Pokharapatra National Daily

नेपाली काँग्रेस पोखरा १२ को विरोध प्रदर्शन

प्रतिनिधि सभा विघटनविरुद्व नेपाली कांग्रेसले बिहीबार पोखरा महानगरपालिका वडा इकाइ १२ ले विरोधसभा गरेको छ ।
कार्यक्रममा प्रमुख अथिती निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (ख) का सभापति कृष्ण कोइरालाले कम्युनिष्ट सरकारले प्रजातन्त्र धरापमा राखेको आरोप लगाउदै नेपाली जनताको सच्चा पार्टी नेपाली कांग्रेस रहेको बताउदै कोइरालाले लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने छुट कसैलाई नभएको बताए । कार्यक्रममा पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष राम बहादुर कार्की नेपाली काग्रेसका क्रियासील सदस्य बल बहादुर कार्की लगाएतले ओलीले असंवैधानिक कदम चालेको उल्लेख गर्दै तुरुन्तै सच्चाउनुपर्ने धारणा राखे । नेपाली कांग्रेस १२ का उप(सभापति गोबिन्द बहादुर रानामगरको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन इकाई सचिव रामजी प्र.बास्तोलाले गरेका थिए । बिरोध कार्यक्रम गुम्बाफेदीमा जम्मा भइ पुरानो धारासम्म सयौंको संख्यामा रैयाली गरि सितलादेवी मन्दिरको प्राङ्णमा सभा सम्पन्न भएको थियो । प्रतिनिधि सभा विघटनविरुद्व नेपाली कांग्रेसले बिहीबार देशभर प्रदर्शन गरेको छ । कांग्रेसले देशभरका ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गरेको हो । यसैबीच, कास्की कांग्रेसले जिल्लाका ५ पालिकाका कुल ७२ वटा वडामा प्रदर्शन गरेको छ । पोखराका ३३ सहित मादी १२, रुपा ७, अन्नपूर्ण ११ र माछापुच्छे« गाउँपालिकाका ९ वटै वडामा प्रदर्शन गरिएको छ ।

प्रतिकृया दिनुहोस्