Pokharapatra National Daily

भूमिहीनप्रतिको चासो

सरकारले तीन वर्ष भित्र भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गरेको छ। आयोग गठन पछि स्थानीय तहसंग भुमिहिन, सुकुम्बासीका लागि जग्गा दिलाउन संझौता भएको छ । पालिकाहरुले भुमि सम्बन्धी समस्या हल गर्न आयोगसंग सम्झौता गरिसकेका छन । आयोगले प्रदेश सरकार, स्थानीय सरकारसंगको सम्झौतापछि कामलाई अगाडि बढाउने बाटो खुला भएको छ । सरकारले भुमि सम्बन्धी आयोगका ७७ वटै जिल्लामा समिति गठन गरेर अभियान चलाउने भएको छ । आयोगका जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि राजधानीमा अभिमुखीकरण गरेर कामबारे सचेत गराएको छ । भूमिहीन नागरिकका हातहातमै जग्गाधनी प्रमाण पुर्जा पु¥याउनुपर्छ भन्ने कुरामा सरकार गम्भीर भएर लागेको छ ।
सरकारले आफ्नो अभियान सफलताका लागि हालै नियुक्त भएका जिल्ला समितिका अध्यक्ष, विज्ञ सदस्य र सदस्यको भुमिकालाई प्रभावकारी बनाउन भुमिसुधार मन्त्री डा. शिबमाया तुम्वाहाम्फेले निर्देशन दिएकी छन । ‘सरकारले आयोगका जिल्ला समिति माथि भरोसा गरेको छ । भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबास गरिरहेका व्यक्तिले जग्गाको धनीपुर्जा पाउने ठूलो अपेक्षा राखेका छन । भूमिहीन, सुकुम्बासी, दलितलाई पुर्जा दिन सरकार आतुर देखिन्छ । सरकारको आतुरता आयोगमा मनोनीत भएका पदाधिकारीको तत्परतामा भरपर्छ। त्यसलाई व्यवहारमा उतार्न पहलकदमी लिन सकुन भनेर सबैलाई एकैपटक मनोनयन र अभिमुखीकरण कार्यक्रम गरेको हो ।
संविधानले निर्देशन गरेअनुसार भूमिसम्बन्धी जोडिएका अधिकार सुनिश्चिताका लागि आवश्यक प्रक्रियाअघि बढाइसकिएको सरकारको दावी छ । भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने मुख्य जिम्मेवारीका साथ आयोग गठन गरिएको हो । आयोगमा मनोनयन गर्दा ३३ प्रतिशत महिला पर्न सकेका छैनन् । जिल्लाको सिफारिसमा महिलाको संख्या बढाउन नचाहने प्रबृत्ति कायमै छ । २५ प्रतिशत महिला परेकोलाई चित्त बुझाउनु पर्ने अवस्था छ । हरेक क्षेत्रमा महिला प्रतिनिधित्व गराउन राजनीतिक पार्टीले खुट्टा कमाउनु हुँदैन । तीन वर्षभित्रैमा काम सक्नुपर्ने जिम्मेवारी रहेका आयोगको समय एक वर्ष बितिसकेको छ । अब दुई वर्ष बाँकी छ । स्थानीय तहलगायत सरकारी संघसंस्थासँग आवश्यक समन्वय गरेर काम गर्नुपर्नेछ । आयोगलाई ऐन, नियम र कार्यविधिभन्दा गएर काम गर्ने अधिकार छैन । विगतमा अधिकारभन्दा बाहिर गएर जग्गा दर्ता गरेको भन्दै उजुरी परेका थिए । नियत खराब भएका ब्यक्तिबाट जोगिन नसके सरकार नै बद्नाम हुन्छ । त्यस्तालाई कारबाही गर्ने मन्त्री तुम्बाहाङ्फेले चेतावनी दिएकी छन ।
जग्गाधनी प्रमाणपुर्जा दिनका लागि चलखेल गर्ने विचौलिया प्रवृत्तिदेखि सचते हुन र होसियारीपूर्वक काम गर्न विभागीय मन्त्रीले आग्रह गर्नु सामयिक हो । आयोगको सदस्य बनेर सम्पत्ति जोड्छु भन्ने आकांक्षा छ भने त्यो आजैबाट हटाइदिन गरेको आग्रहलाई मन्त्रको रुपमा लिनुपर्छ । भूमिहीनको जग्गाधनी पुर्जा वितरणका लागि ४०० बढी स्थानीय तहसँग सम्झौता भइसकेको छ । झण्डै २०० स्थानीय तहले सूचना नै निकालिसकेका छन् । अहिले पनि सयौं लगत संकलक कार्य क्षेत्रमा खटिएका छन् । बाँकी स्थानीय तहसँग सम्झौता गरेर कामलाई तीव्रता दिन सम्बन्धित जिल्ला समितिले पहल गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...