Pokharapatra National Daily

राष्ट्रिय क्रिकेट खेलाडी गण्डकी प्रदेशमा नगद सहित सम्मानित

राष्ट्रिय क्रिकेट खेलाडीलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । राष्ट्रिय क्रिकेट टीमका युवा खेलाडी करण केसी सहित ४ जना क्रिकेटरलार्ई नगद सहित प्रदेश सरकारले मंगलबार पोखरामा सम्मान गरेको हो ।
प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बिच केसी सहित १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१९) राष्ट्रिय क्रिकेट टोलीका सदस्य अर्जुन कुमाल, दिपकराज डुम्रे र सुभाष भण्डारीलाई सम्मान गरिएको प्रदेश खेलकुद परिषद गण्डकीका का.वा. सदस्य सचिव घनश्याँम पौडेलले बतए । उनका अनुसार खेलाडीहरुलाई जनही नगद ५० हजार सहित सम्मान पत्रले सम्मान गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पंचराम गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, मन्त्रालयका सचिव हेमराज सुवेदी, परिषदका का.वा.सदस्य सचिव पौडेल लगायतले प्रदेशको इज्जत सहित नेपालको नाम राख्न महत्वपूर्ण भुमिका खेलेको भन्दै खेलाडीहरुको हौसला स्वरुप सम्मान गरेका हुन् । गत चैत २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउण्डमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका केसीले प्रदेशमा गरिएको सम्मानले आफुहरुलाई थप हौसला प्राप्त भएको बताए । भारतबाट क्रिकेट खेल्न सुरु गरेका उनले ९ बर्षको दौरानमा नेपालको ठुलो सफलता हासिल गर्न आफ्नो सानो भुमिका रहेको उल्लेख गरे । बागलुङका केसीले आफ्नो देशमा क्रिकेटको धेरै सम्भावना भएकोले यहाँ क्रिकेटको अन्तराष्ट्रिय मैदान निर्माण गर्न माग गरे । खेलाडीहरुको प्रोत्साहन र हौसलाको लागि यस्ता कार्यक्रम आवश्यक भएको उनले बताए ।
मुख्यमन्त्री अधिकारीले खेलाडीको हौसला र प्रोत्साहन गर्न थोरै भए पनि नगद सहित सम्मा गरिएको बताउदै पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन आवश्यक पहल गर्ने बताए । नेपालको विजयी हुने वा नहुने अन्तिम घडीमा लाखौं नेपालीहरुले खेलाडीहरुको खेललाई निहालेको बताउदै मुख्यमन्त्री अधिकारीले खेलाडीहरुले नेपालीले चाहे भन्दा उत्कृष्ट खेल प्रदर्शन गरेको दाबी गरे । नेपालको नक्सा र झण्डा विश्वका मुलुक भन्दा भिन्न भएको दाबी गर्दै उनले नेपाली विश्व सामु कहिलै नजुकेको दाबी गरे । गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुले अन्य प्रदेश भन्दा गण्डकीमा खेलाडी सम्मान ढिलो भएको गुनासो गर्दै पोखरामा ३० बर्ष अघि क्रिकेट एकेडेमीको चर्चा चले पनि त्यसलाई मुर्त रुप दिन ढिला हुनुले प्रदेश र पोखरेलीलाई धेरै अवसरहरु गुमाएको बताए । काठमाण्डौ पछि अन्तराष्ट्रिय क्रिकेट मैदान तथा बैकल्पिक क्रिकेट मैदानको रुपमा पोखरामा क्रिकेट एकेडेमी आवश्यक भएको उनले माग गरे । धनगढीमा केही समय अघि सम्पन्न भएको यू—१९ महिना क्रिकेटमा प्रथम भएको गण्डकी प्रदेशको महिला खेलाडीलाई प्रदेश सरकारले दिने भनेको जनही ५० हजार अझै खेलाडीहरुले नपाएको अध्यक्ष प्रजुले गुनासो गरे । पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने बिषयमा आफुहरु निकै सकरात्मक भएको मन्त्री गुरुङले बताए । पोखरालाई पर्यंटनसंगै अब खेलकुदको राजधानिको रुपमा विकास गर्न जरुरी रहेको उनको भनाई थियो । यू–१९ विश्वकपमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका बागलुङका भण्डारी, गुल्मी जन्म थलो भए पनि पोखरा ६ मा कर्मथलो बनाएका कुमाल, स्याङजा वालिङका डुम्रेलाई यस अघि भूर्तपूर्व खेलाडी मञ्च नेपालले समेत पोखरामा सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्