Pokharapatra National Daily

कर दिवसको अवसरमा पोखरामा उत्कृष्ट दुई करदाता सम्मानित

राष्ट्रिय कर दिवसका अवसरमा पोखरामा दुई करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय पोखराले कास्की र स्याङ्जाबाट एक/एक जनालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा कास्कीबाट आरकेडी होल्डिङ्स लिमिटेड र स्याङ्जाबाट खिलुङ्कालिका कन्ट्रक्सन प्रालि रहेका छन् । उनीहरूलाई प्रशंसापत्रसहित दोसल्ला ओडाएर कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा र प्रमुख कर अधिकृत शिवप्रसाद ढुँगानाले सम्मान गर्नु भएको हो । आर्थिक वर्ष २०८०/८१ मा कास्की जिल्ला भित्र रहेका करदाता मध्य सबै भन्दा बढी आयकर दाखिला गर्ने आरकेडी र आर्थिक बर्ष २०८०/८१ मा आन्तरिक राजश्व कार्यालय पोखरा अन्र्तगत स्याङजा भित्र रहेका करदाता मध्य सबै भन्दा बढी आयकर दाखिला गर्ने खिलुङकालिकालाई सम्मान गरिएको हो । आरकेडी २ करोड १६ लाख ४९ हजार १ सय ४१ र खिलुङकालिकाले ८५ लाख ८६ हजार ५ सय १४ रुपैया कर तिरेको आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ । आन्तरिक राजश्व कार्यालय पोखराको कार्यक्षेत्र कास्की र स्याङ्जा जिल्ला हो । स्याङ्जामा रहेको सेवा कार्यालय यसवर्षदेखि हटाइएको छ । सम्मानित हुनु भएको आरकेडीका संचालक रामचन्द्र शर्माले नयाँ उद्यमीलाई सर्पोट गर्नुपर्ने बताउदै राज्यलाई कर तिर्दा व्यावसायीक संस्कारको बिकास हुने जसले गर्दा राज्यप्रतिको बोध हुने बताउनु भयो । राज्यलाई कर तिर्ने कुरा ठूलो नरहेको बताउदै उहाँले वित्तिय साक्षरतामा जोड दिनुयो । रावश्व धेरै ठाउँबाट बुझाउनुपर्ने सिस्टमको अन्त्य गर्नुपर्ने शर्माको माग थियो ।
कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली, पोखरा च्याम्बर अफ कमर्सका कास्कीका अध्यक्ष ओमराज बास्तोला, स्याङजा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, स्याङजा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, नेपाल चार्टर्ड एकाउन्टेन संघ कास्कीका अध्यक्ष दिपक भुर्तेल लगायतले जेनजी आन्दोलन पछि व्यवसायलाई राज्यले प्रोत्साहन हुने गरी राहत प्याकेज ल्याउन माग गर्नू भयो । अझै पनि नीजि क्षेत्रको मनोवल कमजोर भएकोले शान्ति सुरक्षा कायम गर्दै जेनजी आन्दोलनको क्रममा तोडफोड र लुटपाट गर्ने उपर कार्वाही गर्न माग गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्