Pokharapatra National Daily

भ्रष्टाचार रोक्ने अठोट छैन

देशको नीति र विधि बनाउने ठाउँमा धनाढ्य, व्यापारी, ठेकेदार पुगेपछि जनताको हितमा कार्यक्रम बन्दैन । व्यापारी, ठेकेदार र विचौलीयाको हित गर्ने थलो संसद बनेपछि भ्रष्टाचार झन मौलाउँछ । गठबन्धन सरकार बनेपछि आर्थिक अराजकता बढेर गएको थियोे । हरेक क्षेत्रमा नकारात्मक असर पुगेको छ । प्रतिनिधिसभा र प्रदेश सभामा गठजोडको सरकार बन्ने अवस्थामा सुशासनको कल्पना गर्न सकिदैन । स्थानीय तहको चुनाव भएको पाँच महिनापछि भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा उमेदवारले गरेकोे खर्च उठाउन भ्रष्टाचार बाहेक अर्को बाटो छैन । नेपाली भनाइ –जस्का व्यापारी र ठेकेदार उसैको धन,जस्का भैंसी उसैको बन भने जस्तै दलालले जे चाह्यो त्यही हुने परिस्थिति बनेको छ।देशमा सुशासनको अवस्था कमजोर हुँदा भ्रष्टाचार बढेर गएको छ । सार्वजनिक सेवामा हुने ढिलासुस्ती, भनसुन र घुस दिनुपर्ने अवस्थामा सुधार आउन सकेको छैन । सरकारी कार्यालयमा घुस नखाई काम हुँदैन भन्ने जनमानसमा परेको छ । अझ नीति निर्माण तहमा हुने भ्रष्टाचार र राजनीतिक संरक्षणका कारण नेपालको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा विग्रदै गएको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि संबैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई कमजोर बनाउन खोजिएको छ । अदालतबाट केही विवादास्पद फैसला र सरकारी निकायका अनुत्तरदायि ब्यवहारले पनि भ्रष्टाचारलाई बढाएका छन । अदालतमा भ्रष्टाचार बढेको, प्रधानन्यायाधीशले झगडीयासँग पैसा लिन बीचौलीया खडा गरेको जस्ता आरोपको सामना गर्नुपरेको छ । अदालत भ्रष्टाचारी जोगाउने र धनीले न्याय किन्ने ठाउँ भएको छ । वकिल, न्यायाधीश र अदालतका कर्मचारीलाई विचौलीयाले खेलाउने गरेको विभिन्न अध्ययन प्रतिवेदनले ओौल्याएका छन।आज अदालत न्यायाधीश र वकिलको कारण बद्नाम भएको छ।अदालत आफ्नो इसारामा चलाउन खोज्ने वरिष्ठ अधिवक्ताका कारण डुङ्गडुङ्गती गन्हाएको छ ।
जनताले राज्यबाट पाउने सुविधा घरदैलोबाटै पाउन सक्ने संरचनाका भ्रष्टाचार सुचकांकमा गत वर्ष केही सुधार आएको थियो । गत वर्षको भ्रष्टाचार अबधारणा सूचकांक सिपिआईमा नेपालले ३३ अंक पाएर ११७ औं स्थानमा पुगेको छ । १८० देश सामेल मध्ये नेपालको अवस्थामा सुधार नआउनु भ्रष्टाचार बढ्दैछ भन्ने संकेत हो । कोभिड–१९ अघि सुधारका केही काम भएका हुन । अख्तियारले पनि केही सक्रियता देखाएको हुँदा भ्रष्टाचारमा मुद्दा दायर भएका हुन । विशेष अदालत र सर्वोच्च अदालतले अख्तियारलाढढई हराउने र भ्रष्टाचारीलाई जोगाउने काम भएको छ।अख्तियारले भ्रष्टाचारीलाई कार्वाही गर्न थालेपछि जनतामा अख्तियारप्रति विश्वास जागेको थियो । अख्तियारको कामलाई निरुत्साहित गर्न संबैधानिक परिषद्ले गरेको सिफारिसलाई प्रश्न उठाइएको छ ।
नियुक्ति विरुद्ध सर्वोच्चमा मुद्दा परेको छ।अख्तियारलाई ढुक्कसँग काम गर्न नदिन यी सबै काम भएका छन।भ्रष्टाचार नियन्त्रण गर्न सुशासन प्रवद्र्धन, पक्षपातरहित बजेट र सेवामा सरोकारवालाको पहुँचलाई जोड दिनुपर्छ । त्यस्तै, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, स्वार्थको द्वन्द्वको सम्बोधन, निर्णय प्रक्रियामा सरोकारवालाको अर्थपूर्ण पहुँच हुनुपर्छ।संयुक्त राष्ट्रसंघको भ्रष्टाचार विरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुल्ला गरिएको थियो । त्यसैबेलादेखि भ्रष्टाचारको सम्भावना न्यून गर्दै सदाचारका प्रयास बढाउन जरुरी भएको छ । संयुक्त राष्ट्र संघीय महासन्धिका प्रावधान बमोजिम नेपाली ऐन–कानूनमा आवश्यक सुधार र थप नयाँ कानूनको निर्माणतर्फ यथाशिघ्र आवश्यक कदम चाल्न पर्दछ ।
सरकारी कार्यहरू थप पारदर्शी एवं प्रभावकारी र चुस्त बनाउँदै भ्रष्टाचारको सम्भावना न्यून गर्न सरकार चनाखो हुनैपर्छ । हालै सार्वजनिक भएको ग्लोबल करप्सन बेरोमिटर एसिया २०२०ले नेपालमा भ्रष्टाचार बढ्दो क्रममा रहेको र सरकारी भ्रष्टाचार नै प्रमुख समस्या रहेको भन्नेजस्ता तथ्यांक उल्लेख गरेको छ । यस परिप्रेक्ष्यमा यस दिवसका अवसरमा भ्रष्टाचार विरुद्ध नागरिक सचेतना बढाउन, भ्रष्टाचार भनेको नियमित प्रक्रिया होइन भन्ने अवधारणा व्यक्ति र समाजमा अभिवृद्धि गर्न र जनचाहना बमोजिम सुशासन कायम गर्न नेपाल सरकार थप क्रियाशील हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...