Pokharapatra National Daily

आत्महत्याबाट हुने मृत्युका घटनालाई निरुत्साहित गर्न आग्रह

आत्महत्याबाट हुने मृत्युका घटनालाई निरुत्साहित गर्न मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा आग्रह गरिएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले मंगलबार पोखरामा आयोजना गरेको आत्महत्या रिपोटीङ सम्बन्धि पत्रकार कार्यशालामा सहभागिहरुले उक्त आग्रह गर्नु भएको हो । नेपालमा हाल दैनिक जसो करिब १६ जनाको आत्महत्याबाट मृत्यु हुने भएको तथ्याङ्कलाई शुन्यमा झार्न सचेतना अभियानसंगै त्यस्ता घटनाहरुलाई निरुत्साहित गर्नुपर्ने सहभागीहरुले बताएका हुन्। आत्महत्या रोकथाम सम्बन्धी संचारकर्मीहरुका लागि मार्गदर्शन २०८० मा आत्महत्याबाट मृत्यु भएका समाचारलाई प्रथामिकता नदिने, आत्महत्याबाट मृत्यु भएका घटना, समय, स्थान उल्लेख नगर्ने, पिडामा परेका आफन्तलाई असर नपर्ने गरी सोधपुछ गर्ने, आत्महत्या गर्दा प्रयोग भएको बस्तु तथा साधन समेत उल्लेख नगर्ने लगायतका बिषयमा विशेष ध्यान दिन आग्रह गरिएको छ । यसैबिच, गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुशिला सिंखडाले आत्महत्याबाट हुने मुत्युलाई न्यूनिकरण गर्न टोलटोलमा सचेतना अभियान नै सुरु गर्नुपर्ने बताउनुभयो । आत्महत्यालाई नियन्त्रण गर्न गहिरो अध्ययन अनुसन्धान गर्नु पर्ने बताउदै उहाँले यसको रोकथामको लागि सबै क्षेत्र गम्भिर भएर लाग्नुपर्नेमा जोड दिनु भयो । मानव स्वास्थ्यमा देखिने समस्या, घरमा असमान, शिक्षामा असमानता, प्रेम सम्बन्धका कारणले गर्दा पनि समाजमा आत्महत्याबाट व्यक्तिहरुको मुत्यु भएको मन्त्री सिंखडाको भनाई थियो । कार्यक्रममा केन्द्रका निर्देशक सुनिलराज शर्माले आत्महत्याबाट मृत्यु हुने सङख्या कास्कीमा पनि उच्च रहेकोले त्यसको रोकथामको लागि सरोकारवालाहरुसँग छलफल गरिएको बताउनुभयो । विश्वमा वर्षेनी करिब ८ लाख मानिसहरु आत्महत्याबाट मुत्यु हुने गरेको छ भने नेपालमा गत बर्ष ६ हजार बढीको आत्महत्याको कारण ज्यान गएको छ ।
उक्त गोष्ठीमा डा. मनोचिकित्सक बासु कार्कीले सन् २००८ देखि विश्व स्वास्थ्य संगठनले आत्महत्याबाट हुने मुत्युलाई नियन्त्रण गर्न मार्गदर्शन लागु भएको बताउनुभयो । ९० प्रतिशत स्वास्थ्यका कारण आत्महत्या गर्ने गरेकोले उहाँले जनाउनुभयो । व्यक्ति शारीरिक रुपमा स्वास्थ्य र स्वच्छ भए पनि सामाजिक, मानसिक, शारीरिक रुपमा समेत स्वस्थ्य हुन आवश्यक भएको डा.कार्कीले बताउनु भयो । केन्द्रका डा. भक्त के. सी. ले आत्महत्याको रोकथाम र नियन्त्रणका लागि ११६६ हट्लाईन नम्बर वडासम्म पुर्याउन अनुरोध गरिएको बताउनु भयो । आत्महत्याको समाचार लेख्दा जहिले पनि सकरात्मक ढंगले लेख्नु पर्ने बताउनु भयो । सेलीब्रेटीहरूको आत्महत्याको घटनाको बिषयमा अझ बढी सावधानी अप्नाउनु पर्ने डा. के. सी. ले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्माले आत्महत्याबाट हुने मुत्युदरलाई अब घटाउन तर्फ सबै लाग्नुपर्ने समय आएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्