Pokharapatra National Daily

आन्तरिक राजश्व कार्यालय पोखराले पुष मसान्तरसम्म ८६ प्रतिशत लक्ष्य हासिल

आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक बर्ष २०७७÷०७८ को पुष मसान्तरसम्म ८६.०९ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको छ ।
प्रथम चौमासिकमा ८० प्रतिशत लक्ष्य हासिल गरेको कार्यालयले ६ महिनामा राजश्व संकलनमा सुधार गर्दै ८६.०९ प्रतिशतले २ अर्ब १५ करोड ९१ लाख २० हजार रुपैया राजश्व संकलन गर्न सफल भएको कार्यालयका सूचना अधिकारी (कर अधिकृत) विजयप्रसाद लामिछानेले बताए । २ अर्ब ५० करोड ८० लाख १६ हजार राजश्व संकलनको लक्ष्य भए पनि कोभिड—१९ ले गर्दा १३.९ प्रतिशत अर्थात ३४ करोड ८८ लाख ९६ हजार राजश्व उठाउन नसकेको उनले जनाए । चालु आर्थिक बर्षको कार्तिक मसान्तरसम्म कार्यालयले ८० प्रतिशतले १ अर्ब ५१ करोड २० लाख राजश्व संकलन गर्ने सफल भएको थियो । कोरोनाको प्रभाव कम भएसंगै विस्तारै आर्थिक कृयाकलाप चलायमान हुदै बजार सहज हुदै गएसंगै करदाताहरु कर तिर्न कार्यालयमा आउन थालेको सूचना अधिकारी लामिछानेले बताए ।
कार्यालयले पुष मसान्तरसम्म आयकर तर्फ १ अर्ब २९ करोड २२ लाख १९ हजार संकलन गर्न सफल भएको छ । १ अर्ब ४४ करोड १० लाख ५८ हजारको लक्ष्य भएकोमा कार्यालयले ८९.६७ प्रतिशत मात्र लक्ष्य हासिल गर्न सफल भएको सूचना अधिकारी लामिछानेले बताए । त्यस्तै व्यवसायिक घर वहाल कर तर्फ २ करोड ३५ लाख २१ हजार राजश्व संकलन गरेको छ । ७ करोड ५८ लाख ८ हजारको लक्ष्य भए पनि कार्यालयले ६ महिनामा ३१.०३ प्रतिशत मात्र लक्ष्य हासिल गरेको हो । त्यसै गरी कार्यालयले पुष मसान्तरसम्म व्याज तर्फ १ सय १० प्रतिशत अर्थात १४ करोड ९६ लाख १ हजार राजश्व संकलन गर्न सफल भयो । त्यस्तै मुल्य अभिबृद्धिकर तर्फ ७७ प्रतिशत लक्ष्य हासिल गर्दा ५७ करोड ७ लाख ६६ हजार राजश्व संकलन भएको छ भने अन्तः शुल्क तर्फ १ सय २२ प्रतिशतले लक्ष्य हासिल भएको सूचना अधिकारी लामिछानेले जनाए । ६ महिनामा कार्यालयले अन्त शुल्कबाट १२ करोड २७ लाख १५ हजार राजश्व संकलन गरेको हो भने लक्ष्य १० करोड १५ हजार मात्र रहेको थियो ।
यस चालु आ.व.को पुष मसान्तरसम्म उक्त कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर ९९ हजार ३ सय ३८ जना ले लिएका छन् । कास्की र स्याङजा जिल्ला कार्यक्षेत्र भएकोले उक्त कार्यालयमा हालसम्म १ लाख ५२ हजार २ सय ४ जना करदाता रहेकाछन् भने व्वसायी स्थायी लेखा नम्बर लिनेको सङख्या ५२ हजार ८ सय ३२ जना रहेको छ । मुल्य अभिबृद्धिकरमा ११ हजार १ सय २० जना दर्ता भएका छन् ।
यस चालु आर्थिक बर्षमा कार्यालयले ४ अर्ब ८२ करोड २७ लाख राजश्व संकलन गर्ने लक्ष्य प्राप्त गरेको छ । उक्त लक्ष्य प्राप्तीको लागि हाल कार्यालयबाट आयकर छुट, विभिन्न कर मैत्रि कार्यक्रम संचालन, २०७३ साल अघिको कर मिनाहाः लगायतका कार्यक्रमले गर्दा लक्ष्य अनुसार कर संकलन हुने लामिछानेले जनाए । २०७३ साल भन्दा अघिको पुरानो कर भएमा यही फागुन मसान्तर भित्र तिर्दा आयकरमा छुट हुने भएको उनले जनाए ।
करको व्याजमा विलम्ब शुल्कमा समेत २५ प्रतिशत छुटको व्याबस्था गरिएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्