Pokharapatra National Daily

पोखरामा आँखा, हात, खुट्टा, नङको सौन्दर्यकरण गर्न सिजि ब्राउज एण्ड नेल्स स्थापना

स्वदेश तथा विदेशमा माग बढेसंगै पोखरामा आँखा, हात, खुट्टा, नङको सौन्दर्यकरण गर्न सिजि ब्राउज एण्ड नेल्स स्थापना भएको छ ।
युरोप देखि स्वदेशमा समेत आँखा, हात, खुट्टा, नङको सौन्दर्यकरण गर्न ग्राहकहरुको माग भएकोले पोखराको महेन्द्रपुल स्थित एस.लोटस भवनमा सिजि ब्राउज एण्ड नेल्स स्थापना गरिएको संस्थाकी प्रबन्धक चिनु गुरुङले बताइन् ।
यही माघ १२ गते सोमबार उक्त सिजि ब्राउज एण्ड नेल्सको औपचारिक रुपमा उद्घाटन हुने कार्यक्रम तय गरिएको उनले शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएकी हुन् । साँढे दुई दशक सौन्दर्य क्षेत्रमा लाग्र्दै आएकी गुरुङले स्वदेश तथा विदेशमा अध्ययन गर्न जाने बिद्यार्थीहरु समेत लक्षित गरी प्रशिक्षणको समेत व्याबस्था गरिएको संचालक गुरुङले जनाइन्। नेल टेक्निकल, लेस ब्राउन टेक्निकल कोर्ष गरी सिप सिकाएर दक्षता हासिल गर्ने माग भएकोले प्रविधि विकास र आधुनिक प्रविधिसंगसंगै सिटिइभिटि संगको सहकार्यमा र अन्तराष्ट्रिय रुपमा विकसित मुलुकहरुको प्राविधिक शिक्षालाई अबलम्बन समेत गरिएको उनले दाबी गरिन् । बेरोजगार युवा जमातलाई उक्त तालिमले थोरै भए पनि स्वरोजगारको बाटो खुल्ला गर्ने भएको गुरुङको भनाई छ ।
गुरुङ व्यूटि पार्लर एण्ड एकेडेमी प्रा.लि.बाट धेरै सौन्दर्यकर्मी समेत जन्माउन सफल एक सफल व्यवसायी गुरुङले एकेडेमीका ६ वटा शाखामा ४६ जना कर्मचारीलाई रोजगार दिएकी उनले सिजि ब्राउज एण्ड नेल्समा ७ जना कर्मचारीलाई रोजगार दिने भएको बताइन् ।
आर्थिक रुपमा कमजोर भएका, विपन्न बर्ग, घरेलु हिंसामा परेका लगायतकालाई दक्ष जनशक्ति उत्पादन गर्न र पुनस्थापना गर्न समेत विभिन्न तालिम दिदै आएको उनले दाबी गरिन् ।

प्रतिकृया दिनुहोस्