
पोखरा १० बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको १६ औं बार्षिकउत्सवको उपलक्ष्यमा बुधबार खुल्ला रक्तदान कार्यक्रम भएको छ । नेपाल रेडक्रस सोसाईटी, पोखरासंगको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।
संस्थाको कार्यालय प्राङ्गणमा भएको रक्तदानमा ४० युनिट रगत संकलन भएको बरिष्ठ प्रबन्धक दिवस ढकालले जानकारी दिनुभयो । वि.सं. २०६६ सालमा स्थापना भएको यस संस्थाका हाल देशभरका ४८ जिल्लामा १०५ ओटा शाखा कार्यालयहरु रहेका छन् । संस्थाका केन्द्रीय कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा विविध कार्यक्रमहरु गरी वार्षिकोत्सव भव्य रुपमा मनाइएको थियो ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर क्षेत्री र प्रमुख कार्यकारी अधिकृत कूलचन्द्र पराजुलीले रक्तदाताहरुलाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम शुरु गरिएको थियो ।