Pokharapatra National Daily

नागरिक आन्दोलन

प्रतिनिधि सभा विघटन पछि राजनीतिक दलहरूसंगै पेशाकर्मीहरु पनि आन्दोलनमा उत्रिएका छन । राजनीतिक दलले आफ्ना मागलाई समर्थन गर्न विभिन्न पेशा र ब्यवसायमा संलग्नहरुलाई पहिला तयार पार्छन् । आन्दोलन शुरु गर्नुअघि पत्रकार, संचारकर्मी, कानुन ब्यवसायि, मानव अधिकारकर्मी, लेखक, कलाकार र सामाजिक कार्यकर्ताको सुझाव लिने गरिन्छ । हरेक आन्दोलनमा नागरिक समाजको समर्थन र ऐक्यबद्धता महत्त्वपूर्ण हुन्छ । नेपालमा नागरिक समाजलाई सशक्त बनाउन अन्तर्राष्ट्रिय संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सहयोग गर्दै आएका छन । नेपालमा राजनीतिक दलका अलावा नागरिक समाजलाई सघाउन सकिएमा आफ्ना विचारमा सहमत गराउन सकिन्छ भन्ने बुझाई छ । नेपालका नागरिक समाज बाहिर देखिँदा दलबाट टाढा भित्र दलका सल्लाहकार जस्ता देखिन्छन् ।
राजनीतिक दलको सहयोगीको रूपमा रहदै आएका नागरिक समाजलाई कुन दल निकटका हुन भनेर बुझ्ने गरिएको छ । विभिन्न माध्यमबाट सामयिक राजनीतिक घटनाहरूप्रति आफ्ना धारणा राखेर राजनीतिक परिवर्तनमा भूमिका खेल्ने गरेका लेखक, कवि, कलाकार, मानवअधिकारकर्मी, पत्रकार, विभिन्न पेसाकर्मी, वकिल, प्राध्यापकलगायत व्यक्ति र समूहका सचेत प्रयासको भूमिका लामो समयदेखि प्रभावशाली रहँदै आएको छ । २०४६ साल को आन्दोलन होस या ०६२र०६३ को जनआन्दोलनमा नागरिक समाज सहभागी भएर गरेको आन्दोलनले त्यतिवेला सात राजनीतिक दल र सशस्त्र विद्रोहमा रहेको नेकपा माओवादीलाई सहकार्य गर्न दबाब दिएको थियो । संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको प्रश्नलाई जनमानसमा स्थापित गराउन नागरिक समाजले महत्वपूर्ण भूमिकाका खेलेको हो ।
देश राजनीतिक अस्थिरता र संवैधानिक संकटको दिशातिर धकेलिएको छ । राजनीतिक दलसँग समाजको विभिन्न तप्का पनि आन्दोलनमा ओर्लेको छ । नागरिक आन्दोलन प्रतिक्रियात्मक मात्र छैन । नेपालमा तेस्रो जनआन्दोलन हुने उद्घोष समेत गरेका छन।हरेक दस पन्ध्र वर्षमा आन्दोलन हुने गरेको हुँदा यसपटक पनि जनआन्दोलनको घोषणा भएको हुनुपर्छ । आन्दोलनले ल्याउने परिवर्तन जनता र देशलाई बलियो बनाउन भन्दा नयाँ वर्गलाई बलियो बनाउने गरेको छ । राजनीतिक दलका नेताको चरित्र नहेरी भाषणमा ध्यान दिने गरेका छन।चर्को नारा दिने, देश विकासको खाका नदिने र पटकपटक सत्तामा पुगेकालाई, फेरि स्थापित गराउन खोज्नु जनता झुक्याउने काम हो ।
पटक–पटक सत्तामा पुगेर केही गर्न नसक्ने, विदेशीका सामु आफ्ना कुरा राख्न नसक्ने र अरुका स्वार्थमा देशलाई कमजोर बनाउने विरुद्ध खबरदारी गर्नु नागरिक समाजको मुद्दा हुनुपर्छ । परिवर्तन पछि पनि राज्य र जनताबीच दूरी रहिरहने र क्रान्तिकारी नेतृत्व पनि बिस्तारै पुरानै सत्ताधारीहरूजस्तै सम्भ्रान्त वर्गको सेवा र संस्कृतिमा लाग्ने गरेको छ।नागरिक समाजको आन्दोलन राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक परिवर्तनको लागि हुन सकेमा जनताको सहभागिता बढ्ने र जनआन्दोलनको रुप लिन सक्नेछ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...