Pokharapatra National Daily

अभिव्यक्ति स्वतन्त्रता नबिर्स

सूचना प्रबिधिको क्षेत्रमा भएको विकासले नागरिकको जीवन शैलीमा परिवर्तन ल्याइदिएको छ । हरेक नागरिकको हातमा मोबाइल फोनको पहुँच अब धेरै समय कुर्नु नपर्ने भएको छ।सूचनाको लागि अखबार, रेडियो, टेलिभिजनको मात्र भर नपरे पनि हुने भएको छ । सबैभन्दा चाँडै सूचना र जानकारी सामाजिक संजालबाट पाउने अवस्था बनेको छ।नेपालमा सामाजिक संजाल फेसबुक, भाइवर, इन्स्टाग्राम, युटुब प्रयोग गर्नेको संख्या बढ्दोछ । सरकारी निकायमा एकिन तथ्यांक नभए पनि यी सञ्जालमा प्रत्यक्ष तथा परोक्षरूपमा करोड हाराहारीका नागरिक जोडिएको अनुमान छ । प्रयोगकर्तालाई एक प्रकारको दुर्व्यसनीजस्तै बनाएको यो सञ्जालको सदुपयोगबारे पर्याप्त चेतना फैलाउन सक्ने हो भने विविध प्रकारका दुर्घटनाबाट जोगाउन सकिन्छ । यतिखेर सामाजिक सञ्जालले व्यक्तिलाई एकल्याउँदै लगेको छ । समाजबाट टाढा बनाएको छ ।
व्यक्तिलाई असामाजिक बनाउँदै लगेको छ । धेरैको पारिवारिक सम्बन्ध तोडिनुमा पनि यसले भूमिका खेलिरहेको छ।आपराधिक घटना वृद्धि गर्नमा पनि यसको कुनै न कुनै भूमिका रहने गरेको छ । नेपालमा सामाजिक संजाल प्रयोगकर्तामा धेरै पक्षको जानकारी नभएको जस्तो देखिन्छ । कानुनी तथा अन्य प्राविधिक पक्षबारे पनि उनीहरू अनभिज्ञ रहन्छन् । जुन नितान्त गलत हो । कम्तीमा आफूले बोलेको, लेखेको र फोटो खिचेको सामग्रीले कसलाई कति असर पुयाउँछ भन्नेतर्फ हरेक प्रयोगकर्ता सचेत हुनु आवश्यक छ । जानकारी नभएको कारण सामान्य गल्तीका कारण विविध कानुनी झन्झट व्यहोर्नुपरेको छ । सम्भावित दुर्घटनाबाट जोगिन प्रयोगकर्ता पनि होसियार हुनुपर्छ । कुनै कुरामा चित्त बुझेन भने एक लाइन फेसबुक स्ट्याटस लेखेर सन्तुष्टि लिने प्रवृत्ति प्रयोगकर्ताले त्याग्नुपर्छ । सरकारले हरेक क्षेत्रलाई व्यवस्थित बनाउन खोजेको छ ।
सामाजिक सञ्जाललाई समेत नियमन गर्ने प्रावधान समेटिएको सूचना प्रविधिसम्बन्धी विधेयकअलपत्र परेको छ । उक्त विधेयक पारित हुन समय लाग्ने देखेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ । निर्देशिका ल्याउने तयारीसँगै यसका पक्ष र विपक्षमा वहस सुरु भएको छ । छलफलकै क्रममा रहेकाले निर्देशिकाले कस्ता(कस्ता प्रावधान समेट्ला भन्ने निश्चित छैन । तर तल्लो स्तरमा झरेर गालीगलौजमा उत्रने, व्यक्तिगत मर्यादामा आँच आउने अभिव्यक्ति दिने तथा समग्रमा सामाजिक एकता नै खलबल्याउने प्रवृत्ति रोक्न भने सामाजिक सञ्जालको नियमन आवश्यक भइसकेको छ । त्यसभन्दा ठूलो कुरा विदेशमा कार्यालय रहेका सामाजिक सञ्जाललाई मुलुकको कानुनी दायरामा ल्याउनुपर्छ । यही माध्यमका भरमा धेरैले व्यवसाय प्रवर्द्धन गरे पनि त्यसरी गरिने प्रचार–प्रसारलाई कानुनी नियन्त्रणमा ल्याउन सकिएको छैन ।
यी माध्यममा टेकेर गरिने हरेक प्रकारको व्यवसायलाई करको दायरामा ल्याउन पनि नियन्त्रणको व्यवस्था अपनाउनु आवश्यक छ । सरकारले सामाजिक संजाललाई नियन्त्रण होइन नियमन गर्ने ऐन, नियम बनाउदा सरोकारवालासंग पर्याप्त छलफल हुँदैन ।नागरिकका सुझावलाई खुला गरेर मात्र ऐन , नियम बनाउनु उपयुुक्त हुन्छ । ऐन, नियम वा जस्तो प्रकृतिका निर्देशिका ल्याए पनि प्रेस तथा अभिव्यक्ति र व्यक्तिगत स्वतन्त्रता खुम्च्याउन सरकार अग्रसर हुनु हुँदैन । अन्जानमा गरिएको गल्तीका आधारमा प्रविधिमा निरक्षर नागरिकलाई कडा कारबाही गरिनु हुन्न । तर जानजान हुने संविधान र कानुन उल्लंघनमा भने कडा नियमन एवं कारबाही आवश्यक हुन्छ । कानुन कार्यान्वयन गर्ने निकाय वा अधिकारीले नागरिकलाई अनावश्यक दुख दिने गरेको हुँदा अब बन्ने ऐन, नियम, निर्देशिकाको विरोध गर्ने अवस्था नआओस भन्ने संझनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...