Pokharapatra National Daily

कास्की र नवलपुरमा क्षयरोगका बिरामी बढे

क्षयरोगको उपचार गर्ने दक्ष जनशक्ति सहितको अस्पताल भएको कास्कीमा प्रदेशका अन्य जिल्लामा भन्दा बढी क्षयरोगका बिरामी भेटिएका छन् ।
पछिल्लो ८ महिनामा कास्कीमा अन्य जिल्लामा भन्दा धेरै ३ सय ६ जना क्षयरोगका बिरामी भेटिएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । चलु बर्षको फागुन मसान्तरसम्म प्रदेशका सबैभन्दा कम मनाङका ३ र मुस्ताङका ४ जना क्षयरोगका बिरामी भेटिएको सेफ द चिल्ड्रेनका क्षयरोग संयोजक राजेश यादवले बताए । त्यसै गरी कास्की पछि नवलपुरमा चालु बर्षको फागुन सम्म २ सय ९१, स्याङ्जामा १ सय ५२, तनहुँमा १ सय ५०, बाग्लुङमा १ सय २३, गोरखामा १ सय ३, लमजुङमा ४८,पर्वतमा ४३ र म्याग्दीमा ३३ जना क्षयरोगका बिरामी भेटिएको संयोजक यादवले बताए ।
गण्डकी प्रदेशमा गत आर्थिक वर्ष २०७८÷०७९ मा क्षयरोगका कारण ९२ जनाको मृत्यु भएको छ । विहिबार सार्वजनिक गरिएको तथ्याङक अनुसार गण्डकी प्रदेशमा गत बर्ष ८ सय ९९ महिला सहित २ हजार ४ सय ४७ जना क्षयरोगका बिरामी फेला परेका थिए । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङक अनुसार गण्डकी प्रदेशमा यस चालु बर्षको ८ महिनामा १ हजार २ सय ५६ जना क्षयरोगका नयाँ बिरामी भेटिएका छन् । यस चालु बर्षको फागुनसम्म ४ सय ६५ महिला र पुरुष ७ सय ९१ जना क्षयरोगका बिरामी थपिएका हुन् ।
उनका अनुसार अब गण्डकी प्रदेशमा क्षयरोग भुषको आगो फैलेलै फैलिएका कारण क्षयरोगका कारण चालु बर्षमा दैनिक जसो ४ जना क्षयरोगका कारण मृत्यु हुन थालेको दाबी गरे । क्षयरोगका बिरामीहरुले उच्च सावधानि अपनाउन नसक्दा धेरै जनालाई सार्न सक्ने हुदा निःशुल्क रुपमा उपचार हुने यस रोगको समयमै पहिचान गरे निको हुने उनले दाबी गरे । क्षयरोग उपचार केन्द्र पोखराका निमिक्त निर्देशक अरुण कुमार झाले क्षयरोगको सोलीङ कल्चर परिक्षण पोखरामा अब हुने भएको बताए । उक्त परिक्षण काठमाण्डौंमा मात्र हुदा आफुहरुले महिना दिनसम्म रिपोर्ट कुर्नुपर्ने बाध्यता अब हट्ने भएको उनले बताए । क्षयरोगका बिरामीहरुको निशुल्क उपचार हुने हुदा हुदै यस रोगलाई नियन्त्रण गर्न सबैको साथ र सहयोग आवश्यक भएको झाले बताए । उनले भने, “नकारात्मक सोच्छन् भनेर धेरै खुल्न चाहादैनन, ‘बिरामीले टिभी छ भनेर पत्याउनुहुन्न, एक हप्ता औषधि खाएर छाड्ने बिरामी पनि भेटिन्छन्, निःशुल्क औषधी उपलब्ध हुदा पनि सरकारी स्वास्थ्य संस्थामा कम आउछन् ।” स्वास्थ्य कार्यालय कास्कीका निमिक्त प्रमुख बद्री आचार्यले मार्च २४ (चैत १० शुक्रबार) विश्व क्षयरोग दिवस “हो हामी क्षयरोग अन्त्य गछौं ”भन्ने मुल नाराका साथ मनाउने भएको बताए । मधुमेह भएकाहरुलाई क्षयरोग हुने सम्भावना बढी हुने हुदा उच्च सावधान अप्नाउदै नियमित रुपमा औषधी सेवन गर्न सुझाव दिए । क्षयरोग एक सरुवा रोग हो, जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ भने एक जना क्षयरोगीले एक बर्षमा १५ जना सम्म सार्न सक्ने चिकित्सकहरुले बताउदै आएका छन्। क्षयरोगको उपचारका लागि गण्डकीमा ७४९ डट्स केन्द्र छ, ३ वटा औषधी प्रतिरोधी क्षयरोग उपचार केन्द्र,१० वटा उपकेन्द्रहरु, ७२ वटा माईक्रोस्कोपी निदान केन्द्र र ८ वटा जिन एक्सपर्ट केन्द्रहरु रहेको केन्द्रले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ बन्जरा, महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले क्षयरोग नियन्त्रण गर्न अब थप जिम्मेवार बहन गर्नुपर्नेमा जोड दिए । पत्रकार फडिन्द्र अकिन्चनले क्षयरोगीका बिरामीलाई उपचार केन्द्रले समेत राम्रो रेस्पोन्स नगरेका कारण केही बिरामी काठमाण्डौं जानुपर्ने बाध्यता बनाएको दाबी गरे ।

प्रतिकृया दिनुहोस्