
Connecting World Education Foundation–CWEF महेन्द्रपुल, पोखराले सेप्टेम्बर इन्टेक २०२५ को लागि उच्च शिक्षा अध्ययन गर्न कोरिया जाने विद्यार्थीहरूको विशेष प्रशिक्षण तथा विदाई कार्यक्रम गरेको छ ।
संस्थाका सिइओ भरत थापाको अध्यक्षतामा शनिबार सम्पन्न गरेको छ । सो अवसरमा कोरिया गइसकेपछि विद्यार्थीहरूले पालना गर्नुपर्ने इमिग्रेशनका नियमहरूको बारेमा विस्तृत रुपमा प्रकाश पार्नुको साथै विद्यार्थीहरूले सानो लापरवाही तथा हेलचक्राईले गर्दा ठूलो जरिवाना तिर्नुपर्ने, वर्क पर्मिट लिँदा तथा भिजा थप्दा समेत समस्याहरू आइपर्न सक्ने तथा नेपाल फिर्तासम्म हुनुपर्ने कुरामा समेत सचेत गराउनुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि हिमालय अफसेट प्रेसका सञ्चालक नारायण भण्डारीले विद्यार्थीहरूले आफ्नो अध्ययन पूरा गरिसकेपछि आफूले कोरियामा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा लगाउनु पर्ने कुरामा जोड दिनुभएको थियो । कनेक्टिङ वल्र्ड एजुकेशन फाउण्डेशन
(सिडब्लुइएफ)का सञ्चालक वरिष्ठ कोरियन भाषा प्रशिक्षक तथा कोरियन पुस्तक लेखक सुमन थापाले कुनै पनि क्षेत्रमा सफलताका लागि संघर्ष गर्नुपर्ने तथा कोरियाको विद्यार्थी जीवनमा कोरियन भाषाको अपरिहार्यताको बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा कोरियन भाषा प्रशिक्षकहरू विष्णु थापा, गुरुप्रसाद कोइराला, स्काइलिंक एजुकेशन फाउण्डेशनका सञ्चालक गुमान सिंह गुरुङ, कोरियामा लामो समय विद्यार्थी जीवन बिताएर आउनुभएका केदारनाथ बजगाई समेतले कोरियामा आफूहरुले भोगेको चुनौतीहरूको बारेमा सल्लाह तथा सुझाव दिँदै विद्यार्थीहरूलाई कोरियाको विद्यार्थी जीवनको सफलताको शुभकामना दिनुभएको थियो । त्यस्तै सेप्टेम्बर इन्टेक २०२५ मा IELTS मा सर्वोकृष्ट अंक ल्याउन सफल पोखराका सुवास तामाङलाई संस्थाका IELTS प्रशिक्षक दुर्गासिंह गुरुङले सम्मान गर्नुभएको थियो । वरिष्ठ भाष प्रशिक्षक तथा सञ्चालक निशान्त थापाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा विदाईको त्यो क्षणलाई यादगार बनाउनका लागि विद्यार्थीहरूले आफ्ना प्रतिभाहरू समेत प्रस्तुत गरेका थिए ।
Connecting World Education Foundation विगत १० वर्षदेखि कोरियाको रोजगारीको लागि भ्(ढ भिसामा, अध्ययनको लागि विद्यार्थी भिसामा र कोरियन भाषामा समर्पित यस संस्थाले अहिलेसम्म दर्जनौं कोरियन भाषाका पुस्तकहरु प्रकाशन गरेको छ भने सेप्टेम्बर इन्टेक २०२५ को लागि विद्यार्थी भिसामा यस संस्थाबाट १०० प्रतिशत भिसा अप्रुभ भएको वरिष्ठ कोरियन भाषा प्रशिक्षक तथा सञ्चालक निशान्त थापाले जानकारी दिनुभएको थियो ।