Pokharapatra National Daily

गण्डकी विश्वविद्यालय ५ किलोमिटर सडक दौडमा छात्र तर्फ परियार र छात्रा तर्फ कार्की प्रथम

गण्डकी विश्वविद्यालय ५ किलोमिटर सडक दौड प्रतियोगितामा छात्र तर्फ ५ कृष्ण बहादुर परियार र छात्रा तर्फ भने स्कृति कार्कीले उपाधि जितेका छन् ।
छात्र तर्फ भने मनोज रोक्कामगर दोश्रो भए । बादल कार्की तेस्रो भए । विशन परियारले शान्त्वना भए । महिला तर्फ ५ किलोमिटर दौडमा सुस्मिता रानाभाट दोस्रो भइन् भने टुका कुमारी नेपाली तेश्रो भइन् । रेशम गुरुङ सान्त्वना भइन् । प्रतियोगितामा विजेता छात्र तथा छात्राले १० हजार र दोश्रो हुनेले ७ हजार र तेश्रो हुनेले ५ हजार र शान्त्वना हुनेले २ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा विभिन्न ४१ बिद्यालयबाट २ सय ८० जना विद्यार्थीहरु सहभागी भएका थिए । विजयी खेलाडीहरुलाई शनिबार गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडा, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, कार्यक्रम संयोजक मधुसूदन सुवेदी लगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले खेलकुद बालबालिकाको बृद्वि बिकास गर्ने र नेतृत्व र सहयात्री बनेर हिड्न सिकाउने बताएकी छन् । विद्यालयले विद्यार्थीलाई अध्यनमा मात्र सिमित नराखी खेलकुद क्षेत्रलाई पनि संगै अघि बढाउनुपर्ने बताईन । पछिल्लो समयमा खेलकुद क्षेत्र व्यसायीक हिसाबले जोडिदै आएको उनको भनाइ छ ।
खेलकुद किताब भन्दा बाहिर ज्ञान दिने बताउदै खेलकुदको तिव्र रुपमा खेलकुदमा बिकास भैरहेको बताईन । कुलपति गणेशमान गुरुङले खेलकुद व्यवस्थापन, बि.ए., एलएल.बि. कानुन, बि फार्मेसी, बिबिए लगायतका बिषयमा पढाइ हुँदै आएको छ ।
खेलकुद व्यवस्थापन विषयका कार्यक्रममा संयोजक मधुसूदन सुवेदी खेलाडीको हासैलाको लागि प्रतियोगिता आयोजना गरेको बताए । दौड प्रतियोगिताले खेलकुदको बिकासमा सहयोग पु¥याउने धारण राखे ।

प्रतिकृया दिनुहोस्