Pokharapatra National Daily

नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम

नेपाल सुनचाँदी व्यवसायी महासंघ सातै प्रदेशको आयोजनामा गण्डकी प्रदेशको आतिथ्यमा सुनचाँदी व्यवसायमा समस्या र समाधान विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम मधेस प्रदेशका सभापति रामजी साहको सभापतित्व र गण्डकी प्रदेशका प्रमुख सल्लाहकार मोहन कुमार सुनारको प्रमुख अतिथिमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा बागमती प्रदेशका सभापति ज्योति रत्न बज्राचार्यले हामीले प्रदेश मार्फत व्यवसायीहरू का समस्या समाधान गर्छौं, सुन प्रदेश मार्फत बितरण सिफारिस गर् छौं अधिकार दिनुहोस् भनेर धेरै पटक आवाज उठायौ हुन्छ हुन्छ भनि आस्वासन मात्रै पायौं केवल कार्यलयको भाडा तिर्ने र रङरोगन लाएर बस्नुपरेको छ भन्नुभयो । त्यसैगरी एक नम्बर प्रदेशका सभापति राजु धमलाले महासंघ हिजोका पाराले चल्दैन व्यवसायीका धेरै समस्याहरू छन समाधान गर्नका लागि प्रदेशको अवधारणा आएको हो यसलाई रद्दीको टोकरीमा फाल्ने प्रयास नगरौं भन्नुभयो । कर्णाली प्रदेशका सभापति जनक सुनारले यति लामो इतिहास बोकेको महासंघ चिर निद्रामा सुतेको झैं गरेर बस्नु दुखदायी हो अब हामी यसै बस्न हुदैन अधिकार त्यसै पाइदैन र काम कर्त्तव्य बिर्सनु हुदैन भन्नुभयो । सुदुरपश्चिम प्रदेशका सभापति सन्तोष लामिछानेले व्यवसायीका समस्या समाधान गर्छौ भन्दै गर्दा हामी आफै समस्यामा पर्दा महासंघ मुकदर्सक बन्न हुदैन । महासंघ को गरिमा घट्ने कार्यनगर्न आग्रह गर्नु भयो । लुम्बिनी प्रदेशका सभापति बुद्धि दियालीले कार्यक्रममा एजेण्डा प्रस्तुत गर्दै योजनावद्ध ढंगले नलागेसम्म व्यवसायीका समस्या समाधान हुदैन । यी एजेण्डाहरुले महासंघ बलियो र व्यवसायीका समस्या समाधान गर्छ यसका लागि सबैको सहयोग चाहिन्छ भन्नुभयो । अतिथि निर्मल दियालीले हामी जिल्ला संघदेखि नै समस्या को पहिचान गरी समस्या को निराकरण तर्फ लाग्नपर्ने बिचार राख्नु भयो। प्रमुख अतिथ मोहन कुमार सुनारले सुन बितरण का लागि सदस्यता र प्यान नं को आधर नै वैज्ञानिक आधार हो यस समानुपातिक बितरण प्रणालीको निर्णय भएपनि लागु नभएको मा दुख व्यक्त गर्दै अब लागु गर्नैपर्छ। व्यवसायीका धेरै समस्या मापदण्ड निर्देशिकाले समाधान गर्छ हामी अन्तिम समयमा पुग्दा पनि बनाउन सकिएन अब फाइल खोल्नु पर्छ । प्रदेशले जिल्लाका समस्या समाधान गर्ने र महासंघ लाइ सुझाव सल्लाह सहयोग गर्ने हो महासंघ नीति निर्माण र राज्यसंग पहलकदमीमा लाग्ने हो तर त्यसो भएको छैन । समय सापेक्षित रुपमा चल्नुपर्ने बताउनु भयो । सभापति रामजी साहले यसोसियट सदस्यहरूलाई व्यवस्थापन गर्नु पर्छ । सुन बितरण प्रणालीलाई पारदर्शी बनाउनु पर्छ । यसोसियट सदस्यहरूलाई दिइने सुन जिल्ला संघहरू लाइ दिनुपर्छ । सुनका लागि यसोसियट सदस्य होइन भन्ने हो भने एसोसिएट होइन भने निबेदन आएका सबैलाई सदस्यता दिनुपर्छ। भन्नुभयो । अन्तर्क्रिरया मा १५जना प्रदेशका पदाधिकारीहरूले समस्या र समाधान का लगि सुझाव राख्नुभएको थियो । आथित्य प्रदेशका सभापति चन्द्र किशोर गौतमले स्वगत गर्दै एकै थलोमा सातै प्रदेशका सभापति उपसभापति सचिव हरु भेलाभई प्रतिनिधि मुलक उपस्थितिमा तमाम समस्या मा छलफल गर्न पाउनु महत्वपूर्ण हो । व्यवसायी एकतोला सुन किन्दा चार पाँच हजार बढी तिरेर भाउको भाउ बेच्न बाध्य छन् । देशभरि कालो बजारी मौलाउदै छ । ब्यबसायी पलायन हुने अवस्थामा छन । बैक ब्याज ले थिचिएका छन । सरकारी बक्र दुष्टि परि अनुगमन लगायतका समस्या मा छन । व्यवसायीका सुझाव विना गुणस्तर तथा नापतौल ऐन,सम्पत्ति शुद्धिकरण ऐन राजस्व समस्या मा छन । महासंघ र मातहतका संघहरु बेखबर छन के यसरी सम्मानित व्यवसायी बन्न सकिन्छ र कदापि सकिदैन । अब यि समस्या आउन दिनु हुदैन त्यसका लागि जस्तो संघर्ष गर्न पनि पछि नपर्ने बताउदै कार्यक्रम गर्ने अबसर दिनुभएको मा धन्यवाद दिनु भयो । कार्यक्रम गण्डकी प्रदेशका सचिव रविन विश्वकर्माले संचालन गर्नु भएको थियो। ३५ जना प्रतिनिधिले भाग लिएको कार्यक्रमको निर्णय जस्ताको त्यस्तै महासंघलाई बुझाउने करा सभापति रामजी साहले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस्