Pokharapatra National Daily

मदिरा सेवन, मानव जीवनको नकारात्क पक्ष

सन् २००१९ को एक तथ्याङ्क अनुसार नेपालमा प्रत्येक ८ जना पुरुष मध्ये १ जनाले रक्सी सेवनर्छन् । रक्सी सेवनकै कारण ५ प्रतिशत रोगहरु थपिन्छन् । रक्सी सेवन कै कारण दैनिक ५ देखि ७ जना मानिसहरुको मृत्यु हुने गरेको छ । रक्सी सेवन कै कारण ८० प्रतिशत हिंसा र पारिवारीक कलह र अपराध बढाएको छ । गुणस्तर हिन मदिरा सेवन गरेर अकालमा जिवन गुमाउनु परेको अवस्था छ । यति हुदा पनि आम मानिसहरु रक्सी सेवन गर्न छाड्दैनन् आखि किन ? माथीको भनाई, बिश्व स्वास्थ्य संगठन र उपभोक्ता हित संरक्षण मंच गण्डकीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुको
सो कार्यक्रममा बोल्दै संघिय सांसद बिद्या भट्टराईले रक्सी सेवन अहिले संस्कृतिको रुपमा बिकास हुदै गएको बताउनु भयो । उहाले राज्यका बिशिष्ट स्थानमा बसेकाहरुको औपचारिक या औपचारिक समारोहमा बिना रक्सी सेवन सहमतिको बिन्दुमा पुग्न नसक्ने जस्तै बनाईने बताउनुभयो । उहाले ‘रक्सी नखानेहरु सामाजिक र राजनैतिक दृष्टीकोणबाट पछाडी पर्ने र कसैसंग मिल्न नसक्ने जस्तै बनाईन्छ ।’ भन्नु भयो । रक्सी सेवनबाट हुने आवेग र हिंसालाई नियन्त्रण गर्न जरुरी रहेको र अव नियामक निकायहरुले कुनै पनि बहानामा भोट र राजनितीलाई मदिरासंग जोड्न नहुने औल्याउदै अव मदिरा बिरुद्धको सामाजिक जागरण सबैले थाल्नुपर्ने बताउनु भयो ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी अनिल साहीले पहिला भन्दा सामाजिक सुधार भएको र अझै पनि बजार अनुमन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । गैसस महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुबेदीले राज्यले कर संकलन गर्ने बहानामा मदिरालाई जथाभावी प्रयोग गर्न दिन नहुने बताउनु भयो । उहहाले नागरिकलाइृ जड्हा बनाएर देश चलाउने भन्दा पनि जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने बताउनु भयो । सो अवसरमा पोखरा महानगपालिकाका प्रबक्ता धन बहादुर नेपालीले स्थानिय निकायले मदिराको जथाभावी प्रयोग नियन्त्रणका लागि तत्कालै कानुन् निमार्ण गर्ने बताउनु भयो । प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले मदिराको बिज्ञापनमा रोक लगाउने कानुन्हरु र आचारसंहिता भए पनि घरानिया संचारमाध्यममा मदिराको बिज्ञापन दिनहु आईरहेको बताउनु भयो ।
उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष सुरेन्द्र थापा मगरले मदिरा जथाभावी प्रयोग र बिक्री बितरणमा रोक लगाउन थुप्रै कानुन्हरु बने पनि नियामक निकायहरुले कार्यन्वयनमा उदासिनता देखाएको बताउनु भयो । कार्यपत्र प्रस्तुत गर्दै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपप्राध्यापक डा. डेभिड श्रेष्ठले मदिराको सेवनले बिभन्न घातक रोगहरु ल्याउने हुदा आर्थिक र मानव जिवनमा नकारात्मक मात्रै असर गर्ने बताउनु भयो । जिल्ला टा«फिक कार्यालय कास्कीका इन्चार्ज तथा प्रहरी निरिक्षक अमृत बहादुर बस्नेतले मदिरा सेवनबाट मानव जिवनमा खुशी भन्दा बढी दुखदायी दुर्घटना निम्त्याउने हुदा आम नागरिकहरु पनि कानुन् कार्यान्वयनमा सचेत हुनु पर्ने बताउनु भयो । डा. भरत खत्रीले मदिरा ठिक्क सेवन गर्दा औषधि र चाहिने भन्दा बढी गरेमा बिष हुने बताउनु भयो । सो अवसरमा उपभोक्ता हित संरक्षण मंचका सचिव पुण्य पौडेल, गैसस महासंघ कास्कीका उपाध्यक्ष गोपाल खड्का बरिष्ठ पत्रकार बद्रीबिनोद प्रतिक, पत्रकार कमल पोडेल अथक जमुना शर्मा बर्षा कंचन थापा लगायतका बक्ताहरले मदिरा सेवनले मानव जिवनमा सकारात्मक भन्दा नकारात्मक असर पर्ने बताउनु भयो ।

प्रतिकृया दिनुहोस्