Pokharapatra National Daily

कांग्रेस अडानमा रहला ?

प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलन गर्दै आएका दलहरूलाई संयुक्त आन्दोलन गर्न ‘नागरिक’ समाजको दबाब छ।प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै नेपाली कांग्रेस आन्दोलनमा छ । कांग्रेसको आन्दोलन वडा तहसम्म पुगेको छ । कांग्रेसको आन्दोलन पार्टी संगठनलाई क्रियाशील बनाउने खालका छन । कांग्रेसको आन्दोलन कार्यकर्ता र जनता ओसारेर आमसभा गर्ने खालको छैन । जति छन् तिनलाई वडामा क्रियाशील हुन लगाएको छ । नेपाल कम्युनिस्ट पार्टीको ओली समूह र प्रचण्ड–माधवकुमार नेपाल समुहको जस्तो शक्ति प्रदर्शन गर्ने होडमा कांग्रेस देखिएको छैन ।
कांग्रेसको नेतृत्व विना अन्तर्राष्ट्रिय समुदायले कम्युनिस्टहरुलाई विश्वास नगर्ने हुँदा कांग्रेसलाई फकाउने गरिएको छ । विगतमा कांग्रेसले आफ्नो पहिचान छाडेर कम्युनिस्टसंग संयुक्त आन्दोलन गर्दा पार्टी कमजोर बनेको बुझाई कांग्रेसीको छ । कांग्रेसलाई अघि सारेर विदेशीले आफ्ना अजेण्डा बोकाएर नेपालको संस्कृति र परम्परा मास्ने काम भएको आरोप खेप्नुपरेको छ।विदेशीले नागरिक समाजको आडमा कांग्रेसलाई बामपंथीसंग मिल्न दबाब परेको छ । कांग्रेसले गरेको आन्दोलन हाईफाई नभएको हुँदा कम्युनिस्ट र बामपंथीले चाहेको जस्तो नहुने आँकलन गरेर नै संयुक्त आन्दोलनमा जोड दिएको हुनुपर्छ । कांग्रेसमा सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीलाई भित्री साथ दिएको आरोप लगाउने पनि छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष संयुक्त आन्दोलनको पक्षमा देखिन्छन् । बरिस्ठ नेता पौडेल पक्षका कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने धारणा राखेर कांग्रेस परंपरा धान्न खोजेका छन ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृति दिवसका अवसरमा सोमबार सुशील कोइराला सोसलिस्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने विचार राखेर कम्युनिस्ट भन्दा फरक देखाउन खोजेका छन । कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको तर्क छ । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने विश्लेषण छ । महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्ज्वल रहेको हुँदा अरुको लहलहैमा लाग्न नहुने सन्देश दिएका छन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष
संविधानको रक्षा गर्नु अहिलेको मूल दायित्व भएको भन्दै, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न मिलेर जान दबाब दिएको छ । संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न उठाएर ओलीले संविधान कमजोर बनाउन लागेको आरोप लगाएको छ। वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाका निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने बामपंथीदलको जोड हो । संसद् विघटनअघि एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा नेपाली कांग्रेस नलाग्ने स्पष्ट पार्दै आए पनि पत्रकार, वकिल, लेखक, साहित्यकार, मानवअधिकारकर्मीले संयुक्त आन्दोलनमा लाग्न निरन्तर जोड दिएका छन । नेपालका राजनीतिक दल र नेताहरू आफ्नो अडानमा रहन नसक्ने हुदा कांग्रेस नेताहरू अपवाद हुन्छन् भन्ने देखिदैन ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...