Pokharapatra National Daily

उखु किसानलाई सधैं पीडा

उखु किसानले वक्यौता रकम चिनी उद्योगका मालिकबाट पाउन पटक पटक आन्दोलन गर्नुपर्ने भएको छ । हरेक वर्ष उखु किसान बाँकी रकम पाउन चिसोमा काठमाडौं धर्ना दिने गरेका छन।चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । गतवर्ष सरकारले चिनी मिलका मालिकबाट बक्यौता उठाइदिने संझौता गरेको थियो । सरकारले जिम्मा लिएको काम पुरा गर्न नसक्नु किसानप्रति गरिएको खेलवाड हो । सरकारलाई आफ्जन समस्या सुनाउन काठमाडौंको चिसोमन धर्ना दिनुपर्ने अवस्था आउनु बिडम्वना हो । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाइमा किसान काठमाडौं आएका छन ।
उखु किसान संघर्ष समितिले यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागीता जनाउने भएका छन । चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका किसानहरु सरकारले समेत झुलाएको गुनासो गर्छन् । एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ । इन्दिरा र अन्नपूर्ण तथा श्रीराम सुगर मिलले किसनको बक्यौता तिर्न जग्गा बिक्रीको प्रस्ताव राखेको छ।किसानलाई झुलाउन यस्ता वाहनावाजी चिनी मिलका मालिकले गर्दै आएका छन।भारतमा किसानले गरेको आन्दोलनले वल्ल सरकार र मिडियाको ध्यानाकर्षण गराउन सकेको छ।नेपालमा किसानका बारेमा राजनीतिक पार्टीले मुद्दा नै बनाउन सकेका छैनन् ।
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट चिनी मिल संचालकलनई कडाइ गर्दा लगानीको वातावरण बन्दैन कि भन्ने रुञ्चे तर्कले गर्दा किसानले दुख पाएका छन । मन्त्रीले चिनी मिलका संचालकले गरेको संझौता पालना गराउँदा लगानीको वातावरण विग्रदैन । बरु किसानलाई झुलाउँदा केही हुँदैन भन्ने सन्देश जान्छ । तराईबाट काठमाडौं आएका किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरूले वर्षौंदेखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन । सरकारले अहिले सम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरूले गरेका छन्। सरकारले नै सम्झौता अनुसार काम नगरी किसानहरुलाई पीडा मात्र दिने काम गरेको अनुभुति हुनु राम्रो होइन ।
किसानले पनि भुक्तानी पाउने र उद्योग पनि बच्ने गरी समस्याको समाधान हुने मन्त्री भट्टको मध्यमार्गी बाटोबाट किसानले आफ्नो बक्यौता पाउन सहज देखिदैन । उद्योगबाट असुलउपर गराउन प्रक्रियामा जाँदा ढिलो भइरहेको छ।संचालक नै जिम्मेवार नबनाउने हो भने किसान गोलचक्करमा फस्नेछन । कतिपय चिनी मिलले किसानको बैंक खाता नहुँदा भुक्तानी दिन रोकिएको भनेर पन्छिन खोजेका छन । लुम्बिनी सुगर मिल्स सुनवल र श्रीराम सुगर मिल्सबाहेकका अन्य मिलले दिनुपर्ने बक्यौता रकमको समस्या तत्काल हल गर्न मन्त्रीले किसानका पिडा बुझ्नुपर्छ । जहिले पनि माईतिघर मण्डलामा धर्ना दिने अवस्था आउनु सरकार पीडित किसानको पक्षमा उभिन सक्दैन भन्ने अवस्था आयो भने यो भन्दा लाजमर्दो अवस्था अरु हुनसक्दैन ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...