Pokharapatra National Daily

तीज नेपाली महिलाहरुको सम्मानको पर्व होः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा शुक्रबारदेखि सुरु तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ को उद्घाटन गदै प्रचण्डले सो कुरा बताएका हुन् ।
टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा सुरु महोत्सव १५ भदौसम्म संचालन हुने छ । तीज मौलिक पर्व रहेकाले यस्लाई मौलिक पर्वको रुपमा मनाउन आग्रह गदै प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका थिए । पोखराको पुरानो टुँडिखेल समेत आफैमा ऐतिहासिक स्थान रहेको र योे पोखराको लागि गर्भ गर्ने स्थान मध्येको एक रहेको बताएका थिए । फरक प्रंसगमा प्रचण्डले सबै खालका सामाजिक विभेदहरुको अन्त्य गरेर समाजिक न्यायको एउटा नयाँ अभियानमा आफुहरु रहेको बताएका थिए । उनले भने हामी भएका सबै खालका कुशासनको अन्त्य गरेर शुसासन कायम गर्ने एउटा नयाँ अभियानमा पनि छौ । हामी सबै खालका आर्थिक पछ्यौटेपनको अन्त्य गरेर आर्थिक समृद्धिको नयाँ अभियान लिएर अगाडी बढेको पनि छौ ।
अर्को प्रंसगमा प्रचण्डले भने हामी सबैलाई थाहा छ, फेरि पनि अझै पनि धेरै थुपै समस्या, चुनैती संग हामीले जुध्न परेको छ । मलाई लाग्छ यस्ता कार्यक्रमहरुले हामी सबैमा नकारात्मक भाव हैन् सकारात्मक भाव पैदा गर्न, विभाजन र भू केन्द्रित मनोविज्ञान हैन् एकीकृत र केन्द्रिकृत मनोविज्ञान पैदा गर्ने प्रचण्डको भनाई थियो । नेपाल आफैमा विविधतामा एकताको सुन्दर फुलवारी हो भन्ने हामी सबैले महशुस गरेका छौ । कास्की जिल्ला आफैमा एउटा सुन्दर जिल्लाको रुपमा, पोखरा महानगर आफैमा विश्वभर प्रशिद्ध पर्यटकीय गन्तब्यको रुपमा परिचित रहेकाले यस्लाई अझै सपार्ने दायीत्व हामी सबैको काधमा रहेकाले प्रकृतीले बनाएको यो सुन्दर नगर र जिल्लालाई मानविय श्रमदारा अझ सुन्दर र विकसित बनाउन सबै एकजुट हुन आवश्यक रहेको प्रचण्डको सुझाव थियो । अर्को प्रंसगमा प्रचण्डले इन्द्रेणीले गरेको विभिन्न सामाजिक कामको प्रशसा गदै, अब गर्ने कामहरुमा आफनो तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताएका थिए । कार्यक्रममा दुई जनालाई सम्मान गरिएको थियो । श्रष्टा सम्मानतर्फ गोविन्द कोईराला र शिक्षा क्षेत्रका उल्लेख्य योगदान दिए वापत स्वर्गिय सिद्धी गौचनलाई सम्मान गरिएको थियो । महोत्सव उद्घाटन पूर्व पुरानो टुँडिखेलबाट विभिन्न संघ संस्था, आमा समुह, विद्यालय, जातजाति लगायतको सहभागितामा झाकी सहितको र्याली निकालिने थियो । टँुडिखेलबाट सुरु र्याली वडाका विभिन्न स्थानको परिक्रमा पछि पुनः महोत्सव स्थल टँुडिखेलमा आएर उद्घाटन शत्रमा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस्