
पोखरामा जेनजी समूहको आन्दोलन भड्किएसंगै ५ जना प्रदर्शनकारी सहित ४ जना सुरक्षाकर्मी घाइते भएकाछन । आन्दोलनको क्रममा २९ जनालाई पक्राउ गरिएको कास्की प्रशासनले जनाएको छ ।
पोखरामा सोमबार जेनजी समुहको आन्दोलनको क्रममा आन्दोनलकारी र सुरक्षकर्मी सहित ९ जना घाईत भएको बताउदै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उश्रृंखल व्यवहार गर्ने २९ जनालाई पक्राउ गरिएको उल्लेख गरिन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आन्दोलनकारीहरुले तोडफोड समेत गरेकाछन भने एक सरकारी गाडी माथि तोडफाड गरेका थिए ।
स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारदिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि पोखराको शहीदचोक, राष्ट्रबैंक चोक र मुख्यमन्त्री कार्यालय आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रजिअ शर्माद्धारा जारी प्रेस विज्ञेप्तिमा उक्त सूचना जारी गरेकी हुन् । पोखराको रत्नचोक क्षेत्रमा सोमबार दिनभर जसो प्रहरी र आन्दोलनकारी बिच पटक पटक झडप हुदाँ त्यहाँको अबस्था असामान्य भएको थियो । आन्दोलनकारीले प्रहरी माथि ढुंगा प्रहार गर्दै सडकमा टायर समेत वालेर बिरोध गर्दा प्रहरीले अश्रु ग्याँस तथा रवरको गोली प्रहार गरेको थियो ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता गर्नुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने मागसहित आन्दोलनमा उत्र्रिएको जेनजी समुहले पोखरामा सोमबार बृहत बिरोध सहित जुलुस प्रर्दशनी गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झ्यालका सिसा तोडफोड गरेसंगै प्रहरी र आन्दोलनकारी बिच झडकको अबस्था सृजना भएको हो । आन्दोलनकारीले गण्डकी प्रदेशको वन मन्त्रालयको सवारी साधन बा २ झ ४२२ नम्बरको गाडी तोडफोड गरेका छन् ।
गम्भीर घाइतेमध्ये विनेस गुरुङलाई आँखा भन्दा माथिको भागमा गोली लागेको छ भने उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । उनी खतरामुक्त भएको अस्पताल श्रोतले जनाएको छ ।
सोमबार बिहान ९ बजेदेखि सभागृह चोकबाट सुरु भएको प्रदर्शन चिप्लेढुंगा हुँदै मानवअधिकार चोकसम्म पुगेपछि स्थिति तनावपूर्ण बनेको हो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता गर्नुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने मागसहित जेनजी पुस्ताका युवाहरू सडकमा उत्र्रिएको थियो । पोखराको उक्त आन्दोलनमा जेनजी समुहकोका युवा तथा विद्यार्थीहरुको समुह सडकमा उत्र्रिदै नारा जुलुस प्रर्दशन गरेका थिए । उक्त आन्दोलनमा केही राजनीतिक दलका नेताहरु समेत देखा परेका थिए । बेलुका अवेरसम्म पोखरामा पनि युवाहरुको आन्दोलन जारी रहेको थियो ।