Pokharapatra National Daily

पुम्दीकोटमा पुनः महायज्ञ हुने

पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोट बिशाल महादेवको मुर्तिको अधुरा काम पुरा गर्न पुनः महायज्ञ हुने भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा बिशालम महादेवको मुर्तिका अधुरा काम पुरा गर्न आउँदो माघ महिनाको ८ देखि १८ गतेसम्म शिवमहापुराँण एवं धार्मिक पर्यटन महोत्सव हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
धार्मिक पर्यटनको गन्तव्य हुन थालेको उक्त बिशाल महादेवको मुर्ति निर्माण परियोजना अघि बढाउने क्रममा करिब ३ करोड ७५ लाख ऋणमा काम अघि बढेकोले गर्दा पनि पुनः महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । शिवलोक निर्माण परिकल्पना परियोजना सम्पन्न संकल्प महायज्ञ २०७८ को मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहने भएको समितिले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झmँकी प्रर्दशन गरिने भएको छ । उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको उनले जनाए । उक्त परियोजनामा संघिय सरकारले ४ करोड, गण्डकी प्रदेश सरकारले ३ करोड र पोखरा महानगरपालिकाले १ करोड ५० लाख आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष बरालले जनाए । २०७३ फाल्गुन ३ गते देखि १३ गतेसम्म आयोजना भएको शिव महापुणमा करिब रोपनी जग्गा, ६ करोड १८ लाख नगद भएको समितिले जनाएको छ । सुमेरु पर्वत नामाकरण (निर्माण) गरि कुमार पार्वतीको मूर्ति स्थापना गर्ने, भूमेस्वर महादेबदेखि सुमेरु पर्वतसम्म पहुचको लागि बिधुतीय चियर कार निर्माण गर्ने, ग्रिनरि पार्क निर्माण गर्ने, पार्किङ् स्थल निर्माण गर्ने मूल मूर्ति लगायतका भौतिक संरचना निमार्णको लागि महायज्ञ गर्नु परेको अध्यक्ष बरालले बताउनु भयो । पर्यटन प्रबद्र्धनको लागि पुम्दीकोट बिशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट, समृद्दि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने नाराका साथ आयोजना हुने महायज्ञमा पोखराको मुख्यबजारबाट महोत्सव स्थलसम्म जान आउनको लागि निशुल्क बस सेवाको व्यबस्था गरिएको अध्यक्ष बरालले बताए ।
प्रथम महायज्ञ लगायत यस महायज्ञका दान–दाताहरुबाट प्राप्त दान रकमको स्तम्भ शिलालेख निर्माण गर्ने गरिने भएको उनले जनाए । प्रथम महायज्ञबाट ५१ फिट अग्लो महादेवको बिशाल मूर्ती स्थापना गरिएको, ३१ फिट उचाइको बिशाल डम्मरु निर्माण, महादेवको बिशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी) तेश्रो आखा १०८ धारा जडानसहित, शिब ताण्डब नृत्य तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्र निर्माण, २१६ शिवलिंग स्थापना, १०८ स्वर्गद्वारी सिढी निर्माण, सुबिधा सम्पन्न सौचालय सहितको प्रशासकीय भवन निर्माण, ४१ वटा फूलमाला बिक्री कक्ष रहने सटर, मूर्ती परिसरमा कम्पाउड वाल निर्माण, २०० मिटर पहुचको पक्कि मार्ग निर्माण, मनोरेल द्वारा गणेश परिक्रमा लगायतको भौतिक संरचना निर्माण भएको अध्यक्ष बरालले बताए । उक्त बिशाल महादेवको मुर्तिको औपचारिक उद्घाटन विना हिजोआज दैनिक जसो ५ सय पर्यटकहरु जना थालेको समितिले जनाएको छ । बिशाल महादेवको मुर्ति अवलोकनको लागि औपचारिक उद्घाटन पश्चात मात्र प्रशासनको समन्वयमा निश्चित शुल्कः निर्धारण गरिने भएको समितिले जनाएको छ । पहिलो महायज्ञमा बिरगंज निवासी शिब भक्त मुरलीधर रुङ्गटाबाट १ करोड दान रकम, काठमाडौं निवासी कमल जैनबाट शिब मूर्ति सहयोग, पुम्दी भुम्दी घर भइ हाल भारत निवासी बिष्णु प्रसाद बरालबाट ५० लाख भन्दा बढी सहयोग प्राप्त भएको थियो । १२ जना दाताबाट २५ लाख, १०८ भन्दा बढी दाताबाट जनहि दुई लाख पश्चिस हजार भन्दा माथिल्लो रकम र करिब चौध सय दाताबाट आफ्नो गच्छे अनुसार सहयोग प्राप्त भएको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्