Pokharapatra National Daily

२६ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका प्रकाशित भएको पाइन्छ । त्यो पनि हस्तलिखित हो । पोखरामा २००८ सालमा हस्तलिखितबाट पत्रिका शुरु भएको थियो । निजी क्षेत्रबाट दर्ता गरेर प्रकाशन सुरु २०१५ सालबाट भएको हो । आम चुनावको घोषणा पछि पत्रपत्रिका प्रकाशित भएका हुन । २०१७ साल पौष १ गतेको शाही कु पछि पत्रपत्रिका निस्के पनि जनताको आवाज बन्न सकेनन । राज्यले निकाल्ने र सत्ताको पक्षपोषण गर्ने बाहेकका अरु सबैको ध्येय पंचायत ब्यवस्थाको अन्त्य र बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाको बहालीको लागि थियोे ।
पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुसर्थापना पछि व्यावसायिक बन्न प्रयास गरेको हो । बहुदलीय खुला अवस्था पछि बल्ल पत्रकारिता जनताप्रति जवाफदेही बन्नुपर्छ भन्ने मान्यताको विकाश हुदै गएको हो।त्यही परिवेशमा २०५६ साल माघ १ गतेबाट पोखरापत्र दैनिक शुरु भएको हो । विभिन्न आरोह अवरोह पार गर्दै पोखरापत्र २६ वर्ष भएको छ । भर्खरै ब्यावसायिक हुन थालेको बेला द्वन्द्वकाल संक्रमणकाल हुँदै अहिलेको न्यु मिडियाको विकासले गर्दा कहिलेसम्म बाँच्छ भन्ने अवस्था छ । ठूलो माछाले सानो माछालाई खान्छ भने जस्तो अवस्था छ।जनताको आवाज स्थानीय र प्रदेश स्तरका संचारमाध्यमले नै दिन सक्छन् । तिनै संचार माध्यमले राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन सक्छन् । त्यस्ता संचार माध्यमलाई टिकाउनका लागि स्थानीय तह र प्रदेश सरकारले सघाउनुपर्छ भन्ने मान्यता अझै आउन सकेको छैन् । कागजमा संघीयता आएपनि व्यवहार र मानसिकतामा आउन सकेको छैन् । अझै पनि संघीय सरकारको लोक कल्याणकारी विज्ञापनलाई आधार मान्नुपर्ने अवस्था विद्यमान छ । जवसम्म स्थानीय र प्रदेश सरकारले पत्रपत्रिकालाई संरक्षण गर्ने निति लिन सक्दैन तवसम्म दिर्घायू हुन सक्दैनन् ।
लोकतन्त्र र राष्टियता बलियो हुन सक्दैन।विदेशी दुतावास, नियोग, निश्चित मिसन भएका अन्तर्राष्ट्रिय गैसस र ठूला व्यापारिक कम्पनीले संचार माध्यमलाई आफ्नो प्रभाबमा पार्ने काम गर्दै आएको छर्लङ्ग छ । राज्यको संरक्षण नपाउने वाह्य सहयोग नलिने त्यस्ता पत्रपत्रिका र संचार माध्यम जीवन मरणको दोसाँधमा पुगेका छन ।अहिलेको कठिन अवस्थामा पनि अनेकौ चुनौतीलाई पार गर्दै पोखरापत्र अहिले टिक्नु नैे ठूलो हो। पत्रिकालाई यो अवस्थासम्म ल्याई पु¥याउन अहोरात्र खट्ने सहकर्मीको मेहनत, लगनशिलता र ईमान्दारिताको प्रतिफल हो । जसले शुरुका अवस्थामा मेहनत, परिश्रम लगाए त्यसैको जगमा टेकेर हामी यो अवस्थामा आएका हौँ । हाम्रा पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुको मायाले नै हामीलाई अगाडि बढ्न प्रेरित गरिरहेको छ । सूचना प्रविधिको विकाशले गर्दा पत्रपत्रिकालाई अगाडी बढ्न चुनौती खडा भएको छ । हिजोको अवस्थाबाट आज अगाडि बढ्न सहज छैन् । हरेक व्यक्तिले ताजा समाचार सजिलै पाउँने अवस्था प्रविधिले विकाश गरेको छ । एआईले गर्दा धेरैलाई पेसाबाट बिमुख बनाएको छ।