Pokharapatra National Daily

लेखनाथ खानेपानीमा एक अर्ब लगानी आवश्यक

निजी क्षेत्रबाट संचालन भएको लेखनाथ साना शहरी खानेपानी आयोजनाले पुनः पिउने पानीको बिस्तार गर्ने योजना बनाएको छ । २०६२ साल देखि संचालनमा आएको उक्त आयोजनाले हालसम्म करिब एक अर्ब जसो लगानी गरे पनि अब पुनः एक अर्ब लगानीमा थप पानी उपलब्ध गराउने योजना अघि सारेको लेखनाथ साना शहरी खानेपानी संस्थाका अध्यक्ष बिष्णु प्रसाद बरालले बताए ।
उनले भने “हामीले दीर्घकालिन रुपमा पोखराका ६ वटा वडालाई समेटेर शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले हालको परियोजनामा पानी दोब्बरले बृद्धि गर्न खोजेका छौंैं, यसको लागि खानेपानी विभाग देखिका अन्य निकायमा यसको लागि हाल पहल भई रहेको छ ।” आफ्नो संस्थामा हाल १६ करोड बचत भएको र करिब ४ करोड सरकारलाई तिर्न बाँकी रहेको अध्यक्ष बरालले बताए ।
पोखरा ३० को खुदिमा प्रधानकार्यालय रहेको संस्थाले पोखरा महानगरका २६, २७, २९, ३०, ३१ र ३२ वडाका करिब ६२ हजार ३ सय २० जनालाई पिउने पानी उपलब्ध गराएको दाबी गरेको छ । अध्यक्ष बरालले उक्त पानी थप भएमा दोब्बरको संख्यामा पानी वितरण भएसंगै पानीको खपत समेत बढ्ने जनाए । हाल करिब प्रति सेकेण्ड ५० लिटर पानी उपलब्ध गराउदै आएको छ । हाल पोखरा २० र कास्कीको मादी गाउँपालिका ७ को सिमानामा पर्ने गिउजेखोला देखि करिब १३ किलोमिटर टाडा बाट पोेखरा २६ को लप्सिडाँडाको रिजर्भ ट्याङ्कीमा पु¥याइएको उनले जनाए ।
उक्त खोलाबाट हाल प्रति सेकेण्ड ४८.९ लिटर पानी लगिएको अध्यक्ष बरालले जनाए । एक अर्बको परियोजनामा १० प्रतिशत आफुहरुको सहभागिता हुने, जलवायु अनुकुलित प्रोजेक्ट आयोजनाबाट थप १० प्रतिशत र बाँकी रकम संघीय सरकार अन्र्तगत विभागबाट सहयोग प्राप्त हुने उनले विश्वास लिएका छन् । उनका अनुसार उक्त परियोजनाको सर्वे भई हाल डिपिआर बन्ने चरणमा रहेको छ । एक जनाले दैनिक एक सय लिटर पानी उपलब्ध गराउने आफुहरुको लक्ष्य रहेको उनले जनाए । घर घरमा पानी सम्यताको निशानी, आफनो घर आँगन टोल आफै सफा राखौं, मुहानदेखि मुखसम्म शुद्ध पानी, हाम्रा उपभोक्ताको सरोकार र निगरानी, घर घरमा हरियाली, सबै कार्यालयमा फुलबारी भन्ने नारा ल्याएको संस्थाका सचिव शर्माले बताए । संस्थाले हाल तीन प्रणालीबाट पानी वितरण गरेको छ । मुल तथा सतहको पानी ४ हजार १ सय ७ घनमिटर प्रति दीन, बोरीङ पानी उत्पादन ५ हजार ६ सय ६८ घनमिटर प्रति दीन, दैनिक पानी खपत प्रति व्यक्ति ८८ लिटर रहेको सचिव शर्माले जनाए । संस्थाको परिसरमा एक सहित ८ वटा खानेपानी वोरिङ संचालनमा गरेको छ । व्यक्तिगत धारा जडान शुल्क २३ हजार ६ सय रहेको छ भने मासिक शुल्क १० युनिटसम्म मासिक २ सय ४५ रुपैया रहेको छ कोषाध्यक्ष भट्टराईले बताइन् । उक्त संस्थामा हाल ३७ जना कर्मचारी रहेका छन् । उक्त संस्थाले बिद्युत महशुलमा प्रति यूनिट ६.७० रुपैया तिर्दै आएकोमा अबदेखि भने प्रति यूनिट ४.२० रुपैया शुल्कः लाग्ने भएको संस्थाले जनाएको छ । २०६२ देखि संचालन भएको उक्त परियोजनामा अझै पनि बर्षादको समयमा शुद्ध पानी वितरण गर्न आफुहरुलाई चुनौती भएको संस्थाका सचिव मुरारी शर्माले बताए । आफुहरुले मुहानमा तीन ठाउँमा पानी सङ्ल्याउने र लप्सिडाँडामा पानी शुद्धिकरण गर्दै आएको उनले जनाए ।
यसैबिच, संस्थाको यही पुष ११ गते बार्षिक साधारण सभा हुने भएकोले त्यसको पूर्व सन्ध्यामा पत्रकार सहितका टोलीलाई पानीको मुहानदेखि पानी शुद्धिकरणको विधि समेत अवगत गराइएको संस्थाका कोषाध्यक्ष नारायणी भट्टराईले बताइन् ।

प्रतिकृया दिनुहोस्