Pokharapatra National Daily

आहा रारा पोखरा गोल्ड कप सुरु

पोखरामा आहा रारा पोखरा गोल्ड कप सुरु भएको छ । सहारा क्लवको आयोजनामा मंगलबार देखि उक्त प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै थ्री स्टार क्लव २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पहिलो प्रि–क्वाटरफाइनल खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा यात्रा बनाएको हो ।
थ्री स्टारका योगेश गुरुङले एक गोल गरे भने सहाराका आसिस गुरुङले एक गोल गर्दा सहाराको एक गोलको उपहारले थ्री स्टार क्वाटरफाइनलमा यात्रा बनाएको हो । थ्री स्टारका योगेश गुरुङले खेलको ६ मिनेमै पहिलो गोल गरी टिमलाई अग्रता दिलाउनु भयो । खेलको २३ औं मिनेटमा सहाराले घरेलु मैदानको फाइदा उठाउदै खेल बराबरीमा पुग्यो । खेलमा सहाराका आसिस गुरुङले गोल गरी खेल बराबरीमा पुर्याएका हुन् । खेलको ५९ औं मिनेटमा थ्री स्टारका एन्जल महर्जनले प्रहार गरेको फ्रिकिक बललाई बचाउन खोज्दा सहाराका अनिस तामाङको हेड फिक्क भई गोल भएको थियो । खेलमा थ्री स्टारका योगेश गुरुङ म्यान अफ दी म्याच घोषित हुनु भयो ।
थ्री स्टारले अब यही माघ १३ गते पाहुना टोली भुटानको पारो एफ.सी.संग क्वाटरफाइनलमा प्रतिष्प्रर्धा गर्ने भएको छ । थ्री स्टारका प्रशिक्षक बिक्रम लामाले खेलाडीबाट हाल पहिलो पटक प्रशिक्षक भयर भूमिका निभाउन निकै कठिन भएको अनुभव सुनाउदै आफ्नो टिमले अपेक्षा गरे अनुसार खेलेको बताउनु भयो । सहाराका प्रशिक्षक शुनिल राना मगरले थ्री स्टारसंग उत्कृष्ट खेल खेल्दा खेल्दै दुभाग्यवश आत्मघाती गोलले गर्दा पराजित हुनु परेको बताउनु भयो ।
सैबिच, बुधबार राइजिङ स्टार क्लव बिरुद्ध त्रिभुवन आर्मी क्लव बिचको खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्ण बहादुर गुरुङले बताउनु भयो । यही माघ बीस गतेसम्म संचालन हुने प्रतियोगिताको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्दै उक्त प्रतियोगितालाई महानगरले संरक्षकको भूमिकामा रहेको बताउदै यस्ता खेल गतिविधिले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने जनाउनु भयो । मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.का निर्देशक प्रकाश के.सी.ले आफ्ना बाबु सुर्य बहादुर केसीको सपना पुरा गर्ने गरी आफुहरुले उक्त प्रतियोगितालाई निरन्तर रुपमा सहयोग गर्ने वचन दिनु भयो । पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले पोखराको उक्त प्रतियोगितालाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रतियोगितामा १ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । प्रतियोगितामा विजेताले १२ लाख १ हजार रुपैयाँ नगद पाउने छ भने उपविजेता क्लबले ६ लाख १ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो ।
यसैबिच, राष्ट्रिय खेलाडी आयुष घलान उक्त प्रतियोगिताको उद्घाटनको अवसरमा बर्ष उत्कृष्ट खेलाडी पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । नेपाली फुटवल खेलको विकासमा घलानले पुराएको योगदानलाई क्लवले प्रोत्साहन स्वरुप नगद ५० हजार ५ सय ५५ रुपैया सहित सम्मान गरेको हो । राष्ट्रिय टिमका नियमित सदस्य घलाल हेटाँैडा उपमहानगरपालिका–१८ निवासी हुनुहुन्छ । सानो उमरेमा राष्ट्रिय टोलीमा स्थान बनाउनुभएका घलानले विश्वकप छनोट अन्तर्गत अष्टे«लियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गर्नुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको सहाराका अध्यक्ष केशवराज बरालले बताउनुभयो ।
विसं २०७४ देखि सञ्चालित यस सम्मान हालसम्म भरत खवास, किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङ सम्मानित भइसक्नुभएको छ ।

प्रतिकृया दिनुहोस्