Pokharapatra National Daily

विपद् प्रभावितहरुको मानवीय पीडालाइ कम गर्न ‘स्फियर मापदण्ड सचेतना’

विपद् अथवा द्धन्द्धबाट प्रभावित मानिसहरुलाई मर्यादा सहितको जीवन बाँच्न पाउने अधिकार सहित विपद न्यूनिकरण र पूर्व तयारीमा ध्यान दिनु पर्ने आवश्यताको बारेमा पोखरामा सचेतना कार्यक्रम गरिएको छ ।
राष्टिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गण्डकी प्रदेश सरकारको ेसमन्वयमा प्रकोप पूर्व तयारी सञ्जाल नेपालको आयोजनामा ‘स्फियर मापदण्ड सचेतना’को कार्यक्रम गरिएको हो । सञ्जालका अध्यक्ष सूर्यबहादुर थापाले मानवीय प्रतिकार्यहरुको गुणस्तरमा सुधार ल्याउन र आफ्ना क्रियाकलापका लागि जवाफदेही हुने उद्देश्य सहित सन् १९९७ स्फियर शुरुआत भएको जानकारी दिनुभयो । स्फियरले विशेषतः विपद् अथवा द्धन्द्धबाट प्रभावित मानिसहरुलाई मर्यादा सहित जीवन बाँच्न पाउने अधिकार , उनीहरुलाई सहयोग प्राप्त गर्ने अधिकार साथै विपद् अथवा द्धन्द्धबाट उत्पन्न मानवीय पीडालाइ कम गर्नका लागि सम्भव सबै कदम चालिनुपर्छ भन्ने मुल भूत सिद्धान्त स्फियरको रहेको बताउनुभयो । उहाँले नीति नियम ऐन सबै बनेको तर जोखिम न्यूनिकरण र पूर्व तयारीका लागि पर्याप्त ध्यान र लगानी हुन नसकेको बताउनु भयो । सचेतना कार्यक्रममा प्राधिकरणका उपसचिव डा . डिजन भट्टराईले प्राधिकरणका क्षेत्राधिकार भित्र रहेको कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले जिल्ला व्यवस्थापनको कोषमा गएर पैसा जम्मा हुने तर प्रभावितसम्म पुगेर कार्यको थालनी हुन नसकेको बताउनुभयो । पुननिर्माणका अनुदान साझा अधिकार सूचि र कतै एकल अधिकार भएपनि एकद्धार प्रणालीबाट जाँदा प्रभावकारी हुने उहाँको भनाइ थियो । गत आर्थिक वर्षमा प्राधिकरणबाट ३० करोड रकम पठाएको जानकारी दिदैे सम्बन्धी निकायबीच समन्वय हुन नसक्दा सो अनुसारका घरहरु बन्न नसकेको बताउनुभयो । प्रविधिमा आधारित पूर्व तयारी तथा प्रतिकार्यको लागि दिगोलक्ष्य सहितको कार्यक्रम आवश्यता रहेको उहाँको भनाइ थियो ।
सहजकर्ता शक्ति गुरुङले स्फियर निर्देशिकामा समेटिएका विषयहरुमा प्रष्ट पार्नुभएको थियो । विशेषगरी मानवीय बडापत्र, संरक्षण सम्बन्धी सिद्धान्तहरु मूलभूत मानवीय मापदण्ड, पानी आपूर्ति, सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धन , खाद्य सुरक्षा तथा पोषण , आवस तथा बस्ती र स्वास्थ्य भित्रका सूचकहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
गण्डकी प्रदेशका योजना तथा विपद् व्यवस्थापन शाखाका उपसचिव यामप्रसाद सुवेदीले विपद् न्यूनिकरणमा प्रदेश सरकार अवलम्बन गरेका नीतिहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमका सहभागिहरुले विपद् पछाडिको समयमा अवलम्बन गर्नुपर्ने विषयमा प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा सरकारी कार्यलयका विपद्मा काम गरेका फोकल पर्सनहरुलाई सरोकारवालाहरुलाई सहभागिता गराइएको कार्यक्रम संयोजक सान्त्वना देवकोटाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्