गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । भुकम्पबट गोरखा सहित १४ जिल्ला अतिप्रभाबित बने भने ३१ जिल्लामा क्षति भयो । विहान ११.५६ मिनेट जादाँ गएको भूकम्प र त्यस पछिको पराकम्पनबाट आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाए । २२ हजार तीन सय ९ जना घाइते भएको तथ्यांक छ। ५ लाख घर पूर्ण ध्वस्त भएका थिए भने करिब ९ लाख भवन क्षति भएका थिए । भूकम्पबाट ९ सय सम्पदा पूर्ण र आंशिक क्षति भएका थिए । ९ हजार सरकारी भवनहरु क्षतिग्रस्त भएका थिए ।
भूकम्प पछि पुननिर्माणका लागि नेपालमा अन्तर्राष्ट्रिय दाता सम्मेलन भयो । दाता सम्मेलनमा चार खर्बको प्रतिवद्धता आएको थियो । भूकम्प गएको ८ महिना पछि मात्र संसदबाट पुननिर्माण प्राधिकरण ऐन बन्यो । दलहरुका कारण प्राधिकारणको सिइओ नियुक्तीमै ढिला भयो । प्राधिकरणमा सरकार फेरिए संगै सिइओ फेरिए । राजनीतिक दाउपेचमा प्राधिकरण पर्दा अपेक्षित काम हुन सकेन । धेरै संमय पछि मात्र पुननिर्माणको कामले गति लियो । निजि आवास निर्माणको काम अधिकांश पूरा भैसकेको छ । सात लाख बैसठीहार तीन सयले अनुदान सम्झौता गरेको ति मध्ये धेरै पुननिर्माण भैसकेको प्राधिकारणको आकडा छ । ७ हतार ५ साय विद्यालय मध्ये ५६ प्रतिशत भवन पुर्ननिर्माण भैसकेका छन् । ५४५ स्वास्थ्य संस्था मध्ये ३१२ भवन निर्माण भएका छन् । अरुको उद्धार गर्ने सुरक्षा निकाय भने केही अझै टेन्टमा बस्दै आएका छन् । सुरक्षा निकायका ३८ प्रशित मात्र निर्माण सम्पन्न भएको छ । पुनःनिर्माणको काम ९८ प्रतिशत सकिए पनि सांस्कृतिक सम्पदा , मन्दिर पुनःनिर्माण हुन सकेका छैनन् ।
नेपाल प्रहरीका १३९ मध्ये ५९, ससस्त्रको ३९ मध्ये २९ र नेपाली सेनाका २०४ मध्ये ५७ मात्र भवन बनोको छ । सबैभन्दा कामजोर अवस्था सम्पदा पुर्ननिर्माणमा देखिएको छ । ७५३ सम्पदा क्षति भएकोमा ३० प्रतिश मात्र पुननिर्माण भएका छन् । सम्पदा क्षेत्रको निर्माण कार्य कछुवाको गतिमा चलेको छ । व्यक्तिका घर बने देउताको घर बन्न बाँकी छ। पुर्नमिाणको लागि ४२९ अर्व अपुग हुने देखिए थियो ।सहकारी र निजि क्षेत्रबाट २ खर्ब खर्च हुने अनुमान गरिएकोमा १८६ अर्व रुपैया खर्च भएको थियो । दाताले प्रतिवद्धता जनाएको ३४३ अर्व मध्ये २६२ सम्झौता हुन सक्यो ।
वि।स। १९९० माघ २ गते गएको भूकम्पमा परी ८ हजार ५ सय १९ जनाको मृत्यु भएको अनुमान गरिएको छ । नेपाल भूकम्पीय जोखिममा रहेको हुदाँ भूकम्प प्रतिरोधी संरचना निमार्ण गर्न सकिए मात्र क्षति न्यूनिकरण गर्न सकिन्छ । भूकम्प पीडितले चर्को गर्मी, वर्षा र जाडोमा मुटु काम्ने जाडो सहनु प¥यो । सरकारले समयमै भूकम्प पीडितको पिडालाई आत्मसाथ गर्न नसक्दा भूकम्पले पु¥याएको क्षति पछि जुन रफ्तारमा काम गर्नु पर्ने हो त्यो अनुसार हुन सकेन।हामी भुकम्प जोखिम क्षेत्रमा छौ भन्ने सम्झेर निर्माण गर्नुपर्दछ । जाजरकोटम , रुकुम र सल्यानमा गएको भुकम्पबाट पाठ नसिकेको र पुनःनिर्माण का काम कछुवा गतिमा भएको छ। हामीले विर्से पनि भुकम्पले विर्साउदैन भन्ने सबैमा चेतना आउनु आवश्यक छ । अहिले नेपाल भूकम्पको जोखिममा छैन ,सबै ठिकठाक छ जस्तो गरि घर, भवन र अन्य संरचना निर्माण गरिएका छन।भूकम्प सचेतना सम्बन्धि कार्यक्रम हुन छाडेका छन।कसरी उद्दार गर्ने ,कसरी राहत बाँड्ने र जनशक्ति तयार गर्ने सबै आवश्यक छैन जस्तो ठानिएको छ।नौ वर्षअघिको त्यो विनाशकारी दिन संझेर सचेत हुने र हरदम हामी भुकम्पीय जोखिममा छौं भन्ने विर्सनु हुँदैन ।