प्रविधिसँग सँगसँगै जान नसक्नेले यात्रा परिवर्तन गरेका छन् । अहिलेको खाचो जनतालाई सत्यतथ्य समाचार र समाजलाई अग्रागामी बाटोमा लैजाने विचारको खाचो छ । पाठकले रुचाएको र खोजेका विषय दिन नसक्दा पत्रिका जन्मने र मर्ने पनि भएका छन् । डिजिटल पत्रिका चर्चित र लोकप्रिय बन्दै गएको छ । सामजिक सञ्जालको विकासले गर्दा हरेक कुरा तत्काल थाहा पाउने अवस्थाको विकास भएको छ । संचार क्षेत्रमा आएको परिवर्तनले गर्दा छापा पत्रकारिता क्षेत्रले धेरै चुनौतीको सामना गर्नुपरेको छ । जनताले सही र तथ्ययुक्त समाचार पाउँन अझै सकेका छैनन् ।
पत्रकारिता आवाजहिनको आवाज बन्नुपर्नेमा अझैपनि शास्त्रीय राजनीतिक विषयबस्तुले मात्रै प्राथमिकता पाउने गरेको छ । लोकतन्त्रको प्रतिफल जनताले अनुभुत गर्ने पाएका छैनन् । व्यवस्था फेरिए पनि नेताहरुको प्रवृतिमा परिवर्तन आएको छैन । जनताका सरोकारका विषय संचारमाध्यमले दिनुपर्ने अहिलेको अहम चुनौती हो । स्थानीय र प्रदेश सरकार पनि सामाजिक संजाल संचार माध्यम एउटै ठान्ने र ठूला लगानीका मिडियालाई नै महत्व दिने गरेका छन् । स्थानीय र प्रदेश सरकारको नीति एकातिर व्यवहार अर्कोतिर छ । केन्द्रीकृत मानसिकताका कारण केन्द्रबाट प्रकाशित हुने पत्रिकामा विज्ञापन गरेर प्रदेश र स्थानीय सरकारले करको दुरुपयोग गरेका छन् । अभिजात्य वर्ग, ठूला व्यापारिक घराना, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले संरक्षण पाउने नीतिलाई प्रदेश सरकारले बदल्न सकेका छैनन् । संघीयतालाई वलियो बनाउन र आधारभूत जनताको पक्षमा रहने संचार माध्यमलाई संरक्षण र प्रोत्साहन गर्नु पर्दछ ।
नयाँनयाँ कानुन बनाएर प्रेसलाई नियन्त्रण गर्न खोज्दा लोकतन्त्र बलियो हुन सक्दैन । प्रेस स्वतन्त्र भएमा लोकतन्त्र वलियो हुन्छ । स्वच्छन्दता नेपाली प्रेसले खोजेको होईन । स्वच्छन्दतालाई निहु बनाएर स्वतन्त्रतालाई रोक्नु हुदैन । नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको छ । प्रेसले स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्नेमा पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाका साथै संचारमाध्यमलाई संरक्षण र प्रबद्र्धन गर्ने नीति राज्यले नलिएसम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानमा लेखेर मात्र पुग्दैन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति व्यवहारमा देखिनु पर्दछ । त्यसका लागि साना र मझौला संचार माध्यम टिक्ने वातावरण सरकारले बनाइदिनु पर्छ।प्रेसलाई प्रबद्र्धन गर्ने कानुन र नीति सरकारले लिएमा संचार माध्यम सरकार र जनताको बीचमा पुल बन्नेछन् । अहिले प्रेसका सामु खडा भएका थुप्रै चुनौतीका बाबजुद पोखरापत्र यो अवस्थामा ल्याउन हामीलाई पाठक विज्ञापनदाता शुभेच्छुकहरुको माया“ र स्नेहका कारणले सम्भव भएको हो । हामीलाई अविचलित रुपले अघि वढन प्रेरणा दिने हाम्रा सहकर्मी, पाठक, विज्ञापनदाता र शुभेच्छुकहरुप्रति आभार प्रकट छौं ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...