Pokharapatra National Daily

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ । हरेक वर्षको साउन ६ र ७ गते नेपाली आमाका दुई सपुत स्व.वी.पी कोइराला र पुष्पलाल श्रेष्ठलाई नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले सम्झने गर्दछन । नेपालमा जहानीया राणा शासनको अन्त्य गरि बहुदलीय लोकतन्त्र स्थापना गर्न उनीहरुले गरेको संघर्ष र योगदानहरुको चर्चा हुने गरेको छ । नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी कोइरालाको निधन भएको ४२ वर्ष भएको छ । आज भन्दा ४२ वर्ष अघि २०३९ साल साउन ६ गते वी.पी को निधन भएको थियो । नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको निधन भएको ४६ वर्ष भएको छ । पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्द बल्लव पन्त अस्पतालमा निधन भएको थियो । वी.पी.को निधन क्यान्सर बाट भएको थियो भने पुष्पलालको मुटुको व्यथाबाट । वी.पी. राष्ट्रियता, प्रजातन्त्र र समाजबादको लागि जीवन भर लडिरहेका थिए भने पुष्पलाल नेपालमा नौलो जनबाद र समाजबाद स्थापना गर्नको लागि आर्थिक, राजनैतिक र संस्कृतिक हकअधिकारका लागी मृत्यु पर्यन्त लडिरहे ।
नेपालमा जहानिय राणा शासन र निरंकुश निर्दलीय व्यवस्था विरुद्ध लडदै आएका वी.पी. र पुष्पलालको आर्दशबाट अहिलेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु प्रभावित भएर राजनीतिमा होमिएका हुन । वी.पी. र पुष्पलालको शालीकमा माल्यार्पण गर्ने देखि उनीहरुको आर्दशको बारेमा विभिन्न कार्यक्रम गरी चर्चा गर्ने गरिन्छ । नेपालमा पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीका नेताहरु मिल्न सकेका छैनन् । वीपीले स्थापना गरेको नेपाली कांग्रेस आफ्ना नेताको आदर्श, मूल्यमान्यतालाई तिलाञ्जली दिएर अहिले सरकारमा रमाइरहेको छ। कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुन छाडेर चिराचिरामा विभाजित भएका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्न नसक्दा काङ्ग्रेसलाई गुरु थापेर एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएका छन् । नेताहरू देश र जनताको हित भन्दा आफ्नो स्वार्थ र गुटस्वार्थमा लाग्दा कम्युनिस्ट पार्टीको भबिस्य नै खतरामा पर्ने देखिएको छ ।
पुष्पलालको नेपालमा एउटै कम्युनिष्ट पार्टी वनाउने इच्छा नेपालको स्वाभिमान कायम गर्दै जनताको मुहारमा खुशी ल्याउने हो । त्यो आकांक्षा माथि नेताहरूले खेलवाड गरेका छन् । नेताहरुको सिद्धान्त हिन, स्वार्थी स्वभावका कारण कम्युनिष्टहरु साना साना पार्टीमा बिभक्त छन् । देश पहिलो ठानेर सामाजिक न्याय सहितको विकास गरेर सुखि नेपाली वनाउने अभिभारा काङ्ग्रेस र एमालेलाई छ । २०१७ सालमा वि.पी. को दुई तिहाईको सरकार विरुद्ध जुनखेल खेलिएको थियो कम्युनिस्ट पार्टीको सरकार हटाउन सबै शक्ति प्रयोग भयो । नेपालले सात दशक देखिको राजनीतिक संक्रमण अन्त्य गरि स्थिरता तर्फ देश जान लागेको ठानिएको थियोे त्यसमा ठेस लागेको थियोे । जुन उद्देश्यका लागि लडेका कांग्रेस कम्युनिष्ट बेमेल भएका कारण नयाँ शक्तिको उदय भएको छ । विदेशी शक्तिले खेल्ने मौका पाएका छन । राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाएका छन । काङ्ग्रेस संस्थापककोआदर्श भुलेर हल न चलको अवस्थामा पुगेको छ । केही पार्टीबाट पाखा लगाइएका छन। दुई तिहाईको वि.पी. नेतृत्वको सरकार हटाउँदा देशले कति ठुलो मुल्य चुकाउनु प¥यो भन्ने कुरा अहिलेको नेकपा एमाले र नेपाली काङ्ग्रेसले बुझ्न थालेका छन। काङ्ग्रेस र कम्युनिष्टका नेताहरु गम्भिर नबन्दा पुष्पलाल र वि.पी.को स्मरण गर्नु बिरालो बाँधेर श्राद्ध गर्नु जस्तै हो । देखाउनका लागि वीपी र पुष्पलालको स्मृति गरेर पुग्दैन । राजनीतिक स्थिरता, राष्ट्रिय स्वाभिमान, जनताको जीवनमा परिवर्तनका लागि काम गर्ने अठोट चाहिन्छ । जनता रोग, भोक, अनिश्चित भविष्यबाट छट्पटी परेको बेला जनताका सवाललाई सम्बोधन पहिलो शर्त हो ।
वीपी र पुष्पलाललाई सम्झनु भनेको देशको स्वाभिमान कायम राख्नु, बहुदलीय लोकतन्त्रलाई संस्थागत गर्नु, सिद्धान्तलाई ब्यवहारमा उतार्ने र सामाजिक न्याय स्थापना गर्न लाग्ने प्रण गर्नु हो । पुरानाको त्याग, समर्पण, ईमानदारीलाई संझनु वीपी र पुष्पलाल संझनु हो । क्षणिक सत्ता स्वार्थमा तल्लीन साना दलहरू सरकारबाट बाहिर हुँदा छट्पटी भएको छ। राजनीतिक स्थायित्व र सुशासन दिने र संविधानमा समयानुकूल संशोधन गर्न दुई ठूला दलले जोखिम उठाएका छन। देशलाई बचाउन, जनताको मुहारमा खुशी ल्याउन र राजनीतिक स्थायित्व भएमा लगानीको वातावरण बन्छ।देशमा केही हुन्छ भन्ने सन्देश दिन सकेमा लगानीकर्ता उत्साहित हुन्छन् ।आर्थिक अवस्थामा सुधार ल्याउने दिशामा काङ्ग्रेस एमालेको सरकार गएमा दुई दल मिलेर सरकार चलाएको ठिकै छ भन्ने सन्देश दिनु आवश्यक छ। नेपाली आमाका सपूत वीपी र पुष्पलालप्रति श्रद्धा सुमन !

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...