Pokharapatra National Daily

संघीयता कार्यान्वयनमा गण्डकी

गण्डकी प्रदेश सरकारले आफ्नो तीन वर्ष पुरा गरेको छ । संघीयता कार्यान्वयन कसरी भएको छ भन्ने मापन प्रदेश सरकारले कसरी काम गरेका छन भनेर हेर्नुपर्छ । सात वटा प्रदेश सरकार मध्ये गण्डकी प्रदेशले विवादरहित तरिकाले नामाकरण र राजधानी टुङ्गो लगाउन सकेको हो । प्रदेश सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संघीयता बुझेका र केन्द्रीय मन्त्री भएर अनुभव बटुलेका हुँदा सरकार संचालनमा सजिलो भएको हुनुपर्छ । राजनीतिक रुपमा पनि सत्तारूढ दलको केन्द्रीय पदाधिकारी भएका कारण पार्टी पङ्तिलाई कसरी परिचालन गर्नुपर्छ भन्ने अनुभवले पनि काममा सहजता दिएको छ । राजनीतिक रुपमा फरक दल भए पनि संघीयता कार्यान्वयन र पूर्वाधार विकासमा सवै दललाई लिएर जान सक्ने क्षमताको कारण गण्डकी प्रदेश सरकारले काम देखाउन सकेको छ । जनताले संघीयताको महत्व के रहेछ भनेर अनुभूति गर्न नपाए पनि विरोध गर्ने ठाउँ दिएको छैन ।
सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा आएको प्रचार चुनावमा मात्र हुन सक्यो त्यसपछि अधिकार नपाएको गुनासा धेरै आए । संघीयता कार्यान्वयनका लागि केन्द्रीय सरकारलाई खबरदारी गर्न सक्ने हैसियत राखेका कारण गण्डकी प्रदेश सरकारबाट अन्य प्रदेश सरकारले फाइदा लिन पाएका छन । यो गण्डकी प्रदेशले जस लिने मौका हो । गण्डकी प्रदेश सरकारले तीन वर्षको अबधि अधिकार प्राप्तिका लागि जति वकालत गरेको छ त्यसको तुलनामा काम देखाउन नसकेको आरोप खेप्नुपरेको छ।तीन वर्षको अबधिमा १३७ किलोमिटर कालोपत्रे सडक ,२९२ किलोमिटर ग्राभेल सडक बनेको छ । ३४ सडक पुल, १० झोलुङ्गे पुल बनेका छन । एक घर एक धारा कार्यक्रम अन्तर्गत ५५ हजार ६० निजी धारा जडान भएका छन ।
विजुलीका काठेपोल हटाउने नीति अनुरुप २९८११ काठेपोल विस्थापित गरि स्टीलको पोल राखिएको छ । खेतीयोग्य जमिनमा चक्लाबन्दी गर्ने, सामुदायिक, कबुलियती, साझेदारी र धार्मिक बन क्षेत्र संरक्षणका काम भएका छन । स्वास्थ्य सेवामा सुधार, प्राविधिक शिक्षामा जोड दिएर गण्डकी विश्व विध्यालयको स्थापना गरेर स्वास्थ्य र शिक्षामा राज्यको भूमिका बढाउने काम गरेर चुनावी वाचा पुरा गर्ने दिशातिर अघि बढेको छ । प्रदेश सरकारले आफ्नो मातहत आएको यातायात ब्यवस्थापन गर्न सकेको छैन । प्रदेशको राजश्व उठ्ने सबैभन्दा ठूलो यातायात ब्यवस्था कार्यालय र सवारीसाधन लाइसेन्स प्रणालीमा सुधार नआउनु सुशासनको पक्षमा गण्डकी प्रदेश सरकार गफ मात्र गर्छ भन्ने आरोपलाई कामबाट जवाफ दिन सकेको छैन ।
तीन वर्षको अबधिमा आबधिक नीति तथा कार्यक्रम बनाएर कसरी अघि बढ्ने भन्ने दिशा तय गरेको छ । लगानीको वातावरण बनाउन पूर्वाधारको विकास, लगानी मैत्री नीति, सुरक्षा र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेछ । अरुले केही गर्न नसक्दा गण्डकीले केही गरेको आधारमा सन्तोष मान्नुहुदैन । गण्डकी प्रदेशको राजधानी पोखरा अन्तर्राष्ट्रिय शहरको रुपमा विकास हुने अवस्थामा रहेको हुँदा बाँकी समय भाषणमा भन्दा कममा केन्द्रीत हुन सकेमा संघीयताको कारण चाँडै विकास हुन्छ भन्ने सन्देश दिन सकिनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...