Pokharapatra National Daily

पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ –मन्त्री ढकाल

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथासक्य छिटो समाधानको लागि आफूले पहल गर्ने बताएका छन् ।
पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्रिया कार्यक्रममा मन्त्री ढकालले पर्यटनका बारेमा बुझेर व्यवसायीका सुझाव र समस्यालाई समाधान गर्न पहल गर्ने बताएका हुन् । मन्त्री ढकालल कोभिड–१९ का कारण हरेक क्षेत्र प्रभावित भएको र राज्यले नागरिकको ज्यान बचाउन तिर ध्यान केन्द्रित गर्दा अन्य क्षेत्र ओझेलमा पर्न गएको बताए । “धेरै क्षेत्रमा समस्या छ, तर राज्यले नागरिकको ज्यान जोगाउने कुरालाई प्राथमिकतामा राख्दा अन्यत्र केही नगरे जस्ता भएको छ , अब सरकारले अन्यत्र पनि चासो दिएर काम गर्नेछ ।” उनले भने । “रत्नमन्दिर खुला हुन भइरहेको ढिला सुस्तिका विषयमा पनि धेरै कुरा उठेका छन् , रत्न मन्दिर खुला हुन कहाँनेर गाँठो परेको हो त्यो गाँठो फुकाउने कोशिस गर्नेछु ।” उहाँले पर्यटन क्षेत्रका समस्यालाई समाधान गर्न सरोकारवाला र विज्ञको राय सुझाव सहित आएका एकमत आवाजको नेतृत्व गरेर योजनाका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । “म निर्वाचनको मिति तोकेपछिको मन्त्री हुँ ठूला ठूला आश्वासन म दिन्न, यस क्षेत्रका जायज कुरालाई पक्कै सम्बोधन गर्नेछु ।” उनले सरकारले सुशासन प्रत्याभूत हुने गरी काम गरेको र दोषीहरु जेल परेको भन्दै अनियमितता गर्ने कोही पनि उम्कन नसक्ने बताए । छलफल कार्यक्रममा मन्त्री ढकालले निर्धारित समय भित्रै चुनाव हुने र चुनावको विकल्प नभएको पनि उल्लेख गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले वर्तमान अवस्थामा सतप्रतिशत घाटा व्यहोरीरहेको पर्यटन क्षेत्र राज्यले घोषणा गरेको मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायीले समस्या भोग्नु परेको बताए । “पर्यटन क्षेत्र निकै प्रभावित छ, राज्यले छुटटाएको ५० अर्बको व्यवसाय सञ्चालन कोष पनि व्यवसायीले पाउन सकेका छैनन, पर्यटन क्षेत्रबाट व्यवसायी विस्थापित हुँदैछन् अर्बौको लगानी जोखिममा छ, तर सरकारले तदारुकता देखाएन” उहाँले फेवाताल, रत्नमन्दिर, हिमागृह, अन्तराष्टिय एयरपोर्ट बनेपछि आवश्यक अन्य पूर्वाधारको विषयमा पनि मन्त्री ढकाललाई ध्यानाकर्षण गराएका थिए ।
पर्यटन क्षेत्रलाई उद्योगको मान्यता नदिदाँ र राज्यको उदासिनताले यस क्षेत्रको लगानी जोखिममा रहेको उल्लेख गर्दै भट्टराईले राज्यले पर्यटन मैत्री नीति अवलम्बन गरेर बाह्य पर्यटकलाई सहज र सरल रुपमा घुम्न वातावरण बनाउन पनि आग्रह गरे । अग्रज पर्यटन व्यवसायी गणेश भटटराईले सरकारले कोभिड १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्न नसक्दा यस क्षेत्रको भविष्य झनै अन्योलमा भएको उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले विदेशी पर्यटकसँग लिने प्रवेश शुल्कलाई मल्टिपल बनाएर सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे । एक ठाउँमा शुल्क तिरेपछि अर्को ठाउँमा पर्यटक जाँदा समस्या झेल्नुपरेको बताउँदै ‘मल्टिपल इन्ट्रि’ का लागि खुला गर्नुपर्ने उनको भनाइ थियो । छलफल कार्यक्रममा होटल एशोसियशनका केन्द्रिय अध्यक्ष भरत पराजुली सबै कुरा खुला भइरहँदा नेपाल सरकारले अन्तराष्ट्रिय विमान स्थल र भारतीय नाकाको कडाइलाई सहज बनाएर पर्यटकलाई नेपाल आउने वातावरण गराउन पहल गराउनुपर्ने बताए ।
छलफल कार्यक्रममा नेपाल हवाइ खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारी, नेशनल टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)का अध्यक्ष सञ्जयकान्त सिग्देल, इम्ब्रोइडरी एण्ड गार्मेण्ट एशोसियशन (एगा)का अध्यक्ष विश्वराज पोखरेल, टे«किङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) पश्मिाञ्चलका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, महिला पर्यटन व्यवसायी मञ्च (वोटेफका) उपाध्यक्ष उमा भण्डारी, पोखरा उद्योग बाणिज्य संघमा उपाध्यक्ष गोकर्ण कार्की लगायतका व्यवसायीले पर्यटन क्षेत्रमा विद्यमान समस्यालाई न्यूनिकरण गर्दै पर्यटन मैत्री वातावरण निर्माणका लागि यथासक्य पहल गर्न र पर्यटनमा देखिएका अवरोधहरु हटाएर आर्थिक समृद्धिको आधार खडा गर्न मन्त्री ढकाल समक्ष आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्