Pokharapatra National Daily

घट्टेखोला, धम्पुस, देउराली, खानीगाँउ हुदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्न पूर्व आई.ई.ई गर्न टोली धम्पुसमा

घट्टेखोला, धम्पुस, देउराली, खानीगाँउ हुदै ल्वाङसम्म जोड्ने सडक निर्माण गर्नु पूर्व वातावरणीय प्रभाव मुल्याङकन (आई.ई.ई) गर्न टोली धम्पुसमा पुगेको छ ।
आई.ई.ई. रिपोर्ट निर्माणको लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय उक्त परियोजनको सम्बन्धित कन्सल्टेन्ट, स्थानिय तथा सरोकारवाला सहितको टोलीले आइतबार फिल्ड भिजिट सहित नाप जाप गरेको माछापुच्छ«े गाँउपालिका वडा नम्बर ७ (धम्पुस) का वडा अध्यक्ष बैकुण्ठ भण्डारीले बताए । गण्डकी प्रदेशको नमुना सडक अन्र्तगत उक्त सडक निर्माणमा सबै पक्षले सहयोग गर्न तयार रहेको उनले जनाए । करिब ३ बर्ष अघि १३ किलोमिटर सडक ५८ करोडको लागतमा निर्माण हुने अन्तिम चरणमा पुगेर पनि विभिन्न कारणले गर्दा टेण्डर प्रकृयामा रोकिएको उक्त योजना केही संसोधन सहित पुनः निर्माण हुने चरणमा भएकोले अब त्यसलाई सफल पार्न सबै पक्षले सहयोग गर्ने भएको वडा अध्यक्ष भण्डारीले बताए ।
उक्त परियोजना अघि बढाउन स्थानिय रुपमा कुनै समस्या नभएको दाबी गर्दै अध्यक्ष भण्डारीले उक्त सडक क्षेत्रमा एक्याप र वन कार्यालयको क्षेत्राधिकार समेत पर्ने भएकोले त्यसको लागि आवश्यक समन्वय गर्दै आएको जनाए ।
संरक्षण क्षेत्र व्यवस्थापन समिति धम्पुसका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा आइतबार धम्पुसमा बसेको छलफलमा सबै पक्षबाट उक्त योजनालाई जतिसक्दो छिटो छरितो ढंगबाट सम्पन्न गर्न हरेक हिसावले सहयोग गर्ने भएको स्थानिय डिल्लीराम भण्डारीले बताए । उक्त सडक क्षेत्रको दाया बाँया पर्ने स्थानियहरुले उक्त परियोजनाको लागि आवश्यक जग्गा समेत दिन राजि भएको अध्यक्ष भण्डारीले बताए । करिब ३ बर्ष अघि तत्कालिन जनप्रतिनिधि रामजी प्रसाद बराल जीवनको पहलमा उक्त योजना परे पनि समयमै समन्वयन हुन नसक्दा हाल केही संसोधन सहित पुनः निर्माण हुने भएको उनले जनाए । समितिका अध्यक्ष एवं स्थानिय दल बहादुर गुरुङले विकासको मेरुदण्ड नै बाटो भएकोले उक्त बाटो निर्माण प्रकृयामा अब कुनै बाधा अबरोध नहुने यदि कुनै बाधा अबरोध आए त्यसको प्रतिबाद आफु अग्रमोर्जामा रहेर गर्ने दाबी गरे ।
धम्पुसको घट्टेखोला, देउराली, खानीगाँउ हुदै ल्वाङसम्म जाने गण्डकी प्रदेशकै नमुना सडक निर्माण प्रकृया समन्वय अभावले गर्दा ढिलाई भएको भन्दै प्रदेशका पूर्व अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन आई.ई.ई गर्न आएको टोलीसंगै आइतबार फिल्डमा पुगेका थिए । उक्त परियोजना सम्पन्न गर्न सबै लाग्नु पर्ने बताउदै उनले सम्बन्धित कार्यालयका प्रतिनिधिहरुलाई फिल्डबाटै फोन गर्दै जिम्मेवार वहन गर्दै उक्त परियोजनामा गम्भिर बन्न आग्रह समेत गरेका थिए । प्रस्तावित आयोजनाले ग्रामीण सडकलाई सुधार गर्दै वर्ष भरि चल्ने गरी गुणस्तर वृद्धि गर्ने जसले कृषि, पर्यटन क्षेत्रलाई टेवा पु¥याउँदै ग्रामीण जनसंख्याको बजारसँगको पहुँच विस्तार गर्दै, व्यावसायिक अवसर तथा विषेश गरी दीर्घकालीन कृषि मूल्य शृंखलामा टेवा पु¥याउने विश्वास गरिएको पूर्व मन्त्री बरालले बताए । ग्रामिण सडक संजाल सुधार आयोजनाका संयोजक माधव भट्टराईले उक्त परियोजनाको काम विस्तारै अघि बढेको बताए । वातावरणीय प्रभाव मुल्याङकन (आई.ई.ई.)को रिपोर्ट निर्माणको चरणमा रहेको उनले जनाए । सन् २०२३ मा छनौट भएका २४ वटा योजनाहरु मध्य उक्त योजना पनि एक भएकोले उक्त योजना सम्भवत यसै बर्ष निर्माण प्रकृया नै अघि बढाउने गरी तयारी भएको बताए । उक्त परियोजना यो बर्ष टेण्डर भई एसियन डेभलपमेन्ट बैंक (एडिभि) संग सम्झौता हुने प्रकृयामा रहेको संयोजक भट्टराईले बताए । प्रोजेक्ट बैंक अन्र्तगत निर्माण हुने उक्त परियोजना सर्वे र त्यसको रिपोर्ट बनाउदा केही समय ढिला भएको उनले जनाए । सिभिल इन्फम्याटिक्स इन सोलुसनकी वातावरण विद मुन थापाले उक्त परियोजनाको प्रारम्भिक चरणमा १९ किलोमिटरको सर्वे गरे पनि करिब १२ किलोमिटर कच्ची सडक निर्माण गरिने बताइन् ।

प्रतिकृया दिनुहोस्