Pokharapatra National Daily

पदकधारी खेलाडी झरना गुरुङ अवसरको खोजिमा

खेलाडी राष्ट्रका लागि गहन हुन भन्ने यो भनाई मेरो लागि किमार्थ अमिल्दो भएको छ ।
मलाई त लाग्छ महिलाले कुनै बिषेश कार्यक्रममा जादा लगाउने गरगहना पुछपाछ गरेर लगाउने त्यस पछि पुनः ल्याएर दराज वा आफ्नो निश्चित ठाँउमा राख्ने त्यस्तै गरिएको छ हामी जस्ता खेलाडीहरुलाई यो भनाई हो पदकधारी खेलाडी झरना गुरुङको । राष्ट्रको नाममा मरिमेटेर खेलेर पनि आज स्वदेशमा टिक्न नसकेर केही खेलाडी विदेशीएका छन जसमध्य १२ औं सागमा रजत पदक बिजेता पोखरेली खेलाडी झरना गुरुङ समेत विदेशीएकी छन्। अवसरको खोजिमा विगत ४ बर्ष देखि सात समुद्र पारि स्पेनमा पुगेकी उनी स्वदेश आएको सन्दर्भमा हाम्रा सहकर्मी दीननाथ बरालसंगको कुराकानीमा नेपालमा आफुले गर्न चहादा चहादै अवसर नदिएको कारण बाध्य भएर विदेशीनु परेको बताएकी हुन् ।
सन् २००८ मा थाइल्याण्डको बैंककमा भएको प्रथम एसियन मार्सल आर्टसमा कास्य पदक जितेर नेपालको साख जोगाएकी गुरुङले अनावश्यक रुपमा हुने राजनीतिले आफुहरु जस्ता खेलाडीहरुमा बितृष्णा जाग्ने गरेको उनलदे गुनासो गरिन् । पदकधारी खेलाडी गुरुङ दुई पटकसम्म खेलकै क्रममा घाइते हुँदा पनि सम्बन्धित खेल संघ, राखेप लगायतका कुनै संघ संस्थाको ध्यान नपुग्दा आफ्नो परिवारबाट साथ लिनु परेको हुदा आफ्नो आर्थिक अबस्था सुद्धृण पार्न पनि विदेशीनु परेको उनको भनाई छ । करिब ६ बर्ष राखेपमा उसुको सहायक प्रशिक्षक भएको अबस्थामा साग गेम्सको लागि आफुलाई सिनियर वा महिलाहरुको लागि प्रमुख प्रशिक्षकको जिम्मेवार माग्दा गुरुङलाई सिनियरको आधारमा पालो कुर्नु पर्ने अबस्थाले थप विदेश जाने मोह जाग्यो । उमेर छदै आफुहरुमा हुने जोस जागर नयाँ टेक्निक समयमै लागु गर्न नपाए पछि त्यसको पछि कुनै अर्थ नहुने पदकधारी खेलाडी गुरुङको भनाई छ । प्रथम एसियन गेम्समा कास्य पदक ल्याएर नेपालको नाम राख्न सफल खेलाडी गुरुङलाई राखेपले सहायक प्रशिक्षकमा नियुक्ति गरेको थियो । प्रथम एसियन गेम्समा सहभागिको क्रममा घाइते हुँदा करिब ६ महिना रेष्ट गर्नु पर्ने अबस्थामा सम्पूर्ण खर्च आफै व्यबस्थापन गरेकी गुरुङले १२ औं सागमा सहभागि भई रजत पदक ल्याउदा समेत घाइते हुँदा पुनः आफ्नै खर्चमा रेखदेख गर्नु परेको गुनासो गरेकी छन्। पोखरा ट्रेड मलमा फेन्सि पसल समेत संचालन गरेकी उनले त्यसबाट समेत राम्रो प्रतिफल लिन नसकेको बताइन् ।
बंगलादेशमा भएको ११ औं सागमा कास्य पदक, भेतनाममा भएको ८ औं एसियन च्याम्पियनसिपमा कास्य पदक, गोन्जाओमा भएको एसियन गेममा क्वाटरफाइन सम्म पुगेकी गुरुङ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाचौं र छैटौंमा स्वर्ण पदक जितेकी हुन भने अन्य विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भई पदक समेत हात पार्न सफल खेलाडी हुन् । कास्कीको माछापुच्छ«े गाउँपालिका ल्वाङमा जन्मेकी झरनाले करिब डेढ दशक खेलकुदमा होमिएसंगै १२ औं सागमा रजत पदक प्राप्त गरेसंगै खेलाडीको सन्यास लिएको घोषणा समेत गरेकी थिइन् । दक्षिण एसियाकै उत्कृष्ट महिला उसु प्रशिक्षक बन्ने लक्ष्य बताएकी उनले हाल विदेशीय पछि सपना परिवर्तन भएको हो । करिब एक दशक जसो मार्सल आर्टसको विधाक्यू कोसिन कराँतेमा लागेर समय वेतित गरेकी झरनाले उसुमा लागेसंगै धेरै सफलता हासिल गर्न सफल भइन अन्ततः आर्थिक हिसावले नेपालमा राम्रो सम्भावना नदेखेर रोजगारको लागि विदेशीएको उनी बताउछिन् । हिजोआज उनको दिन चर्या ३ जना वालवालिकाहरुलाई स्पेनमा स्वास्थ्य शरीरका लागि खेलकुद सम्बन्धि साान्य प्रशिक्षण गराउदै आएकी छन भने आफ्नो सेल्फ प्रशिक्षणमा समेत व्यस्त भएकी छिन्। अझै आफ्नो सपना पूरा नभएको आफ्नो व्यक्तिगत जिवनको बारेमा अझै सोच्न नभ्याएको उनले प्रतिकृया दिइन् । स्पेनमा रहेका नेपालीहरुलाई लक्षित गरी प्रशिक्षण क्लव नै स्थापना गर्ने र नेपालमा समेत केही न केही गर्ने सोचमा रहेको उनको योजना रहेको छ । स्पेनमा रहेर पनि उनले नेपाली उसु खेलाडीहरुलाई केही खेल सामाग्रि तथा खेलको रणनिती एवं टेक्निक समेत दिदै आएकी छन् ।

प्रतिकृया दिनुहोस्