Pokharapatra National Daily

गण्डकी प्रदेशमा तीन महिनापछि कोरोना विरुद्धको भ्याक्सिन ल्याउने तयारी

गण्डकी प्रदेशमा आगामी तीन महिना पछि अर्थात मार्च महिनामा कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी गरिएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य आपुर्ति व्यबस्थापन केन्द्रको सहकार्यमा संघिय सरकारको सहयोगमा आगामी मार्च महिनामा पहिलो चरणमा राहत स्वरुप कोरोना बिरुद्धको भ्याक्सिन ल्याउने तयारी भएको केन्द्रका निर्देशक खिम बहादुर खड्काले बताए ।
गण्डकी प्रदेशको राजधानि पोखराबाट मुख्य रुपमा उक्त भ्याक्सिनको भण्डारण तथा वितरण हुने भएको उनले जनाए । हाल नेपालमा २ देखि ८ डिग्रि सेल्सियस तापक्रममा व्यबस्थापन गर्नु पर्ने भ्याक्सिन नेपाल ल्याउने तयारी भएकोले उक्त भ्याक्सिन नेपाल र प्रदेशको लागि उपयुक्त वातावरण हुने भएको निर्देशक खड्काले जनाए । गण्डकी प्रदेश सरकारले पहिलो चरणमा भ्याक्सिन भण्डारणको लागि ४० लाख रुपैया विनियोजन गरेको जस अनुसार पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पोखराको परिसरमा भण्डारण कक्षा निर्माण हुदै गरेको उनले जनाए । नेपाल सरकारले हाल १२ प्रकारका विभिन्न खोप निःशुल्क रुपमा वितरण गर्दै आएकोले रुवेला, दादुरा जस्तै अभियानमा कोरोना बिरुद्धको भ्याक्सिन समेत लगाइने भएको निर्देशक खड्काले दाबी गरे ।
पोखरामा करिब ५ लाख भ्याक्सिन भण्डारण हुने गरी हाल भण्डारणको कक्षा थप निर्माण गर्न लागिएको उनले बताए । कोरोनाबाट बच्न र बचाउन तथा रोकथामको लागि आवश्यकताको आधारमा फन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागरिक, प्रतिरक्षाकोष कमजोर भएका, वालवालिका लगायतलाई लगाउने भएको उनले जनाए । नेपाल सरकारले खरिद प्रकृयाबाट कति डिग्रिको भ्याक्सिन नेपाल भित्राउने त्यसको आधारमा भ्याक्सिन भण्डारण र ढुवानीको थप व्याबस्थापन सहित दक्षा जनशक्ति उत्पादनमा लाग्नु पर्ने निर्देशक खड्काले बताए ।
कोरोनाले अहिले पनि स्वरुप परिवर्तन गर्ने भएकोले भ्याक्सिन लगाएसंगै त्यसको प्रभाव मुल्याङक गरी भ्याक्सिन खरिद गर्नु पर्ने जटिल समस्या भएको उनले जनाए । युनिसेफको सहयोगमा हाल करिब २० प्रतिशत सहयोग प्राप्त हुने भएको निर्देशक खड्काले बताए । जनङख्या र जोखिमलाई मध्यनजर गरी संघिय सरकारले प्रथामिकताको आधारमा भ्याक्सिन वितरण गर्ने भएकोले आफुहरुले समयमै समन्वय गरी भ्याक्सिन ल्याउने र वितरण गर्ने बिषयमा आफुहरु निकै चनाखो भएको उनले बताए । संघिय सरकारमा विभिन्न समितिहरु समेत गठन भएका छन् । तत्काल दुई महिना भित्र क्षेमता बृद्धि गर्ने गरी भण्डारण कक्ष निर्माण गर्न नक्सा समेत प्राप्त भएको निर्देशक खड्काले जनाए । नियमित बिद्युत आवश्यक पर्ने, दक्षजनशक्ति आवश्यक, भ्याक्सिन भण्डारण र वितरणमा समेत उपयुक्त वातावरण आवश्यक भएकोले प्रतिष्ठानकै परिसरमै घण्डारण कक्षा बनाउने भएको उनले जनाए । यसैबिच पोखरा महानगरपालिकाले समेत भ्याक्सिन वितरणमा के कसरी गर्ने यस बिषयमा हाल गृहकार्य भई रहेको पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताए । संघिय र प्रदेश सरकारसंग समन्वय गरी उक्त भ्याक्सिन वितरणमा महानगर लाग्ने भएको उनले जनाए ।

प्रतिकृया दिनुहोस्