Pokharapatra National Daily

हिंसालाई संस्कृति र परम्पराको नाउँमा नसहौं — मन्त्री पुन

श्रमिक महिलाहरुले आर्थिक अभावका कारण पाठेघर, स्तनको क्यान्सर लगायत जस्ता रोगहरु लुकाएर बस्नु परेको, छोरा जन्माउन कै लागि महिलाले धेरै सन्तान जन्माउनु परेको, छोराको चाहनामा अनिश्चीत र असुरक्षीत गर्भपतनले महिलाहरुमा अर्को ठूलो रोग लाग्ने गरेको एक कार्यक्रममा सहभागीहरुले समस्या उजागर गरेका छन् ।
सधै जसो सडक संर्घष गरी हक अधिकार प्राप्तीको लडाई लड्ने श्रमिक महिलाहरुले यस पटक भने आफ्नै सभाकक्षमा स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गरेका छन् । महिला हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंसिर २५ गते पोखराका मजदुर महिलाहरुले स्वस्थ्य सम्बन्धी चेतनामुलक र्कायक्रम गरेर अभियान सम्पन्न गरेका छन् । जिफन्ट केन्द्रिय महिला कमिटीले आयोजना गरेको सो कार्यक्रममा सामाजिक बिकास मन्त्री नरदेबी पुनले समाजमा महिलामाथी हुने गरेको हिंसालाई संस्कृति परम्पराका नाउँमा सहेर बस्न नहुने बताईन् । उनले समाज सुधारका लागि समाजमा बिकृति कुरिति बिसंगतिलाई सबैले मिले तोड्नु पर्नेमा जोड दिईन ।
कार्यक्रममा श्रमिक महिलाहरुले आफ्नो शरिरलाई कसरी स्वास्थ्य राख्ने भन्ने बारे बरिष्ठ स्त्री रोग बिशेषज्ञ डाक्टर चण्डीका पण्डीतले जानकारी गराएकी थिईन । डाक्टर पण्डीतले हाम्रो जस्तो कम आर्यआजर्न भएको र त्यसमा पनि महिलाको आर्थिक क्षेत्रम पहुच नपुगेको कारणले गर्दा महिलाहरु बिभन्न रोगका शिकार हुनु परेको बताईन् । उनले भनिन् महिलालाई हुने यौन सम्बन्धी रोगहरु लाज र संकोचका कारण लुकाउन नहुने बताईन । रोग लाग्नु भन्दा अगावै स्वास्थ्य सम्बन्धि सचेतनाका उपायहरु अपनाएर केहि हद सम्म नियन्त्रण गर्न सकिने बताईन् ।
सो अवसरका जिफन्ट महिला कमिटीका अध्यक्ष, जिफन्टका उपाध्यक्ष तथा गण्डकी प्रदेशका सांसद मिना गुरुङले महिलाहरुले आफ्नो स्वास्थ्य प्रति सचेत रहनु पर्ने,लाज र संकोच मान्दा ठूला र धेरै आर्थिक ब्यय हुने जानकारी गराईन् । सो अवसरमा उनले निमार्ण लगायतका क्षेत्रका मजदुरहरुले गरुङगो प्रकृतिको काम गर्नुपर्ने र संधै धुलोमाटोमा खेल्नु पर्ने हुदा स्वास्थमा सजगता अपनाउन जोड दिईन । प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले महिलाहरुले स्वास्थ्य बिग्रिएको कारणले पनि हिंसाको शिकार हुनु परेको बताईन । समजमा हिंसाका घटनाबढ्दै गएकोले समाजले पनि हिंसा पीडितलाई साथ दिनु पर्नेमा जोड दिईन् । सो अवसरमा डाक्टर लक्ष्मी पन्थीले आपतकालिन अवस्थामा डाक्टर नभएको बेला स्वास्थ्य सम्बन्धी सीप सिकेमा पाँच जनालाई बचाउन सकिने बारे जानकारी गराईन ।
जिफन्ट गण्डकीका अध्यक्ष रुद्रबहादुर खत्रीले महिलाहरुलाई महिलामाथी संस्कृति र्धम परम्पराका नाममा भएको बिभेद महिला स्वयंले नै अन्य गर्न अग्रसर हुनु पर्नेमा जोड दिए । जिफन्ट राष्ट्रिय परिषद सदस्य पम्फा पहारी, सदस्य संगिता पाण्डे लगायतले अव महिलाहरु आफ्नो समास्याबारे खुलेर बोल्नु पर्नेमा जोड दिए । सो कार्यक्रमा निर्माण, कृषि, निजी शिक्षक, सौन्दर्यकर्मि लगायतका क्षेत्रमा काम गर्ने करिव पचास जना श्रमिकहरुको उपस्थिती रहेको
थियो ।

प्रतिकृया दिनुहोस्