी प्रदेश सरकार गफ मात्र गर्छ भन्ने आरोपलाई कामबाट जवाफ दिन सकेको छैन ।
तीन वर्षको अबधिमा आबधिक नीति तथा कार्यक्रम बनाएर कसरी अघि बढ्ने भन्ने दिशा तय गरेको छ । लगानीको वातावरण बनाउन पूर्वाधारको विकास, लगानी मैत्री नीति, सुरक्षा र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेछ । अरुले केही गर्न नसक्दा गण्डकीले केही गरेको आधारमा सन्तोष मान्नुहुदैन । गण्डकी प्रदेशको राजधानी पोखरा अन्तर्राष्ट्रिय शहरको रुपमा विकास हुने अवस्थामा रहेको हुँदा बाँकी समय भाषणमा भन्दा कममा केन्द्रीत हुन सकेमा संघीयताको कारण चाँडै विकास हुन्छ भन्ने सन्देश दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...