Pokharapatra National Daily

अख्तियारले नागरिक सहयोग लियोस

नेपालमा राजनीतिक स्थिरता हुँदा भ्रष्टाचारमन कमी आउने अस्थिरता हुने बितिक्कै भ्रष्टाचार बढ्ने गरेको छ । सरकार अदल बदल गर्ने चक्र शुरु हुनथालेमा भ्रष्टाचारी र विचौलीया सक्रिय देखिन्छन् । नेपालमा कुनै पनि सरकारले पूरा अबधि काम गर्न पाएको छैन । जति बेला बहुमतको सरकार बनेर राजनीतिक स्थिरता हुने अपेक्षा गरेको हुन्छ त्यही बेला सत्तारूढ दलमा विभाजन हुन्छ । सरकार भत्काउने र बनाउने खेलमा आर्थिक दुरुपयोग हुन्छ । भ्रष्टाचार मौलाउने अस्थिरता भएको बेलामा हो । भ्रष्टाचार नियन्त्रण गर्ने संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार दिएको छ । अख्तियारमा गत आर्थिक वर्ष मात्रै २५ हजार उजुरी परेको थियो । यसमा अध्ययन गरेर अख्तियारले ४४१ वटा मुद्दा दायर गरेको थियो । १८ वटा मुद्दा अकूत सम्पत्तिसँग सम्बन्धित थिए । उजुरीको संख्या बढ्ने–घट्ने भए पनि मुद्दा नै दायर गरिएको यो संख्या ऐतिहासिक हो ।
ट्रान्सपेरेन्सी इन्टरनेसनलले केही महिनाअघि सार्वजनिक गरेको प्रतिवेदनमा पनि नेपालमा घुस लिनेदिने दरमा कमी आएको उल्लेख गरेको थियो । जटिल राजनीतिक परिस्थति हुँदाहुँदै पनि प्राप्त यी उपलब्धिलाई सकारात्मक मान्नुपर्छ । तर अझै पनि यसमा मात्रै सन्तुष्ट भएर भने पुग्दैन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएसँगै जनताका हर प्रकारका समस्या स्थानीय स्तरमै सम्बोधन हुन थालेका छन् । सिंहदरबारको अधिकार स्थानीय तहमा आएको प्रचार खुबै भयो । जनताले स्थानीय सरकारका काम कार्वाही नजिकैबाट हेर्न पाए । अख्तियारमा परेको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय स्तरमा भएको आर्थिक अनियमिततासँग सम्बन्धित छ । स्थानीय सरकारले आर्थिक अनुशासन पालना नगर्दा अख्तियारलाई गुहार्न पुग्छन् । स्थानीय सरकारले आफूलाई जनताको सेवक ठानेर काम गर्न जरुरी छ । जनताका गुनासालाई सकेसम्म छिटो सम्बोधन गर्नुपर्छ । वास्तविक अर्थमा सुशासन भनेको पनि यही नै हो । सुशासन र पारदर्शिताको सुरुवात पनि स्थानीय र जनता धेरै धाउनुपर्ने कार्यालयबाट हुनुपर्छ ।
पदीय दुरुपयोगमा संलग्न जोुसुकै भए पनि कारबाही गर्नुपर्छ । जनताका मागलाई सम्बोधन गर्न पनि कर्मचारीको आचरणमा सुधार आवश्यक छ। सानो तहमा जागिर खाएर करोडौं रकम कुम्ल्याउने प्रवृत्ति नेपालको प्रशासनवृत्तमा छ । साना माछा उपाधि दिने गरिएकाबाट जनता मारमा परेका छन । तिनले राजनीतिक संरक्षण पनि पाएका हुन्छन् । नीतिगत भ्रष्टाचार गर्ने ठूला माछा अख्तियारको फन्दामा पर्न नसकेको जनगुनासो छ । नीतिगत तथा अन्य ठूला प्रशासनिक भ्रष्टाचारमा संलग्नलाई चोख्याउने काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरोस् भन्ने सबैको माग छ । अख्तियारको कार्य क्षेत्रको दायरा पनि स्पष्ट हुन आवश्यक छ। प्रशासनिक र नीतिगत निर्णयको परिभाषा स्पष्ट हुनुपर्छ । अख्तियारको अध्ययनलाई छल्ने बहानामा प्रशासनिक कामलाई पनि नीतिगत मानेर मन्त्रिपरिषद्बाट निर्णय गर्ने पद्धतिमा सुधार आवश्यक छ ।
मुख्य कुरा सुशासनका लागि राजनीतिक शुद्धीकरण आवश्यक छ । अर्थप्रशासनमा देखिएको विकृति न्यूनीकरणका लागि साझा प्रतिबद्धता आवश्यक छ । यसको मुख्य जिम्मेवार सरकार स्वयं बन्नुपर्छ । महालेखापरीक्षकका प्रतिवेदनले औंल्याएका कमजोरी सुधार्नेतर्फ ध्यानु दिनुपर्छ । जहाँ भ्रष्टाचार बढी हुन्छ, त्यहाँ नागरिक अधिकार कमजोर हुन्छ । भ्रष्टाचारले कानुनी शासनमा चुनौती थपिदिन्छ र स्वतन्त्र प्रेसलाई नियन्त्रण गरिदिन्छ । सुशासन र सदाचार प्रणाली स्थापित गराउन नागरिक संस्थाले पनि सहयोग गर्नुपर्छ । भ्रष्टाचार रोक्ने काममा अख्तियारले नागरिकको सहयोग लिने वातावरण बनाएमा भ्रष्टाचारीलाई कानुनी र सामाजिक कार्वाहीको दायरामा ल्याउन सकिनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...