Pokharapatra National Daily

आशा जगाउने वर्ष बनोस् ।

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८१ सुरु भएको छ । वि.स. २०८० लाई विदाई गरेर नयाँ वर्ष सुरु हुने गर्दछ । नयाँ वर्षको सुरुमै नयाँ कामको थालनी गर्ने, शुभकामना आदानप्रदान गर्ने काम भएका छन् । विदेशमा रहेका नेपालीहरुले समेत नयाँ वर्षको सुरुआतको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । नेपालले मानेको विभिन्न सम्वत मध्ये विक्रम सम्वतले सरकारी कामकाज मान्यता पाएको छ । हुनत अन्य सम्वतलाई पनि मान्यता दिइएको छ । विक्रमसम्वतले विशेष महत्व पाउदै आएको छ । २०८० साल पनि युद्ध, हमला, प्रकोपले गर्दा कमजोर र गरिबलाई बाँच्न गाह्रो बनाएर गएको छ।
धनी र शक्तिशाली देशले साना र कमजोरलाई युद्धमा उक्साउछन भन्ने देखाएको छ । गरिब तथा कमजोर मुलुकले जनतालाई राहत दिन, महंगीको मारबाट कसरी बचाउने, स्वास्थ्य उपचार र रोग नियन्त्रणका लागि गरिएका कामले आफ्ना नागरिकलाई सन्तुष्ट राख्न सकेनन । नेपालको आर्थिक अवस्था निकै कमजोर बन्न पुग्यो । हरेक सूचकांक देशको आर्थिक अवस्था खस्किएको देखाएको छ।राजनीतिक अस्थिरता, सरकार फेरबदल, प्रदेश सरकार अस्थिर, हरेक क्षेत्रमा असन्तुष्टि र राज्यका सबै अंगले काम गर्न नसक्ने अवस्थाले जनतामा निराशा पलाएको छ। आर्थिक अवस्था खस्कदै जाने काम भयो ।बजेट निर्माणमा व्यापारीका प्रतिनिधि राखेर करका दर हेरफेर गर्ने काम भयो । हरेक काम सेटिङका आधारमा हुने गरे । राजनीतिक दलहरूबीचको सम्बन्ध सुमधुर हुन सकेन । देशका सबै अंगलाई कमजोर बनाउने विदेशी योजनाले सार्थकता पाए । राजनीति मुल्य र मान्यता विपरीत चल्न थाल्यो । पुरानो सरकारले गरेका राम्रा काम खारेज गर्नेछ र प्रतिशोध सांध्ने काम भए । देशमा बलियो राजनीतिक शक्तिलाई कमजोर बनाएर कठपुतली सरकार चलाउनेहरु हावी हुँदै गए । देशको पुर्वाधार विकास, आर्थिक अनुशासन कायम गर्न,राष्ट्रिय स्वाभिमानका लागि बलियो देशभक्त शक्ति चाहिन्छ भन्ने बोध जनतालाई भएको छ ।
देश हरेक क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्ने चेतको विकास गर्न दलहरूबीचको सम्बन्ध राम्रो बन्न सकेन। जनताको साथी बन्नुपर्ने बेला सत्ता स्वार्थले गर्दा आहत पार्ने काम भयो । प्राकृतिक विपत्ति, आर्थिक, सामाजिक र साँस्कृतिक, स्वास्थ्य, शिक्षा, हरेक क्षेत्रमा पारेको असरले जनतालाई निराश बनाउने काम अघिल्लो सालले गरेको छ । सबैभन्दा जनतालाई निराश बनाउने काम सत्ता गठबन्धनले गरेको छ । राज्यकोषको दोहोन गर्ने, फरक विचार राख्ने कोपभाजन हुने, हरेक क्षेत्रमा निराशा र अस्थिरता ल्याउन खोजिएको छ । जनताको नजिकको सरकार स्थानीय सरकारबाट पनि जनता सन्तुष्ट हुन नसक्नु चिन्ताको बिषय हो।
स्थानीय, प्रदेश र संघीय संसदमा स्वस्थ बहस र प्रतिस्पर्धा नगरी गठबन्धन गरेर प्रतिपक्षी विरुद्ध लाग्ने लोकतान्त्रिक प्रणाली विपरीत काम भए । पुराना र ठूला दललाई नयाँ दलसंग सहकार्य गर्न सन्देश चुनावले दिएको हो । बनेको गठबन्धन दुई महिनामा भत्काउने र विदेशी सामु आत्मसमर्पण गर्ने काम भए । देशलाई अस्थिर बनाउन खोज्नेलाई सघाउने काम भएका छनगत वर्ष क।आर्थिक अबस्थामा सुधार, स्वास्थ्य संस्थालाई बलियो बनाउने गरि संरचना निर्माण थालिनु, सडक, पुल बन्नु, मेलम्चीको पानी काठमाडौंका जनताको धारामा झर्ने कामको प्रगति भएको छ । देशभक्त, विकासको दृष्टिकोण भएको बलियो राजनीतिक शक्ति चाहिने महसुश भएको छ । बामपंथी र सुशासन चाहनेको सरकार बनेको छ।जनतालाई सुशासन दिन र समाजवादका आधार निर्माण गर्न सरकारले देशमा केही हुन्छ भन्ने सन्देस दिन सक्नुपर्छ । नकारात्मक सोच, घृणा र प्रतिशोधको भावना छाडेर जनतामा आशाको सन्देश दिन राजनीतिक दलले सक्ने सद्बुद्धि र शुभभावना आउन सकोस नयाँ वर्ष २०८१ को शुभकामना !

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...