Pokharapatra National Daily

गण्डकी प्रदेशमा ५ सय जनामा डेंगु संक्रमण, एकको मृत्यु

गण्डकी प्रदेशमा डेंगु संक्रमण, आँखा पाक्ने रोग र साँपु रोगको संक्रमण हाल देखा परेकोले यस प्रति सजग रहन गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
प्रदेशमा यस बर्ष डेंगु संक्रमणबाट एक जनाको ज्यान गएको छ भने अन्य रोगको संक्रमण बढे पनि नियन्त्रणमै रहेको मन्त्रालयले दाबी गरेको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्रथामिकता साथ विभिन्न कार्यक्रम अघि सारेको बताइन्। डाइलायसिस गर्ने बरामीहरुलाई उक्त सेवाको पहुच पुराउने तर्फ आफुहरुको ध्यान केन्द्रित भएको मन्त्री सिंखडाले बताइन् । प्रदेशमा हाल ५ सय ७६ जना बिरामीहरुले डायलायसिस सेवा लिई रहेकोमा ३ सय ३ जना डायलायसिस सेवाको पर्खाइमा रहेकाले उक्त सङख्या शुन्यमा झार्ने आफुहरुको अभियान भएको मन्त्री सिंखडाको भनाई छ । मन्त्री सिंखडाले पदभार सम्हालेको एक सय दिन भएको अवसरमा बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै आगामी ६ महिना भित्र प्रदेशमा डायलायसिस सेवा लिन कसैले पालो कुर्न नपर्ने दाबी गरिन् । प्रदेशमा हाल ९ सरकारी र निजी ६ वटा गरी १५ वटा स्वास्थ्य संस्थाबाट डायलासिस सेवा प्रदान गर्दै आएको मन्त्रालयले जनाएको छ ।
संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा आवश्यक जनशक्ति, औजार उपकरण र भौतिक पूर्वाधारको व्यबस्थापन गरी २५ शैया क्षमताको डायलायसिस केन्द्र स्थापना गरी संचालन गरिएको मन्त्री सिंखडाले बताइन् । गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा हाल १२ वटा डायलायसिस मेसिन जडान गरिएको उनले जनाइन्। उक्त अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरी संचालनको लागि गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको २०८०÷४÷२४ को बैठकबाट बिषेश चिकित्सक सहित ४८ जना जनशक्तिको अस्थायी दरवन्दी स्वकृत गरेको थियो ।
प्रदेश अन्र्तगतका सबै अस्पतालको डायलायसिस सेवा सूचारु कार्यक्रमलाई निरन्तरता दिई थप व्यबस्थित बनाइएको मन्त्री सिंखडाले बताइन् । दमौली, लमजुङ, स्याङजा र पर्वत अस्पतालमा २÷२ थान डायलायसिस मेसिन थप गरी संचालन गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य क्षेत्रलाई बिषेश प्रथामिकता राखेर नीति तथा कार्यक्रम ल्याई सोही अनुसार कार्यक्रम र बजेटको व्यबस्था गरिएको मन्त्री सिंखडाले दाबी गरिन । आकस्मिक सेवा व्यबस्थापनलाई व्यबस्थित बनाउन १०२ नम्बरको सम्पर्क सहित एमबुलेन्स डिस्पाच सेन्टर को सेवा सुरु गरिएको उनले जनाइन् । प्रदेशमा हाल भएका ३ सय एम्बुलेन्स मध्य १ सय २२ वटामा जिपिएस सिस्टम जडान गरिएको मन्त्रालयका सचिव डा.विनोद विन्दु शर्माले बताए ।
गण्डकी प्रदेशमा हालसम्म आँखा पाक्ने रोगबाट ११ हजार ९ सय २८ जना प्रभावित भएको सचिव डा.शर्माले उल्लेख गरे । आँखामा कालो भाग देखिने गरी प्रदेशमा खासै जटिल समस्या नभएको उनको भनाई थियो । प्रदेशमा करिब ५ सय जना डंगुबाट प्रभावित भए पनि तनहुँमा भने एक जनाको डेंगुका कारण मृत्यु भएको सचिव डा.शमाले बताए । कोरोना बिरुद्धको चौथो चरणको बुष्टरडोज हाल पनि जारी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अर्को सचिव वद्रीनाथ अधिकारीले पोखरा रंगशाला भित्र भएको व्यतिथीलाई नियन्त्रण गर्न प्रदेश माताहातमा ल्याउनु पर्ने बताए । खेलकुदको विकासको लागि खेलकुद नीति निर्माणको चरणमा रहेको उनले बताए । निकै कम शुल्कमा ल्याप समेत संचालन भएको मन्त्रालयले जनाएको छ । बजेट बनाउन र नयाँ निती नियम बनाउदा तीन महिना समय वितेको उल्लेख गर्दै मन्त्री सिंखडाले जति समेत मन्त्री पदमा रहुन्जेल प्रदेश बासीको हितमा काम गर्ने बताइन् ।

प्रतिकृया दिनुहोस्