Pokharapatra National Daily

२६औं सडक महोत्सव

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित शुरू भएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन पाउने अवसर मिलाउन थालेको २६ वर्ष भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीलाई पोखरा जाने र क्रिसमस मनाउन आफ्नै देश फर्कने विदेशी पर्यटकहरुलाई समेत नयाँबर्षको रमाइलो मनाउन पाउँने मेला हो, पोखरा सडक महोत्सव । नेपालीहरुलाई पनि परिवार सहित घुमघाम गर्ने अवसर बनेको छ सडक महोत्सव । सडकमै रेष्टुराँको परिकारका साथै पर्यटकीय गतिविधि जानकारी गराउन सडक महोत्सव मनाउन थालिएको २५ वर्ष पुगेर २६ औं वर्ष लागेको छ । रेष्टुरेष्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले शनिबार सञ्चालन गरेको २६ औं संस्करणको सडक महोत्सव बुधबारसम्म चल्नेछ। हरेक व्यक्तिहरुलाई नयाँ ठाउँ घुम्ने रमाइलो गर्ने इच्छा हुन्छ । सडक महोत्सवको रमाईलो गर्न पाइने आशामा मध्यमस्तरका नेपालीहरु पनि पोखरामा आउने गरेका छन् । महोत्सवको बेला पोखराका पर्यटकीय स्तरका होटलहरु आन्तरिक पर्यटकले पनि भरिभराउ हुने गरेको छ । पर्यटन व्यवसायीहरुको सक्रियतामा मनाउन थालिएको सडक महोत्सवलाई पोखराका विभिन्न जातजातिले सघाउदै आएका छन् । आफ्ना मौलिक भेषभूषा र परम्परा झल्कने झाकी प्रर्दशन गरेर विविधतामा एकता प्रर्दशन गर्ने अवसर बनेको छ । त्यसमा सवैले सहकार्य गर्ने वातावरण वन्दै जानु महोत्सवको सफलता हो । सडक महोत्सव पोखराको ब्राण्ड बन्न सकेको छ ।
चाडपर्वका अवसरमा रमाइलो गरी मनाउने नेपालीहरुको परम्परा बन्दै आएको छ । हरेक चाडपर्वलाई मेला÷उत्सवको रुपमा मनाउने पोख्रेलीहरुले नमूना पेश गरेका छन् । मेलालाई नयाँ रुपमा मनाउने र पर्यटनसंग जोड्ने पोख्रेलीहरुको मौलिकता हो । मेलालाई महोत्सवको रुप दिएर त्यसमा विविधता दिनु परिस्कृत रुप हो । सबैलाई सामेल गराएर रमाइलो दिन सकेमा त्यसले निरन्तरता पाउँछ । मेला, महोत्सव सफल पार्न प्रायोजकले गर्ने सहयोग र दर्शकहरुको ओइरो लागेर पोखराकै चिनारी गराउन सकेको छ । मेला महोत्सव पर्यटन प्रबद्र्धन गर्न, मौलिक संस्कृतिको जगेर्ना र नयाँ संभावनाको खोजी गर्न सघाउ पु¥याउँछ । सडक महोत्सवको मुख्य आकर्षण साँझ र रातिको समयमा हुने भएको हुँदा सुरक्षा र यातायातको राम्रो प्रबन्ध हुनु पर्दछ ।
देश संघीय संरचनामा गएकोे हुँदा तीनै तहका सरकार मिलेर मात्र आफ्नो क्षेत्रको विकास हुन सक्छ । स्थानीय र प्रदेश सरकारले प्रदेश राजधानी पोखराको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुपर्दछ । सरकार र निजी क्षेत्र मिलेर मात्र पोखराको पर्यटन विकास हुन सक्छ । पोखरा पर्यटकीय राजधानी घोषण पछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न केन्द्रीय सरकारलाई दबाब दिनुपर्छ । सरकारले पर्यटन क्षेत्रका व्यवसायीहरुलाई उभिनसक्ने वातावरण बनाउनु पहिलो कर्तव्य हो । सरकार र निजी क्षेत्रले कस्ता गतिविधि सञ्चालन गर्दा पर्यटकलाई आकर्षित गर्न सकिन्छ भनेर संघीय सरकारसंग योजना पेश गर्नुपर्दछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने व्यवस्था मिलाउनु पर्छ । पोखरा आउन सडकको दुरावस्था हटाउन समयमै काम सक्न निर्माण कम्पनीलाई दबाब दिनु जरुरी छ ।
पर्यटकको बसाई अवधि लम्ब्याउने र जीवनमा एक पटक पोखरा पुग्नैपर्ने रहेछ भन्ने सन्देश प्रबाह गर्ने काम पनि पोख्रेलीको हो । कस्तुरीलाई आफ्नै विना थाहा नपाएर भौतारिए झै स्थानीय र प्रदेशको अधिकार र महत्वलाई नबुझि केन्द्रीकृत शासन प्रणाली कै शैलीमा गतिविधि हुन थालेमा त्यसले केहि व्यक्तिलाई फाइदा पु¥याए पनि पोखरा र पोखरेलीले त्यसको फाइदा लिन सक्नेछैनन् । अग्रेजी नयाँ वर्षको अवसरमा भएको महोत्सवले पर्यटन क्षेत्रमा नयाँपन दिन प्रेरित गरोस शुभकामना !

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...