Pokharapatra National Daily

मानसिक समस्याबाट बच्ने एप बनाए विद्यार्थीले

दश जोड दुई परीक्षा दिएर बसेका किशोरहरुले किशोरदेखि युवाहरुमा देखिने मानसिक समस्यको औषधी निर्माण गरेका छन् ।
औषधी कुनै ट्यबलेट होइन । कुनै सिसाको झोल पनि होइन । नत सलाइन पानी नै हो ? चार जना किशोरहरुले निर्माण गरेका विलिभ नामको एप हेरेपछि देखिने जनचेतना मुलक ज्ञान नै औषधी हो । एप निर्माण गर्ने किशोरहरुमा क्रमश आयुष गौतम, प्रविण बजगाईं, अरुण पौडेल र समिर गौतम रहेका छन् । युवाहरुले तयार पारेको एन्ड्रोयड मोबाइलमा उपलब्ध एपको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर संचालक समितिका अध्यक्ष प्रा.डा विश्वकल्याण पराजुलीले शुक्रबार कलेज परिसरमै शुभारम्भ गरे । स्नातक तहका विद्यार्थीलाई मानसिक स्वास्थ्यका बारेमा सचेतना दिन आयोजित कार्यक्रममा अध्यक्ष डा. पराजुलीले आफ्नो मोबाइलमा बिलिभ एप डाउनलोड गरी शुभारम्भ गरेका हुन् । अध्यक्ष डा. पराजुलीले आत्महत्या कुनै व्यक्तिगत कारण नभई सामाजिक कारण भएको विचार राखे । डा पराजुलीले भने, ‘मान्छेले किन आत्महत्या गर्छ भने ऊ समाजमा छ, समाजमा नबस्ने भएको भए आत्महत्या गर्दैनथ्यो ।
कोसिसका परियोजना संयोजक सुदीप घिमिरेले मानसिक समस्या हुनु भनेको बहुलाउनु हो भन्ने भ्रम समाजमा फैलिएको भने । संयोजक घिमिरेले तनाव मानसिक समस्याको सुरुआती चरण भएको पनि बताए । तनाव भयो भने त्यससँग जुध्नुपर्छ, भाग्नु हुँदैन, त्यसलाई आइस जसरी जमाएर पनि राख्नुहुँदैन घिमिरले विद्यार्थीलाई सल्लाह दिए । आफूलाई काममा जति व्यस्त राख्न सक्नु हुन्छ त्यति दिमागमा सकारात्मक सोच बढ्दै जने संयोजक घिमिरेले भने । एप निर्माता मध्येका आयुष गौतमले विलिभ एपमा कुनै पनि व्यक्तिको समस्या आएमा नामसहितको परिचय गोप्य राखेर च्याट गर्न सकिने भने ।
कोसिस संस्थाले प्रत्यक्ष आमन सामने रुपमा परामर्श दिने पनि गौतमले जनकारी गराए । लेकसिटी कलेजमा बिबिएस दोस्रो वर्षमा अध्यनरत छात्रा साम्राज्ञी गुरुङले स्वर्ण मुखारबाट मिठा बाणीहरु पस्केर कार्यक्रम सञ्चालन गरेकी व्यवस्थापन संकाएका डिन आमोद कोइरालाले पोखरापत्रलाइ वताए ।

प्रतिकृया दिनुहोस्