Pokharapatra National Daily

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई निकारण गर्ने विश्वासका साथ नदी र तलाउ किनारामा गएर शुद्धतापूर्वक सूर्य देवतालाई पूजा र आराधना गरेर मनाउने गरिन्छ । छठ पर्वको व्रत गरे दुःख र दरिद्रतावाट मुक्ति पाइने जनविश्वास छ । मानवजातीका सबै समस्या निराकरण हुने बिश्वास गरिन्छ । धनी गरिब एकै ठाउ“मा बसेर चाड मनाउँदा सामाजिक विभेद हट्दै जान्छ । छठ पर्व भव्य रुपले मनाउन नदी, तलाउ, पोखरी लगाएतका ठाउँमा सजावट गर्ने काम तिव्र रुपले भएको छ । घाट सजाउन र विजुलीले झिलीमिली बनाइएको छ । तराईका बजारहरु छठका लागि आवश्यक पर्न बाँस र माटोबाट बनेका सामाग्री, फलफूल र पूजाका सामग्रीको व्यापार हुने गर्छ । वाँसवाट निर्मित नाङ्लो, ठेकी, चंगेरी आदि सामान आवश्यक हुन्छ । माटोवाट निर्मित पाला, हाते घैला लगायतका सामाग्री र महिलाले लगाउने वस्त्र र गहनाको बिक्री हुने अवसर पनि हो । छठ पर्व भब्य रुपमा मनाउन पोखरी, नदी घाट, तलाउ सिङ्गार पटार गरिएको छ । तराईका नदि, तलाउ,पोखरी छेउलाई सिङ्गारिएको छ । छठको रौनक बढाइरहेको छ । छठको वेलामा सात्विक भोजन गरिन्छ । तामसी भोजनमा बर्जित हुने चाड पनि हो छठ । तराईमा उत्पादन हुन नसकेका सामान भारतबाट समेत ल्याइएका छन् । नेपालको तराई मधेशमा मात्र सिमित रहेको छठ पर्व केहि वर्षयता काठमाडौं र पोखरा लगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ ।
छठ तराईबाट पहाडमा बिस्तार भएको छ । देशका सबै ठाउँमा मनाउनु भनेको सँस्कृतिको बिस्तार भएको मान्न सकिन्छ । कतिपय चाडपर्व एक देशबाट अर्को देशमा पनि मनाई रहेको बेला एकै देशको संस्कृति बारे सबै नेपालीले थाहा पाउनु बहुधार्मिक, बहुसाँस्कृतिक भएको देश हो भन्ने प्रमाण हो । तराईबासीहरु नेपालका जुन ठाउ“मा बसे पनि छठ मनाउँन आफ्नो जन्मस्थान जाने गरेका थिए । पछिल्लो समय जुन ठाउँमा बसोबास गरिएको छ । त्यहि ठाउँमा छठ मनाउने गरेका छन् । यसले आपसी सद्भाव बढाउने काम गर्छ । सँस्कृतिको बिस्तार एउटा समुदायले मनाईरहेको पर्व अर्को समुदायले पनि मनाउन थाल्नु अवश्य पनि सकारात्मक सन्देशको रुपमा लिनुपर्ने हुन्छ ।
महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहदा गुप्तवास सफल होस् भनी सूर्य देवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ । छठ पर्वको दिन दिउसो अस्ताउदै गरेको सूर्यको पूजा तथा खष्टी मातालाई अर्घ दिएर मनाउने चलन छ । सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइसहितका प्रसाद अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र खष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुतmी तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने परम्परा छ ।
बिशेषगरी मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा कमलपोखरी, वाग्मती किनार समेत धुमधामका साथ मनाईने गरिएको छ । भिडभाड सहित छठ मनाउनेको संख्या बढ्नु र देशका धेरै ठाउँमा मनाउनु छठ पर्वको महत्व बढ्दै जानु हो । छठ पर्वको अवसरमा सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

प्रतिकृया दिनुहोस्

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...