हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं । कहिले काहीँ असुन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं विरामीहरुको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्जा मिल्छ । यो भाग्यको कुरा पनि हो । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन पत्रकार केशव शरण लामिछानले प्रस्तोता रहेको कर्यक्रममा डा भगवान कोइरालाले सो कुरा वताएका हुन ।
संस्कृतिमा मेरो असाध्यै राम्रो थियो । भाषामा मात्रै दख्खल थिएँ होला त्यो बेला । अख्यानमा म कमजोर नै थिएँ । साइन्स वायोलोजिमा राम्रो भएकोले म त्यतातिर लागे । पुस्तकमा त्यस्तो फूलबुट्टा भरिएको छैन, मलाई जस्ताको जस्तै प्रस्तुत गरिएको डा कोइरालाले भने । एउटा पुस्तक २५ हजार मूल्यमा बिक्री गरेर सात प्रदेशमा विशिष्टिकृत बाल अस्पताल खोल्न सम्भव देख्नुहुन्छ ? भनेर पत्रकार लामिछानले राखेको प्रश्नमा सम्भव छैन भन्ने कुरामा क्लियर छु,त्यो अपेक्षा पनि राखेको छैन ।देशका लागि चाहिएको विषय हो । सरकारले यस्ता खालका अस्पतात खोल्न सकेको छैन । तर तपाईले यो उमेर आएर यो जोखिम किन मोल्न खोजेको ? भन्ने अर्को प्रश्नमा डा कोइराला भन्छन्–बालअस्पताल सरकारको योजनामा नै पर्छ । यो सबैले मिलेर गर्ने काम हो । यसमा हामी सबैले मिलेर काम गर्न चाहान्छौं । अस्पतालको मोडल पनि सरकार र गैरसकारी क्षेत्रबाट हुने हो । यसलाई सरकारले गर्न नसकेको पनि नभनौं । स्थानीय सरकारको कुरा गर्दा पोखरा महानगरसँग पनि सम्झौता भएको जस्तो लाग्छ । पहिलो विशिष्टिकृत बाल अस्पताल चाहि पोखरामै बन्ने होकी भन्ने आशा पनि गरिएको छ नि भन्ने लामिछानेको अर्को प्रश्नमा डा कोइराला भन्छन्–मेरो पोखरासँग पुर्खैली नाता कतिपयलाई थाहा पनि छैन होला । मेरा पुस्ता पोखाराबाट पाल्पा गएका रहेछन् । त्यसकारण मेरो पोखरासँग आत्मीय सम्बन्ध छ । काठमाडौं भन्दा पहिले यही अस्पतलाको खोल्ने भेर योजना बनाएका थियौं । भेनु खाली नभएकोले काम अलि ढिला भयो भने । आफैमा संवेदना हुँदैन, यो सत्य हो । संवेदना ब्रेनको टिप एरियामा हुन्छ । त्यहीबाट एक्प्रेस भएर मुटुलाई ड्राइभ हुने डा काइरालाले जानकारी दिए । प्रत्येक पटक मुटुलाई खोलेर हेर्दा वा अप्रेशन गरेर ठिक बनाएर फेरि चालु गर्दा अझै पनि एक्साइटमेन्ट आउँछ । मुटुमा एक हिसाबको विशेषता चाहि छ । अरु माशंपेशी भएपनि अरु जस्तो होइन । यसको रिदम हुन्छ । मुटुको बनाउँदा युनिक फिचर मुटुलाई दिएको छ । त्यसैले प्रत्येक मटुलाई टिक गर्दा छुट्टै एक्साइटमेन्ट हुन्छ । अर्काे चुनौती पनि छ । यसअर्थमा हेर्दा धेरै संवेदना भएको महशुस सनाए डा. कोइरालले । अस्पतालमा गम्भीर प्रकृतिको रोगले विरामी भएर आउँदा विरामीको इमोसन र विरामीको आफन्तहरुको इमोसन । आत्तिएका हुन्छन् ।त्यसमा डाक्टरहरुले विचार नपुराएमा कठिन हुन्छ । रोगको र मानसिक रुपमा पनि उपचार गर्नु पर्ने हुन्छ । चिकित्सकले रोगको मात्रै उपचार गर्ने होइन । विरामी र समग्र रुपलाई हेर्ने हो । पहिले विरामीको आफन्तको इमोसनलाई सम्बोधन गर्न सकियो भने समाधान हुने डा. काइरालाले भने ।
विरामीहरुको हँसिलो अनुहारले काम गर्ने ऊर्जा मिल्छ–डा कोइराला
प्रतिकृया दिनुहोस्