Pokharapatra National Daily

जनप्रिय माध्यमिक विद्यालयको ५२ औ वार्षिकोत्सव समारोह सम्पन्न

जनप्रिय माध्यमिक विद्यालय को ५२ औ बार्षिकोत्सव समारोह अभिभावक भेला एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले विद्यालयको शैक्षिक गुणस्तरका लागि स्थानीय सरकारको तर्फबाट कुनै पनि सहयोग गर्न कसर बाकी नराख्ने बताए । उनले विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दै गएकोप्रति खुसी व्यक्त समेत गरे । उनले प्राविधिक शिक्षा सहितको अध्यापनले पोखराको नमुना विद्यालयको रुपमा स्थापित भएकोमा बधाई समेत दिए । विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्रध्यानाध्यापक देवीप्रसाद बस्ताकोटीले शिक्षा समाजको ऐना हो, जीवन जीउने आधार हो र विकासको मेरुदण्ड भएको हुँदा आवश्यकता अनुसार विद्यालयमा अहिले विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र सिभिल ईन्जिनियरिङ्ग समेत संचालन रहेको जानकारी दिए । विद्यालयको भौतिक एवम् आर्थिक प्रगति संगै शैक्षिक गुणस्तरमा सुधार आए सँगै विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको समेत उनले बताए । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले समग्र विश्व प्रभावित भईरहेको सन्दर्भमा भर्चुअल रुपमा पठनपाठन कार्यलाई सुचारु गर्नको लागि श्री जनप्रिय सेकेण्डरी स्कुल नामक स्कुल एप्स तयार गरी अनलाइन कक्षा मार्फत विद्यार्थी एवं अभिभावकहरुलाई प्रविधि मार्फत जोड्न सफल रहेको जानकारी गराए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे, राम बहादुर गिरी, अभिभावक संघका अध्यक्ष टिकाराम पौडेल, जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस सञ्चालक समितीका अध्यक्ष तारा गिरी, छिमेकी विद्यालयको तर्फबाट श्री राम आधारभूत विद्यालयका अध्यक्ष सोमनाथ बराल, जनप्रिय पूर्व विद्याथी मञ्चका अध्यक्ष सरोजनारायण बराल, निवर्तमान प्रधानाध्यापक बाबुराम पौडेल, अभिभावक होमनाथ सिग्देल, विद्यार्थी छात्रा क्षितिज थापा र यो वर्षका वर्ष विद्यार्थी कक्षा १० का जगदिश चापागाई लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन विद्यालयका शिक्षक सुष्मा थापाले गर्नुभएको कार्यक्रममा स्वागत प्रात ः सत्रका संयोजक इन्द्र बहादुर थापाले गरेका थिए भने धन्यवाद ज्ञापन विद्यालय व्यवस्थापन समितिका सदस्य रमेश बरालले गरेका थिए । कार्यक्रममा निवर्तमान प्रध्यानाध्यापक बाबुराम पौडेल, शिक्षकहरु सजना आचार्य, वुद्धिसागर घिमिरे, ई. महेन्द्र पौडेल, आशिष अधिकारी र सृजना थापालाई विदाई गरिएको थियो । कार्यक्रममा शिक्षकहरु दिननाथ तिवारी, बसन्ती सुवेदी, सुमित्रा बराल, गायत्री सिग्देल र कार्यालय सहयोगी कविता गिरी र यशोधा आचार्यलाई पुरस्कृत तथा सम्मान गरिएको थियोे । कार्यक्रममा पूर्व प्राथमिक देखि कक्षा १२ सम्म पुरस्कार वितरण तसमेत गरिएको थियो । विद्यालयमा विभिन्न व्यक्ति तथा संस्थाको नाममा अक्षयकोष स्थापना भएका छन् ।
वि.स. २०१३ सालमा तत्कालिन समाजसेवी, वुद्धिजीवी, शिक्षाप्रेमीको सत्प्रयासबाट भानु प्राथमिक पाठशाला स्थापना भएको र २०२५ सालमा सवैको प्रिय जनप्रियको नामाकरणबाट विधिवत् पठन–पाठन शुरु भएको हो ।

प्रतिकृया दिनुहोस्