Pokharapatra National Daily

संकल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । दुवै दलका तर्फबाट बुधबार संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा सर्वसाधारणको हितलाई दृष्टिगत...बाँकी

व्यवसाय प्रवद्र्धनमा राम्दी पुल बाधक ः के.स.पौडेल

स्याङ्जाको व्यापार व्यवसाय प्रवद्र्धनमा राम्दी पुल बाधक भएको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एंव वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताएका छन् । स्याङ्जा जिल्लामा आज भन्दा करिव ५० बर्ष अगाडी निर्माण सम्पन्न...बाँकी

कर्मफ्लाईटस्द्धारा रुकुमपूर्व र बाग्लुङका १३४६ बालवालिकालाई न्यानो ज्याकेट वितरण

प्याराग्लाइडिङका पाइलटहरुको संस्था कर्मफ्लाईटस् पोखराले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाग्लुङ र रुकुम पुर्वका १३ वटा विद्यालयका १३४६ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरिएको जनाइएको छ । गत पौष १ देखि ८ गते सम्म सम्वन्धित विद्यालयहरुमा...बाँकी

सिद्धि सेतुली र सानिमा स्मृति पुरस्कार–२०७७ बाट भट्टराई र थकाली सम्मानित

‘सिद्धि सेतुली स्मृति पुरस्कार–२०७७’ बाट महिला उद्यमी हिरा भट्टराई र ‘सानिमा स्मृति पुरस्कार–२०७७’ बाट अपाङ्गताको क्षेत्रमा रही काम गर्दै आउनुभएकी गण्डकी बहिरा संघकी उपाध्यक्ष प्रमिला थकाली सम्मानित भएका छन् । बुधबार सिद्धि सेतुली प्रतिष्ठान, पोखराको...बाँकी

व्यवसाय जीवन रक्षा कोषको पोखरा पर्यटन परिषद्द्धारा स्वागत

गण्डकी प्रदेश सरकारले मंगलबार शुभारम्भ गरेको व्यवसाय जीवन रक्षा कोषको पोखरा पर्यटन परिषद्ले स्वागत गरेको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको निर्णय स्वागत योग्य भएको र योसँगै सरकारले जारी...बाँकी

कोरोनाबाट पोखरामा थप २ जनाको मृत्यु

कोरोनाबाट पछिल्लो २४ घण्टामा पोखरामा २ जनाको मृत्यु भएको छ । विभिन्न रोग सहित कोरोना संक्रमित भएका पोखरा र स्याङजाका दुई जना महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा बुधबार एक घण्टाको फरकमा मृत्यु भएको...बाँकी

बैदाम प्रहरीमा महिला इन्चार्ज ः सुरक्षा चुनौती सम्हाल्दै

  पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको जिम्मेवारीमा प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाएकी छन् । केही दिनअघि मात्र जिम्मेवारी सम्हाल्नुभएका प्रमुख तामाङलाई पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च...बाँकी

सूचनाको हकका लागि पोखरा ८ वडा संजालमा काकी

सूचनाको हकका लागि राष्ट्रिय संजाल नेपाल पोखरा महानगरको आयोजनामा मंगलबार पोखरा ८ स्तरिय वडा भेलाले सागर कार्कीको संयोजकत्वमा ९ सदस्यीय वडा संजाल गठन गरेको छ । वडा संजालको सहसंयोजकमा विश्वप्रकाश वराल सदस्य सचिवमा सुनिता लामिछाने...बाँकी

नेपाली कांग्रेस २२ ले गर्यो विरोध सभा

केपि ओलि नेतृत्वमा रहेकोे कम्युनिस्ट सरकारले गरेको प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली का·्रेस वडा नम्बर २२ पुम्दी–भुम्दी ईकाई समितिले बिहिवार विरोधसभा गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली का·्रेसका नेता खेमराज पौडेलले प्रधानमन्त्रीले चालेको...बाँकी

पुस्तक तथा स्टेशनरी व्यवसायीलाई पोखरामा स्वागत

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले पोखरामा एक कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यशाला कार्यक्रममा चितवन जिल्लामा हालै नव निर्वाचित कार्यसमितीलाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघकास्कीले पोखरामा स्वागत तथा बधाई...बाँकी

स्याङ्जाका ९७ वडामा कांग्रेसको बिरोध सभा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार स्याङ्जामा ९७ वडामा बिरोध सभा सम्पन्न भएका छन् । केपी ओली सरकारले गरेको असंबैधानिक कदम विरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाली काँग्रेस माघ ८ गते जिल्लाका...बाँकी

कृषि विकास बैंकको वार्षिकोत्सवमा खुल्ला रक्तदान

कृषि विकास बैंकको ५४ औं वार्षिक उत्सवको अवसरमा बैंकमा क्रियाशिल दुई वटा कर्मचारी संगठन नेपाल वित्तिय संस्था कर्मचारी संघ र कृषि विकास वैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा पोखरा विन्ध्यवासिनी मन्दिरमा शुद्ध पिउने पानीको लागि...बाँकी