Pokharapatra National Daily

पोखराको पर्यटन प्रवद्र्धन गर्न प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा व्यवसायीको जोड

पर्यटकीय नगरी पोखरा र पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने व्यवसायीहरुले जोड दिएका छन् । कोभिड १९, माघ १ गते पोखरामा यति एयरलायन्स को विमान दुर्घटनाले गर्दा खस्केको पोखराको पर्यटन क्षेत्रलाई माथि उकास्न प्रभावकारी कार्यक्रम ल्याउनु पर्ने व्यवसायीहरुले जोड दिएका छन् ।
पोखरामा विमान दुर्घटनाको घटनाले आफुहरु निकै दुःखि भएको बताएका पोखरा क्षेत्रका उद्योगी व्यवसायीहरुले अब पोखराको पर्यटन प्रबद्र्धन गर्न केही प्याकेज सहितको प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका हुन्। हाम्रो जिज्ञासामा पोखरा क्षेत्रका केही व्यवसायीहरुले माघ १ गते भन्दा अघिको अबस्थामा फर्काउन राज्य र निजी क्षेत्रको सहकार्य आवश्यक भएको बताएका छन् ।
पोखरामा भएको विमान दुर्घटनाको बिषयले गर्दा आफुहरु निकै दुःखी भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । हवाई दुर्घटनाको बिषयले गर्दा पोखरामा सकरात्मक सन्देश प्रवाह गर्न सबै क्षेत्र लाग्नु पर्ने बताउदै उनले त्यसको लागि व्यवसायीहरु तयार रहेको बताए । उनले भने “हवाई रुट र सडक मार्गको सुरक्षाको ग्यारेन्टी हुनु पर्यो, पोखरा र पोखरा क्षेत्रमा आउने पाहुनालाई स्वागत सत्कार गर्न हामी तयारी अस्बस्थामा रहेका छौं, हामी छिट्टै पुनः उत्थान गर्न चहान्छौं ।”
विज्ञ टोली सहित सरोकारवालाहरुसंगको बृहत छलफलबाट पोखराको पर्यटन प्रबद्र्धन हुने गरी ठोस कार्यक्रम ल्याउने योजनामा आफुहरु रहेको अध्यक्ष श्रेष्ठले बताए । स्थानिय निकाय, प्रदेश सरकार, संघिय सरकार र नेपाल पर्यटन वोर्ड तथा विभिन्न संघ संस्थाको सहकार्यमा पोखराको पर्यटन प्रबद्र्धन गर्न आवश्यक भएको उनले जनाए । पोखरामा हाल आन्तरिक तथा बाह्यि पर्यटकहरुको सङख्यामा कमी भएको अध्यक्ष श्रेष्ठले बताए ।
पोखरामा विमान दुर्घटना पश्चात हाल हवाई उडान समेत केही मात्रामा प्रभावित भएको छ । पोखरा काठमाण्डौं करिब २२ वटा उडान हुने भए पनि हाल घटेर १५ वटा मात्र उडान हुन थालेको पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले बताए । हाल अफ्सिजन समेत भएको र विमान दुर्घटनाको बिषयले गर्दा पनि हवाई उडान गर्ने यात्रुको सङख्या समेत घटेको एयरलायन्स कम्पनीहरुले बताएका छन् । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन प्रजापतीले यति वेला व्यवसायीहरु निकै पिडादायी अबस्थामा रहेको बताए । ७ प्रतिशतमा लिएका ऋणको व्याज एकाएक दोब्बर १४ प्रतिशत पुराउदा व्यवसायीहरु मर्कामा परेको गुनासो गर्दै उनले राज्यले सहित निती नियम र नियमन गर्न नसक्दा व्यवसायीहरु पलायन हुन सक्ने अबस्था आउन थालेको समेत बताए । समाजमा इज्जत प्रतिष्ठा कमाएको मान्छेले एक एक प्रतिशतको आधारमा आफ्नो काम बाडफाँड गरी बजेट विनियोजन गरी काम गरेको अबस्थामा बैंंकहरुले दोब्बर व्याजदर बढाउनुले राज्यले आफुलाई सौतानी व्यवहार गरेको उनले बताए । नेपाल सरकार र राष्ट्र बैंक बिचको सहकार्य नहुँदा पनि आफुहरु बैंकको चर्को व्याजको मारमा परेको अध्यक्ष प्रजापतीले बताए । ठुला व्यवसायीहरुलाई जे गर्दा पनि छुट साना र मध्यम व्यवसायीहरुलाई भने विभिन्न बाधा अड्चन तेर्साइ बढी तनाव दिने काम भएको उनले गुनासो गरे । काठमाण्डौंमा जसारी प्रेम प्रसाद आचार्यले आर्थिक कारणले गर्दा आत्मदाह गरे त्यसको केही झिल्को पोखरा क्षेत्रमा पनि पार्न थालेको अध्यक्ष प्रजापतीले जनाए । राज्यले आम नागरिक र व्यवसायीको सुरक्षा गरी आत्मदाहलाई निरुत्साहित पार्ने गरी कार्यक्रम ल्याउन उनले सरकारसमक्ष आव्हान समेत गरे । राज्यले यस बिषयमा समयमै कदम चाल्न नसके देशमा ठुलो दुर्घटना निम्तिन सक्ने अध्यक्ष प्रजापतीको भनाई छ । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशम बहादुर जुगजालीले गण्डकी प्रदेशको राजधानि पोखराको पर्यटन प्रबद्र्धन गर्न निजी क्षेत्रको सहकार्यमा कुनै कार्यक्रम गर्न चाहेको बताए । प्रदेशको आर्थिक विकासको मुल आधार नै पर्यटन भएकोले पर्यटन क्षेत्रमा समस्या हुदा समग्र प्रदेशको अर्थतन्त्रमा समेत असर पर्ने भएकोले पर्यटन प्रबद्र्धन गर्न आवश्यक भएको उनको भनाई थियो । हालै नवनिर्वाचित मन्त्री जुगजालीले मन्त्रालय सम्हाले पछि केही फरक काम र केही नतिजा दिने गरी कार्यक्रम ल्याउने योजनामा रहेको समेत बताए ।

प्रतिकृया दिनुहोस्