Pokharapatra National Daily

अपराधीलाई पक्रेर देखाउ

बलात्कार र बलात्कारपछिको हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्दा सरकारप्रति आक्रोस बढेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान फितलो हुँदा बलात्कार पछि हत्या गर्ने पक्राउ पर्न सकेका छैनन् । बलात्कारको घटना जति उजागर भएका छन त्यसको आधारमा अपराधी पक्राउ पर्न नसक्दा सरकारप्रति आक्रोस बढाउने काम गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालकाअनुसार ३० महिनाको अवधिमा पाँच हजार छ सय ३४ जनाको बलात्कार भएको छ । बलात्कारपछि १६ जनाको हत्या भएको छ । आफन्त, परिवारका सदस्य, छरछिमेकी, पहुँचवालाका संलग्‍न भएका बलात्कारका घटनामा पीडितको हत्या गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन भएको छ । घटनामा संलग्‍नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले घटनाको अनुसन्धानलाई निष्कर्ष नजिक पु¥याएको दावी गरेको छ । प्रहरीले हाल व्यक्तिलक्षित अनुसन्धान थालेको जनाएको छ । तरपनि उपलब्धी आएको छैन ।
बैतडी बलात्कार काण्ड पनि कञ्चनपुरमा निर्मला पन्तको जस्तै हुने त होइन भन्ने आशंका छ । जनताले गरेको आशंका हटाउन प्रहरीले आफ्नो शक्ति लगाएर अपराधीलाई अदालतमा पु¥याउने काममा निर्भर रहन्छ । सुदुरपश्चिम प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय बैतडी, इलाका प्रहरी कार्यालय पाटन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले भिन्‍नभिन्‍नै पाटोबाट एकीकृत अनुसन्धान गरिरहेको छ । अनुसन्धानलाई चाँडो टुङ्ग्याउने गरी प्रहरी जुटेको छ । भागरथी विद्यालयदेखि घर फर्किने क्रममा उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारको लागि सबैभन्दा बढी आलोचना हुने घटना कञ्चनपुरकि निर्मला पन्तको बलात्कार पछि हत्या हो । ११ साउन २०७५ मा कञ्‍चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा शव उखुबारीमा फेला परेको थियो । हालसम्म उनको बलात्कारपछि हत्या भएको घटनामा संलग्‍न को हुन ? अढाइ वर्षसम्म घटनामा संलग्‍नको पहिचानसम्म भएको छैन । यो घटनामा संलग्‍न व्यक्ति लामो समयसम्म पक्राउ पर्न नसक्नुका पछाडि प्रहरीले घटनाको प्रारम्भिक छानविनमा गरेको लापारबाहीलाई औल्याइएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कलाई विश्लेषण गर्दा हरेक दिन औषतमा सात जना बलात्कृत हुने गरेको देखिन्छ । बलात्कृत हुनेमा पाँच वर्षीया नाबालिकादेखि वृद्धासम्म रहेको नेपाल प्रहरीमा परेको उजुरीले देखाउँछ । औषतमा दुई महिनाको बीचमा एक जनाको बलात्कारपछि हत्या हुने गरेको तथ्याङ्कले पुष्ठि गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्दा आफन्त, परिवारका सदस्य, छरछिमेकी, साथीभाइ र पहुँचवाला व्यक्ति संलग्‍न भएको बलात्कारको घटनामा पीडितको हत्या हुने गरेको छ । जुन हाम्रो समाजको लागि कालो धब्बा हो । दवाब र प्रभावमा पीडितलाई पारेर घटनालाई गुपचुप मिलाउने पीडकहरू समाजमा लब्ध प्रतिष्ठित मानिएका, समाजका अगुवा भनिएका र बुद्धिजीवी भनिएकाहरू हुन्छन् । केही पीडितहरू भने घटना बाहिर आए ‘लाज’ हुने भन्दै सहेर बस्‍ने गरेका छन । जसले गर्दा पीडित लुक्नु पर्ने र पीडक छाती खोलेर हिड्ने अवस्था आएको हो ।
प्रदेश १ मा एक हजार तीन सय ५३ जना, प्रदेश २ मा सात सय ७६ जना, बागमती प्रदेशमा छ सय २७ जना, काठमाडौं उपत्यकामा छ सय ७४ जना, गण्डकी प्रदेशमा चार सय ३७ जना, लुम्बिनी प्रदेशमा नौ सय २२ जना, कर्णाली प्रदेशमा तीन सय ५२ र सुदूरपश्चिम प्रदेशमा चार सय ९२ जना बलात्कृत भएका छन् । बलात्कारपछि हत्या चाहिँ प्रदेश १ मा पाँच जना, प्रदेश २ मा चार जना, काठमाडौं उपत्यकामा दुई जना, गण्डकी प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा तीन जनाको भएको छ । सरकारले अपराधीलाई पक्राउ गर्न नसकेकोमा विरोधको सामना गर्नुप¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशले बुटवलमा गरेको जनसभामा बलात्कार पछि हत्या गर्ने अपराधीलाई चाँडै पक्राउ गर्ने वाचा गरेका छन । अपराधी पानी मुनि भए पनि नछाड्ने प्रधानमन्त्रीको भनाइ भाषणका लागि होइन गरेरै देखाउन हो भन्ने प्रमाणीत गर्ने बेला आएको छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...