Pokharapatra National Daily

प्रेसलाई आङ्कित नबनाऊ

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ सत्तरी वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति कृष्णप्रसाद भट्टराईलाई मान्न थालिएको छ । केहीले २००८ सालमा नेपाल पत्रकार संघ गठन भएको जिकिर गरेका छन । इतिहासकार गृष्म बहादुर देवकोटाको किताबमा र प्रकृति अधिकारीको शोधपत्रमा २००८ सालमा स्थापना भएको उल्लेख छ । नेपाली पत्रकार महासंघले २०१२ साल चैत्र १६ गतेलाई स्थापना दिवस मान्न थालेको छ । नेपालमा नागरिक अधिकारका लागि पत्रकारले संगठित तरिकाले आवाज उठाएको करिब सात दशक पुग्न लाग्दा पनि आधुनिक युगमा पनि नागरिक अधिकार र अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउनु परेको छ । साशक विरुद्ध बोल्न नपाउने, मुख थुन्ने र जेल पठाउने काम रोकिएको छैन । राजतन्त्रमा पत्रकारका लागि कठिन थियो । अहिले पनि राजतन्त्रका पक्षपोषण गर्ने दल र शक्तिले प्रेस माथि आक्रमण गरेको चैत १५ गते राजावादीले गरेको संचार गृह तोडफोड र पत्रकार जलाएको घटनाले छर्लङ्ग हुन्छ ।
स्थापनाकालमा उठाइएका नागरिक अधिकार, प्रेस स्वतन्त्रता, पत्रकारको हक हित र पत्रकारिताको विकासका मुद्दा कायमै छ । पत्रकारिता स्वतन्त्र हुनुपर्छ, नागरिकको अधिकारका मुद्दा र पत्रकारको हकहितका मुद्दा सरकारमा को छ भनेर विर्सन मिल्दैन । पत्रकारको पेसागत । पत्रकारले कस्तो नीति बनाउने र त्यो नीति कार्यान्वयन गर्न नेतृत्वले व्यापक बहस आवश्यक छ । नागरिकको अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति लड्नुपर्नेमा सत्ता र साशकका गलत क्रियाकलापको विरोध गर्नेको विरुद्ध देखिने गरेको छ । अहिले पत्रकारिता कस्तो अवस्थामा छ, चुनौतीको सामना कसरी गर्ने बारेमा चर्चा कम हुने गरेको छ । पत्रकारका समस्या र पत्रकारिताको विकासका कुरा अझै परिस्कृत रुपमा उठाउनु पर्ने खाचो भएको छ । नेपालको हरेक नागरिक÷प्रजातान्त्रिक आन्दोलनमा पत्रकारहरुको प्रतिनिधिमुलक संस्था नेपाल पत्रकार संघ हालको महासंघले सक्रिय भएर लागेको इतिहास छ ।
राजनीतिक दलहरुलाई समेत आन्दोलनमा लाग्न घचघच्याउने काम प्रेसले गरेको हो । लोकतान्त्रिक आन्दोलनको नेतृत्व दलहरुले नै गरे । आन्दोलनमा पत्रकारहरुले खेलेको भुमिकाको राजनैतिक दल र नागरिक समाजले मुक्त कष्ठ प्रशंसा गर्ने गर्दछन।राजनीतिक दल विपक्षमा हुँदा पत्रकार र पत्रकारिताको समस्यामा बोल्ने सत्तामा पुगेपछि बेवास्ता गर्ने गरेका छन । मौसमी बन्ने गरेका छन। नेपाली उखान खोलो त¥यो लौरो र्बिस्यो भने झैँ पत्रकारका समस्या बिर्सने गरेका छन् । मैनबत्ती आफै जलेर अरुलाई उज्यालो दिएझै पत्रकारहरु भोको पेटले नागरीकको आवाज दिने गरेका छन् । मर्यादित र व्यावसायिक पत्रकारिताको लागि राज्य र निजी संचारगृहले पत्रकारलाई सहयोग गर्न सकेको छैन । पत्रकारले भौतिक र पेशागत सुरक्षाका लागि सडकमा आवाज उठाउँदै आएका छन् । जब जब समस्या आउँछ तब पत्रकारलाई निस्कासन, तलब नदिने, कटौती गर्ने काम हुने गरेको छ । दुखको बेला साहस र राहत दिनुपर्नेमा आहात पार्ने काम हुने गरेको छ । जनतालाई सचेत र जागरुक बनाउनुपर्ने बेला जागिरबाट हटाउने, तलब घटाउने, नदिने काम हुँदा सरकार पनि पत्रकारको पक्षमा बोल्न नसक्ने रमिते बनेको छ । राजनीतिक दल पनि थाहै नपाएको जस्तो नाटक गर्ने गर्दछन ।
आधुनिक मुुलुकको पत्रकारिता क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा वहस गर्नुपर्ने बेलामा पुरानै कुरा दोहो¥याउनु परेको छ । निरङ्कुश राजतन्त्र चाहिन्छ भनेर पत्रकार र संचारगृह माथि जाइ लागेका बेला लोकतान्त्रिक गणतन्त्र पक्षधर सबैलाले साथ दिनुपर्छ। सिंहदरबारमा केन्द्रीत रहेको अधिकार स्थानीय तहसम्म पुगेको छ । तर सिंहदरबारमा बस्नेको जस्तै व्यवहार गर्न थालेका छन् । आफुलाई सिंहदरबारको शासक जस्तो ठान्ने प्रवृत्ति बढेको छ । पत्रकारलाई राज्यले संबोधन गर्र्ला आर्थिक विकास र समृद्धिको बाटोमा हिडाउन प्रेसको महत्वपूर्ण भुमिका रहन्छ । नेपाललाई आधुनिक विश्वसँग एकाकार गराउन प्रेस स्वतन्त्रताको ग्यारेन्टी र पत्रकारको पेशागत र भौतिक सुरक्षा आवश्यक छ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको झण्डामुनि मुलुकभर र संसारभर छरिएर रहेका नेपाली पत्रकारको अधिकार र स्वतन्त्रताको लागि पेशाप्रति ईमान्दार बन्नु आजको आवश्यकता हो । नागरिकको अधिकार सुरक्षित गर्ने, भयरहित वातावरण बनाउन सधैं खबरदारी गर्नुपर्छ । स्थापना दिवसको अवसरमा पत्रकार महासंघले शोक सभा र आतङ्कको बिरोध सभा गर्नुपर्ने अवस्था नहोस । इतिहास, अहिलेको जिम्मेवारी र नेपाली जनताले सधैं सम्झने नागरिक संस्था बनाउन सबैले सहयोग गर्नुपर्ने आजको आवश्यकता हो ।

प्रतिकृया दिनुहोस्

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...