Pokharapatra National Daily

अपराधीलाई पक्रेर देखाउ

बलात्कार र बलात्कारपछिको हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्दा सरकारप्रति आक्रोस बढेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान फितलो हुँदा बलात्कार पछि हत्या गर्ने पक्राउ पर्न सकेका छैनन् । बलात्कारको घटना जति उजागर भएका छन त्यसको आधारमा अपराधी पक्राउ पर्न नसक्दा सरकारप्रति आक्रोस बढाउने काम गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालकाअनुसार ३० महिनाको अवधिमा पाँच हजार छ सय ३४ जनाको बलात्कार भएको छ । बलात्कारपछि १६ जनाको हत्या भएको छ । आफन्त, परिवारका सदस्य, छरछिमेकी, पहुँचवालाका संलग्‍न भएका बलात्कारका घटनामा पीडितको हत्या गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन भएको छ । घटनामा संलग्‍नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले घटनाको अनुसन्धानलाई निष्कर्ष नजिक पु¥याएको दावी गरेको छ । प्रहरीले हाल व्यक्तिलक्षित अनुसन्धान थालेको जनाएको छ । तरपनि उपलब्धी आएको छैन ।
बैतडी बलात्कार काण्ड पनि कञ्चनपुरमा निर्मला पन्तको जस्तै हुने त होइन भन्ने आशंका छ । जनताले गरेको आशंका हटाउन प्रहरीले आफ्नो शक्ति लगाएर अपराधीलाई अदालतमा पु¥याउने काममा निर्भर रहन्छ । सुदुरपश्चिम प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय बैतडी, इलाका प्रहरी कार्यालय पाटन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले भिन्‍नभिन्‍नै पाटोबाट एकीकृत अनुसन्धान गरिरहेको छ । अनुसन्धानलाई चाँडो टुङ्ग्याउने गरी प्रहरी जुटेको छ । भागरथी विद्यालयदेखि घर फर्किने क्रममा उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारको लागि सबैभन्दा बढी आलोचना हुने घटना कञ्चनपुरकि निर्मला पन्तको बलात्कार पछि हत्या हो । ११ साउन २०७५ मा कञ्‍चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा शव उखुबारीमा फेला परेको थियो । हालसम्म उनको बलात्कारपछि हत्या भएको घटनामा संलग्‍न को हुन ? अढाइ वर्षसम्म घटनामा संलग्‍नको पहिचानसम्म भएको छैन । यो घटनामा संलग्‍न व्यक्ति लामो समयसम्म पक्राउ पर्न नसक्नुका पछाडि प्रहरीले घटनाको प्रारम्भिक छानविनमा गरेको लापारबाहीलाई औल्याइएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कलाई विश्लेषण गर्दा हरेक दिन औषतमा सात जना बलात्कृत हुने गरेको देखिन्छ । बलात्कृत हुनेमा पाँच वर्षीया नाबालिकादेखि वृद्धासम्म रहेको नेपाल प्रहरीमा परेको उजुरीले देखाउँछ । औषतमा दुई महिनाको बीचमा एक जनाको बलात्कारपछि हत्या हुने गरेको तथ्याङ्कले पुष्ठि गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्दा आफन्त, परिवारका सदस्य, छरछिमेकी, साथीभाइ र पहुँचवाला व्यक्ति संलग्‍न भएको बलात्कारको घटनामा पीडितको हत्या हुने गरेको छ । जुन हाम्रो समाजको लागि कालो धब्बा हो । दवाब र प्रभावमा पीडितलाई पारेर घटनालाई गुपचुप मिलाउने पीडकहरू समाजमा लब्ध प्रतिष्ठित मानिएका, समाजका अगुवा भनिएका र बुद्धिजीवी भनिएकाहरू हुन्छन् । केही पीडितहरू भने घटना बाहिर आए ‘लाज’ हुने भन्दै सहेर बस्‍ने गरेका छन । जसले गर्दा पीडित लुक्नु पर्ने र पीडक छाती खोलेर हिड्ने अवस्था आएको हो ।
प्रदेश १ मा एक हजार तीन सय ५३ जना, प्रदेश २ मा सात सय ७६ जना, बागमती प्रदेशमा छ सय २७ जना, काठमाडौं उपत्यकामा छ सय ७४ जना, गण्डकी प्रदेशमा चार सय ३७ जना, लुम्बिनी प्रदेशमा नौ सय २२ जना, कर्णाली प्रदेशमा तीन सय ५२ र सुदूरपश्चिम प्रदेशमा चार सय ९२ जना बलात्कृत भएका छन् । बलात्कारपछि हत्या चाहिँ प्रदेश १ मा पाँच जना, प्रदेश २ मा चार जना, काठमाडौं उपत्यकामा दुई जना, गण्डकी प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा तीन जनाको भएको छ । सरकारले अपराधीलाई पक्राउ गर्न नसकेकोमा विरोधको सामना गर्नुप¥यो । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशले बुटवलमा गरेको जनसभामा बलात्कार पछि हत्या गर्ने अपराधीलाई चाँडै पक्राउ गर्ने वाचा गरेका छन । अपराधी पानी मुनि भए पनि नछाड्ने प्रधानमन्त्रीको भनाइ भाषणका लागि होइन गरेरै देखाउन हो भन्ने प्रमाणीत गर्ने बेला आएको छ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...